Wednesday, May 23, 2018

Swami Anand Arun early days talks on radio sagarmatha

SWAMI ANAND ARUN TALKS ON
 SWAMI VIVEKANANDA


SWAMI ANANDA ARUN TALKS ON 
ZORBA THE BUDDHA 



Monday, May 21, 2018

Swami Anand Arun Interview on Radio Nepal Program Antarsambad 7 Oct 2011


बुद्धको आर्य सत्य - स्वामी आनन्द अरुण




बुद्धले सम्बोधि प्राप्त गरिसकेपछि ४५ वर्ष मानिसलाई आर्य सत्यको शिक्षण दिनुभयो। बुद्ध वाणीहरू लेखेर शास्त्रका रुपमा साधकलाई बुझाउने तरिका बुद्धको थिएन। बुद्धलाई थाहा थियो, उहाँका प्रवचनहरू सुन्नेको आफ्नै पूर्वाग्रह हुन्छ। त्यही पूर्वाग्रही मनको परिवेश व्यक्तिले आफ्नो शिक्षणलाई आंशिकरुपले मात्र पक्रन सक्छ। आफ्नै अगाडि बसेर सुन्नेले भन्न खोजेको बुझ्दैनन् भने सुनेर लेखेका शास्त्रहरूबाट मानिसले सत्य के बुझ्लान भन्ने बुद्धको मान्यता थियो। यसको अर्को कारण के थियो भने सुन्ने व्यक्तिले सुन्दैलेख्दै गर्दा यो उसको ध्यान बाँडिन्छ उसले आंशिकरुपले मात्र सुन्न सक्छ। बुद्धको जोड थियो, पूर्ण जागरुक समग्ररुपले सुन्ने व्यक्तिले मात्र धर्मको गहन मर्म बुझ्न सक्छ। बुद्धको जीवनकालमा यो मान्यता अडिग रह्यो। आफ्नो जीवनकालमा उहाँले आफ्नो उपदेश लिपिबद्ध गर्न दिनुभएन। भिक्षु साधारण जनहरू बुद्धबाट सुनेका उपदेश आफ्नो स्मृतिद्वारा अरुलाई सुनाउँथे। 

     बुद्धले शरीर छाडेपछि बुद्धवाणी संग्रह गर्ने आवश्यकता देखियो। बुद्धवाणी लेख्न त्यसताका नाम चलेका बुद्धधर्म बुझेका अनेक भिक्षुहरू जम्मा भए लेख्ने काम थालियो। यसै क्रममा एक आश्चर्यजनक घटना भयो। बुद्धले यसो भन्नुभयो भन्दै लेख्न बसेका प्रत्येकले बुद्धलाई फरक फरक तरिकाले सुनेको पाइयो। सबैले आफूले सुनेको बुझेको नै ठीक हो भन्न थाले। एकै व्यक्तिले बोलेका एकै कुरा पनि व्यक्ति-व्यक्तिको बुझाइमा फरक भएपछि बुद्ध संघ ३२ टुक्रामा विभाजित भयो। 

     बुद्धको छायाझैँ बुद्धको सेवामा अहोरात्र खटेका अनि बुद्धलाई सबैभन्दा बढी नजिक बसेर सुनेका भिक्षु आनन्द थिए। उनले बुद्धलाई सबैभन्दा नजिकबाट नियालेका थिए। बुद्ध जीवनका सबै घटनाका उनी साक्षी थिए। आनन्दको अर्को विशेषता के थियो भने उनको स्मरण शक्ति अति प्रखर थियो। उनी एक पटक सुनेको वर्षौँपछि पनि जस्तातस्तै दोहर्याउन सक्थे। उनको यो अद्भूत क्षमताका कारण महाकाश्यव स्थिवीरले बुद्धवाणीहरू उनको स्मृतिबाट उतार्न आग्रह गरे। तर, संघको यस अनुरोधलाई उनले विनम्रतापूर्वक जवाफ दिए, 'मैले तथागत बुद्धसँगको संसर्गमा बस्दा बुद्धत्व प्राप्त गरेको थिइनँ, तसर्थ निर्वाण प्राप्त गरेका बुद्धले जो बोल्नु भएको हो त्यही नै के बुझेँ होला, मेरो मनले उहाँका वाणीहरूलाई बुद्धले बुझाउन खोजेझैँ के बुझेको होला, टिपेको होला। मैले बुद्धवाणीहरू त्यही शुद्ध पावन रुपमा कसरी व्यक्त गर्न सकुँला?' यसपछि पनि बुद्ध संघका प्रमुख सम्बुद्ध आचार्यहरूबाट आनन्दलाई बारम्बार आग्रह गरियो, 'बुद्धको नजिक तपाईँ जति अरु कोही बसेको छैन तपाईँजस्तो विलक्षण स्मरणशक्ति पनि हामीमध्ये कसैको छैन। त्यसकारण आफ्नो स्मृतिबाट बुद्ध उपेदश संग्रह गर्ने सबैभन्दा उपयुक्त व्यक्ति तपाईँ नै हुनुहुन्छ।' आफ्नै गुरुभाइ सहयात्रीको यो प्रेमपूर्ण आग्रह आनन्दले अस्विकार गर्न सकेनन्। यही संघप्रतिको निष्ठाभावले उनले आफ्नो स्मृतिमा रहेको प्रत्येक घटनाको स्थान, तिनका पात्र, बुद्धवाणी प्रवचन संग्रहित गरे। यही नै बुद्धधर्मको आधारभूत ग्रन्थ हुनगयो। 

     ३२ टुक्रामा विभक्त स्कुलका प्राचार्यहरू प्रकाण्ड विद्वान् थिए। उनीहरूले लेखेका बुद्धवाणी 'बुद्धले यसो भने' बाट सुरु हुन्छ। आनन्दचाहिँ 'मैले बुद्धले यसो भनेको सुनेँ' भन्दै सुरु गर्छन्। अन्ततः अरु सबैले लेखेका बुद्ध वृतान्तसमयको प्रवाहमा हराउँदै गए। आनन्दले विनम्रतापूर्वक लेखेका बुद्धगाथाहरूचाहिँ सर्वस्विकृत भए।
आनन्दका अनुसार बुद्ध उनी एकपटक जंगल पार गर्दै थिए। शितकाल थियो रुखका पातहरू छर्दै थिए। पूरै जंगल सुकेका पातले भरिएको थियो। आनन्दले बुद्धलाई भने, 'मलाई धेरै दिनदेखि एउटा कुरा सोध्नु थियो, मानिसबीच सोध्न सकिरहेको थिइनँ, आज एकान्त पाएर सोधिहालुँ जस्तो लागेको छ। तपाईँले जानेको सत्य सबै हामीलाई भनिसक्नु भएको कि केही लुकाएर पनि राख्नु भएको ?' यो सुनेर बुद्धले जंगलमा खसेका केही पात टिप्नुभयो भन्नुभयो, 'आनन्द, मैले भनेको मेरा हातमा भएका पातजति मात्रै हो तर सत्यको जुन अनुभूति , त्यो यस वनमा खसेको सबै पातहरूभन्दा पनि बढी छ। यो होइन, मैले तिमीहरूलाई सबै कुरा नभनी केही लुकाएर राख्न चाहन्छु। यी हातमा भएका पातजतिको बोल्नु यति नै तिमीहरूलाई बुझ्न कति कठिन किनभने मैले शब्दमा भन्नुपर्छ। तर, सत्य शब्दमा अटाउँदैन। तर, तिमीहरूले मैले भनेको कुरा पनि -आफ्नो मनबाट बुझनुपर्छ। सत्य जुन मनभन्दा माथि , त्यो तिम्रो मनले कसरी बुझ्ने? तिमीहरूलाई सत्य बुझाउने मेरो प्रयास समग्र छ। तापनि यसभन्दा बढी मैले चाहेर पनि बुझाउन सक्दिनँ। यति नै बुझाउन सकेँ भने पनि यो मेरो ठूलो उपलब्धि हुन्छ। यति नै बुझाउन चाहन्छु, सम्यक् ध्यानबाट अमनी दशा निर्वाण सुख प्राप्त गर। तबमात्रै तिमीले बुझ्न सक्छौ, के भन्न चाहिरहेको छु।

     प्रत्येक सद्गुरु बिदा भएपछि शिष्यहरू गुरुको शिक्षणलाई लिएर विवाद गर्छन्। किनभने गुरुबाट सुनेको शब्दहरू आफ्नो क्षुद्रबुद्धिले -आफ्नो व्याख्या गर्छन् विवाद निकालिरहन्छन्। यसै सन्दर्भमा मलाई एउटा घटना याद आउँछ। बोधगयामा बुद्धभिक्षुबीच ओशोको प्रवचन कार्यक्रम राखिएको थियो। ओशोले बुद्धले निर्वाण प्राप्तिको बडो काव्यमय व्याख्या गर्नुभयो जुन सुनेर अधिकांश श्रोताका आँखा रसाए। हृदय आनन्दविभोर भयो। तर, केही बुद्धभिक्षुहरूले उठेर विरोध गरे। उनीहरूले भने, 'तपाईँले भनेको कुरा बडो मीठो , तर त्यो शास्त्रसम्मत छैन। बुद्धशास्त्रमा अर्कै कुरा लेखिएको छ।' ओशोले भन्नुभयो, ' शास्त्रको आधारमा बोल्दिनँ, समाधिको आधारमा बोल्छु। मैले यस्तै देखिरहेको छु। यही सत्य हो। शास्त्र देश, काल परिस्थितको आधारमा संशोधित भएर आइरहेका छन्। मैले देखेको ठोस शुद्धतम छ। यसैले कबीरले भन्नुहुन्थ्यो, 'तु कहता कागज लेखी, मै कहता आँखन देखी।' (तिमी भन्छौ शास्त्रमा लेखेको पढेर, भन्छु आफ्नै आँखाले देखेर) तिमीलाई लेखेकैमा यति भर भने आफ्नो शास्त्र ल्याऊ, कलमले लेखिदिन्छु।'

     यस्तो आत्मविश्वास बुद्धत्व प्राप्त गरेको अन्तर्दृष्टि भएका व्यक्तिलाई मात्र प्राप्त हुन्छ। घटना यस्तो थियो। बुद्ध शास्त्रमा के लेखिएको भने बोधगयामा निर्वाणअघि सुजाताले ल्याएको खिर ग्रहण गरिसकेपछि बुद्ध बज्रासनमा बस्नुभयो। के संकल्प गर्नुभयो भने अब निर्वाण प्राप्त नगरुन्जेल ध्यानबाट उठ्नेवाला छैन। चाहे यो शरीरै किन नछुटोस्। निर्वाण प्राप्तिको यस्तो गहन संकल्प गरी बुद्ध त्यही आसनमा बस्नुभयो त्यही रात उहाँले बुद्धत्व प्राप्त गर्नुभयो। 

     ओशो कथन थियो, 'बुद्ध कठोर अनुशासन पालन गर्दै आएका थिए, रात्रि भोजन गर्थेनन्। एकान्तमा स्त्रीलाई भेट्दैनथे। धेरै कम अन्न खान्थे प्रायः उपवासमै हुन्थे। निरन्जना नदी पार गर्दा त्यो सानो नदीले उनलाई बगाइसकेको थियो, तर किनारको सानो बुट्यान समातेर आफूलाई बचाएका थिए। उनलाई लाग्यो, यस्तो कठोर अनुशासन सही होइन। यति दुर्बल शरीरले मैले यति सानो नदी पार गर्न सक्दिनँ भने यस संसारको भवसागर कसरी पार गर्न सकुँला। मैले सबै चिजको त्याग गरेँ तर पनि सत्य भने पाउन सकिनँ। त्यस घटनापछि उहाँले सत्य प्राप्त गर्ने इच्छा पनि त्याग गरिदिनुभयो। त्यो गहन इच्छा नै बाधक बनेको थियो बुद्धत्वको मार्गमा। आफूले बनाएका सबै नियम अनुशासन तोड्दै रात्रीकालमा एक युवतीले ल्याएको खिर ऊसँग चर्चा गर्दै एकान्तमा बसेर खानुभयो स्वातीले ल्याएको नरम घाँसको बिछ्यौना बनाई मस्त सुत्नुभयो। यो देखेर बुद्ध शास्त्रमा पञ्चभद्र भनिएका उहाँसगै साधना गर्ने उहाँका पाच शिष्य कौडेन्य, वष्प, महिश, महानाम, अश्वजीतले बुद्ध भ्रष्ट भएको ठानी अब यसको संगत गर्नु हुँदैन भनी छोडेर गए। बुद्ध धेरै वर्षपछि बुद्धत्वप्राप्तिको आकांक्षाबाट पनि मुक्त भई मस्त निदाउनुभयो। वैशाख महिनाको रातको अन्तिम प्रहर ब्रह्ममुहुर्त उहाँको निद्रा खुल्यो। अब केही पाउने केही गर्ने आकांक्षा बाँकी थिएन। विस्तारै प्रकाश फैलिँदै थियो आकाशका ताराहरू बिलाउँदै थिए। मनमा कुनै उत्सुकता आकांक्षा थिएनन्। हेर्दाहेर्दै प्रकाश फैलियो क्षितिजको अन्तिम तारा पनि डुब्यो। यही हराउँदै गएको तारासँगै बुद्धको मन पनि हरायो। बुद्धलाई अमनी दशा प्राप्त भयो, निर्वाण घट्यो। जन्मजन्मान्तरदेखि अथक प्रयासले खोजिरहेको सत्य अप्रयासमा सहजै प्राप्त भयो। बुद्ध त्यही बिहानीबाट गौतम सिद्धार्थबाट गौतम बुद्ध भए। वैशाख पूर्णिमाको त्यो बिहान सम्पूर्ण विश्वकै लागि एक बिहानी सिद्ध भयो। 

     अहो मेरो कत्रो सौभाग्य। पनि त्यही माटोमा जन्मेको छु जहाँ बुद्ध जन्मेका छन् वर्तमान युगका बुद्ध ओशोको शिष्य बन्न पाएको छु। त्यही निर्वाणको खोजमा लागेको छु जो उहाँहरूले प्राप्त गर्नुभयो।

ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...