Friday, May 25, 2018

How to manage time for meditation


किसुनजीलाई सम्झिँदा


- स्वामी आनन्द अरुण


आज पुस ८ गते किसुनजी (कृष्णप्रसाद भट्टराई)को जन्मदिवस हो। विस्तारै उहा“को स्मृति नेपाली मनसपटलबाट धूमिल हु“दै गइरहेको छ। किसुनजीको जन्मदिवस मनाउने परम्परा ओशो तपोवनले सुरु गरेकोले हामीले उहा“लाई कहिल्यै बिर्सन सक्दैनौँ। अहिलेको नेपालको राजनीतिक अवस्था र राजनीतिक व्यक्तिहरूको चरित्र हेर्ने हो भने किसुनजी जस्तो सन्त र तथाकथित अव्यावहरिक व्यक्तिको सक्रिय नेतृत्वमा ०७, ३६ र ४६ सालको जनआन्दोलन सफल भएको पत्याउन गाह्रो होला।
२०४६ सालको परिवर्तनपछि आफ्नो प्रधानमन्त्रित्वकालमा अत्यन्त जटिल र भीषण परिस्थितिबीच सर्वमान्य संविधान बनाई, त्यही सविधानको आधारमा निष्पक्ष चुनाव गराई नेपालमा प्रजातन्त्रको नया“ जग बसाल्ने कार्य कतिको चुनौतीपूर्ण थियो त्यो विगत ७–८ वर्षदेखि संविधानलाई सर्वमान्य बनाउने कठिनाइ झेलेका सबैलाई बोध भएकै हुनुपर्छ। आफ्नै नेतृत्वमा बनेको संविधानअन्तर्गत भएको २०४८ सालको चुनाव लोकप्रिय प्रधानमन्त्री स्वयंले हारे। मलाई याद छ– त्यो पराजयबाट समस्त राष्ट्र स्तब्ध र दुःखी थियो। किसुनजीलाई हराउन दरबार, विदेशी शक्ति र स्वयं आफ्नै दलका सहयात्री एकजुट भए। अभिमन्युलाई एक्लै चक्रब्यूहमा पारेर सिध्याएझैँ नेपाली राजनीतिका यी निष्कलंक र निष्पाप व्यक्तिलाई सबै शक्तिशाली पाखण्डी मिलेर हराए। जसरी कृष्णको हत्यापछि द्वापरयुगको अन्त्य भयो कलियुगको आगमन भयो किसुनजीको पराजयपछि नेपाली राजनीतिमा त्याग, तपस्या र निष्ठाको राजनीति पनि समाप्त भयो। अवसरवादिता, पदलोलुपता, विदेशी प्रभाव र सत्तालिप्साको लागि नैतिकताको पूर्णतः तिलाञ्जली दिने कलियुगको आरम्भ भयो। नेपालको लागि गणेशमानजी, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामहरि जोशी, भीमबहादुर तामाङ, शैलजा आचार्य, प्रदीप गिरिजस्ता निष्ठाका राजनीति गर्ने व्यक्ति विस्तारै नेपथ्यमा धकेलिए। चाँजोपाजो मिलाउने र धूर्ततामा माहिर भ्रष्ट राजनीतिकर्मीहरूको वर्चस्व बढ्न थाल्यो। २०४८ सालको चुनावमा किसुनजीलाई षड्यन्त्रपूर्वक नहराइएको भए नेपाली राजनीतिको आजजस्तो दुर्गति हुने थिएन। आज नेपाल अर्कै हुन्थ्यो।
किसुनजी जस्तोसुकै विषम परिस्थितिमा पनि विनोदपूर्ण शैलीले कटाक्ष गर्न माहिर हुनुहुन्थ्यो। मौकामा कसैलाई पनि ठट्टालु पाराले व्यंग्य गर्न उहा“ पछि पर्नु हुन्थेन। मृत्युको अन्तिम क्षणमा पनि उहा“ नर्भिक अपस्तालका सेवा गर्ने नर्सहरूलाई ठट्टा गर्दै भन्नुहुन्थ्यो– 'नानीहरूले बिहे गरेको छ कि छैन? समयमै बिहे गर्नू, नत्र मेरै पारा होला!' २०५६ सालमा दोस्रोचोटि प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि मैले उहा“लाई बधाई दिँदै भनेको थिए“– राइट पर्सन इन द रङ प्लेस (खराब ठाउँमा असल मानिस)। यो सुनेर उहा“ खुब हा“स्नुभयो र स्वीकार्नु भयो।
ओशो तपोवनको वार्षिक उत्सवमा महजोडीले प्रज्ञा–प्रतिष्ठानको कार्यक्रममा उहा“माथि खुब तिखो व्यंग्य गरेका थिए। त्यस कार्यक्रमका प्रमुख अतिथि थिए– तत्कालीन सभामुख रामचन्द्र पौडेल। आफूभन्दा कनिष्ठ नेताले प्रमुख आतिथ्य गरेको कार्यक्रममा सामान्यतया नेता आउ“दैनन्। किसुनजीलाई पनि नआउने सल्लाह दिइएको रहेछ। तर, औपचारिकता तोडी त्यो समारोहमा किसुनजी आउनु भयो। पौडेलजीलाई असहज भयो। तर, किसुनजीले नै प्रेरित गरेर सहज बनाइदिनु भयो। कार्यक्रममा त्यहीँ बसेका किसुनजीलाई लक्षित गरी छोडिएका कटाक्ष उहा“लाई मन नपर्ने हो कि भनी सबै चिन्तित थिए। तर, थपडी बजाउँदै जोडजोडले हा“सेर रमाइलो मान्नेमा अग्रणी हुनु हुन्थ्यो किसुनजी नै। भैँसेपाटी पुगेपछि आफै फोन गरेर महजोडीलाई आफुमाथि गहकिलो व्यंग्य गरेर हसाएकोमा बधाई र धन्यवाद दिनु भयो।
४६ सालमा बहुदल स्थापनापश्चात् प्रधानमन्त्री नियुक्त भएपछि पत्रकार विजयकुमार किसुनजीको अन्तर्वार्ता लिन उहा“को निवासस्थान कुपण्डोल पुगेका थिए। पञ्चायत ढल्यो, बहुदलको स्थापना भयो, तपाईं प्रधानमन्त्री बन्नुभयो, अब त तपाईंको जीवनको सबै लक्ष्य प्राप्त भए होला भनी सोध्दा किसुनजीको जवाफ थियो– 'वास्तवमा मेरो जीवनको लक्ष्य नेपालको प्रधानमन्त्री हुनु होइन, मेरो जीवनको लक्ष्य मुक्ति हो र मुक्तिमा स्वतन्त्रता पनि आउ“छ, त्यो स्वतन्त्रताको संघर्ष गर्दा यो कुरा आइपरेको मात्र हो।'
आध्यात्मिक उन्नति र ईश्वर साक्षात्कार उहा“को जीवनको अन्तिम लक्ष्यका रूपमा सधैँ रहिरहे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा र गोष्ठिहरूमा जब स्रोताले उहा“बाट समसामयिक राजनीतिक विश्लेषण सुन्ने आशा गर्थे किसुनजी भने त्यहा“ पनि ईश्वरलाई नै सर्वोपरी मान्दै त्यही ईश्वर साक्षात्कारकै सेरोफेरोमा कुरा गर्नु हुन्थ्यो। २०४६ चैत २७ गतेको खुलामञ्चको ऐतिहासिक विशाल विजयसभामा लाखौँ व्यक्ति जम्मा भएका थिए। किसुनजी त्यो सभाको ठूलो आकर्षण हुनुहुन्थ्यो। उहा“ सौम्यरूपले बोल्न उठ्नुभयो र नेपाल निर्माणको यात्रामा हि“ड्न अब कुनै राजनीतिक अवरोध नभएको कुरा सम्बोधन गर्दै गीताको 'मेरो लोक न सूर्यले प्रकाशित छ न चन्द्रमाले, न कुनै अग्निले। त्यो लोकलाई प्राप्त गरेपछि फेरि यो जगत्मा फर्किनुपर्दैन' भन्ने श्लोकको व्याख्या गर्नु थाल्नुभयो। सुन्ने मानिस पनि छक्क परे। आफ्नो लामो संघर्षले ल्याएको विजय गौरव सभामा पनि किसुनजी बारम्बार आफ्नो सत्यानुभूति, ईश्वर साक्षात्कार र मुक्तिको लक्ष्य सम्भि्करहनु हुन्थ्यो।
ओशो तपोवनको स्थापनाकालदेखि नै किसुनजीस“ग हाम्रो गहन र आत्मीय सम्बन्ध रह्यो। यो आत्मीयता जीवनपर्यन्त रहिरह्यो। जेल जीवनकालदेखि नै ओशोलाई पढेको कुरा किसुनजी सधँै सम्भि्कनु हुन्थ्यो। उहा“को जीवनशैली सादा र पारम्परिक देखिए पनि ओशोको आधुनिक दर्शन र आध्यात्मिक दृष्टि उहा“ चाखले पढ्नुहुन्थ्यो, सुन्नुहुन्थ्यो।  मस“ग बसेर ओशो, रमण महर्षि, परमहंस रामकृष्ण र योगानन्दको घन्टौँ चर्चा गर्दा पनि थाक्नु हुन्थेन। जबसम्म उहा“ हिँड्न सक्नु हुन्थ्यो लट्ठी टेकेर आउनु हुन्थ्यो। हिँड्न गार्‍हो हुन थालेपछि ताम्दानी चढेर तल झर्नु हुन्थ्यो। त्यो बेलाका पत्रपत्रिकाहरूमा 'तपोवनमा बेहुला' भन्ने शीर्षकमा किसुनजी ताम्दानी चढेको फोटो प्रख्यात भएको थियो। उहा“ ओशो तपोवन निरन्तर आइरहनु भयो। आश्रमको साधारण शाकाहारी भोजन खुब स्वादिष्ट मान्दै रमाउँदै खानु हुन्थ्यो।
किसुनजीका केही उद्गार
• मानव स्वाधीनताको प्रश्न एक सार्वकालिक प्रश्न र समस्या हो। यसका अन्त्यहीन तन्तुहरू पृथ्वीदेखि अन्तरीक्षसम्म फि“जिएका छन्, जसको विभिन्न व्याख्या ज्ञानीहरूले गरेका छन्।
• सा“च्चिकै सेन्स अफ ह्युमर भएको मानिस सामन्ती हुनै सक्दैन।
• मेरो जीवन मबाट होइन परमात्माबाट प्रेरित र निर्देशित छ। खाली कमी र कमजोरीमात्र मेरा हुन्।
• चलाख राजनीतिज्ञले धेरैजसो क्षणिक सफलता प्राप्त गर्न सक्छ, तर दिगोरूपमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन।
• मेरो स्वतन्त्रताको संघर्ष जुन हो, कहा“ गएर मिल्न जान्छ भने मुक्ति अर्थात् निर्वाणस“ग।
जुनसुकै व्यक्तिलाई सम्भि्कँदा हामीलाई उसको विचार, भावना र तरंगले छुने गर्छ। किसुनजीलाई सम्भि्कँदा या उहा“को बारेमा लेख्ने प्रयास गर्दा निष्ठा, सरलता र आध्यात्मिकताले मेरो आ“खा रसाउ“छ। आउने पिँढीलाई यो विश्वास गर्न गाह्रो होला कि, इमानदारी र त्यागका यस्ता शिखर व्यक्तित्व कुनै बेला नेपालको राजनीतिमा हुनु हुन्थ्यो। उहा“ मलाई एक राजनीतिज्ञ कम ऋषि बढी लाग्नु हुन्छ। आज उहा“ हामीबीच भएको भए उहा“को ऋषिमनले नेतृत्व गरेको संविधान सबै नेपालीले सहर्ष स्वीकार गर्थे।
सबै प्रकारको शोषण र मानवमात्रको मुक्ति उहा“को लक्ष्य थियो र उहा“लाई यो स्पष्ट थियो कि स्वयंको रूपान्तरण र मुक्तिबिना यो सम्भव छैन। बाँडेगाउ“को उहा“ सुत्ने सानो कोठामा आज पनि त्यही निष्ठा र इमानदारीको सुगन्ध छ। त्यो सन्त पुरुषको अचल निष्ठा र ईश्वरप्रतिको निश्छल श्रद्धालाई सम्भि्कँदामात्र पनि हाम्रो आ“खा सजल हुन्छ, हृदय पवित्र हुन्छ।

शुक्रबार, ०८ पुष २०७३, १० : २६
www.nagariknews.com

रमण महर्षिका प्रेमपात्रहरू


- स्वामी आनन्द अरुण

हाम्रो पूर्वीय मान्यताअनुसार गोवर्धन पूजा, काग पूजा, कुकुर पूजा, गोरु पूजा यी पूजा पनि हाम्रो संस्कृतिका अभिन्न अंग हुन् । जनावरलाई पनि आदर गर्नु, मनुष्यजस्तै सम्मान दिनु हिन्दु संस्कृति विशिष्टता हो । जनावर मात्र होइन, रुख, नदी, वृक्ष, पहाडलाई पनि उपासना, ध्यान र प्रार्थनाको अभिन्न अंग बनाई जीवन्त मान्ने हिन्दुहरूको विशाल र अनुपम परम्परा छ । यो युगमा यस्तै एक व्यक्ति हुनुभयो जो जनावरहरुलाई अद्वितीय सम्मान गर्नु हुन्थ्यो र उनीहरुस“ग साक्षात् वार्तालाप गर्नु हुन्थ्यो । जनावरहरुलाई पनि उहा“को सान्निध्यमा ध्यान र समाधि लाग्थ्यो । यस्ता अनौठा सन्तको नाम हो– भगवान् श्री रमण महर्षि ।
१८७९ इस्वीमा दक्षिण भारतको तृची भन्ने सानो गाउ“मा उहा“को जन्म भयो । १६ वर्षको उमेरमा उहा“मा परम् वैराग्यको उदय भयो । दैवी आश्रयमा पूर्ण निमग्न भई घर छोडेर उहा“ले दक्षिण भारतको तिरुवन्नमलई भन्ने स्थानमा पुग्नुभयो । त्यहा“ अवस्थित साक्षात् शिव मानिने पवित्र अरुणाचल पर्वतको शरणमा पर्नुभयो र आफ्नो एकनिष्ठ साधनाले समाधि प्राप्त गर्नुभयो । उहा“ मौन बस्नुहुन्थ्यो र शिक्षणको अधिकांश भाग पनि मौन थियो ।
उहाँको उपस्थिति यति प्रखर थियो कि जो व्यक्ति, जे प्रश्न लिएर आउँथे ती प्रश्न उहा“को उपस्थितिमा पुगेर या त बिलाउँथे या त त्यसको महत्व नै हराउँथ्यो । मन निश्चल हुन्थ्यो । उहा“ वैराग्य र तपस्याको प्रतिमूर्ति हुनुहुन्थ्यो । पवित्रता र शुद्धीको उहा“ गौरीशंकर हुनुहुन्थ्यो । यो युगमा त्यति इमानदार तपस्वी पाउन अति दुर्लभ छ । उहा“ ईश्वरमा पूर्ण निर्भर रहेर परम् वैराग्यमा जिउनुभयो । एउटा लङ्गोट र कमण्डलुबाहेक उहा“स“ग केही पनि हुन्थेन । उहा“को तेज र उपस्थिति यति गहन थियो कि जस्तोसुकै व्यक्ति पनि उहा“को सान्निध्यमा नतमस्तक हुन्थे र गहिरो शान्तिको अनुभव गर्थे । विश्वले उहा“लाई ‘मौन सन्त’ भनेर चिन्यो ।
रमण महर्षिको जनावरहरुस“ग विशेष सम्बन्ध थियो । उहा“को हृदयमा मानिसप्रति मात्रै होइन जनावरप्रति पनि उत्तिकै करुणा र प्रेम थियो । उहा“को आश्रम मात्रै एउटा यस्तो आश्रम हो जहा“ उहा“को सान्निध्यमा समाधिलाभ गरेका जनावरहरुको पनि समाधि निर्माण गरिएको छ । त्यसमा सबैभन्दा प्रख्यात कहानी लक्ष्मी नामक गाईको छ । लक्ष्मीलाई एक जना किसान भक्तले आश्रमका लागि भनेर दान दिएका थिए ।
सन् १९२६ मा अरुणाचल पिल्लाई नाम गरेका किसानले गाई र भर्खर जन्मेको बाछीलाई लिएर रमण महर्षि कहा“ आईपुगे । ‘बाछी जन्मिएपछि गाई र बाछी दुवै रमण महर्षिलाई दान दिनू’ भन्ने स्वप्न आदेश पाएछन् । गाई र बाछी लिई उनी रमण आश्रममा आईपुगे र दान लिने आग्रह गरे । आश्रम वरपर त्यसबेला चितुवाको बिगबिगी थियो र गाईको हेरचाह गर्ने व्यक्ति पनि कोही नभएकाले आश्रमले गाई लिन मानेन तर किसानले स्वप्नआज्ञालाई अवज्ञा नगर्ने अठोट देखाए । महर्षिले ‘तिमीले स्वप्न आदेशअनुसार गाई ल्यायौ ठीक छ, मैले लिए“ ।
स्वप्न आदेश पूरा भयो तर अब म तिमीलाई यो गाई फेरि आश्रमको तर्फबाट लिएर जान आग्रह गर्छु’ भन्दै किसानलाई नै फर्काउन खोजे । तर यसैबीच एक भक्त रामनाथले म गाईको जिम्मा लिन्छु भनेपछि गाई र बाछीलाई आश्रमबाट केही पर पाल्ने व्यवस्था भयो । शुव्रmबार बाछी आश्रम आइपुगेकाले बाछीको नाम लक्ष्मी राखियो । गाई र बाछी बिहान चर्न र पानी खान आश्रम नजिकको पोखरी र जंगलमा आउँथे । बाछी हुर्किएपछि आफैँ आश्रमसम्म आइपुग्ने भई ।
लक्ष्मीको बानी व्यहोरा अनौठो थियो । भोजनको समयमा रमण महर्षि बसेको सोफानजिकै आएर उहा“को पाउ नजिक बस्थी । रमण महर्षिले केही खानेकुरा दिएपछि खाएर फेरि बाहिरिन्थी । जनावर ठानेर कसैले हप्कायो भने फेरि लक्ष्मी कहिल्यै उसको नजिक जाँदैनथी । लक्ष्मी अरुले आफूप्रति गर्ने व्यवहारप्रति संवेदनशील थिई । लक्ष्मीको आत्मसम्मान दुर्लभ थियो । आश्रम अलि व्यवस्थित भइसकेपछि गौशाला निर्माण गर्ने निर्णय भयो । लक्ष्मीकी माता गाईको मृत्यु भइसकेको थियो । अब आश्रममै बस्ने व्यवस्था हुन लागेकोमा लक्ष्मी हर्ष र उत्साहले पुलकित देखिन्थी ।
आश्रममा अरु भक्तहरुले पनि गाई उपहारस्वरूप दान दिएका थिए । गौशालाको जग राख्ने दिन बिहानै लक्ष्मी महर्षिको नजिकै आएर बसिरही, नहल्लीकन । जब महर्षि गौशाला निर्माण स्थल जाने भनेर उठ्नुभयो लक्ष्मी पनि स“गै उठी र गौशाला निर्माण स्थलसम्म स“गै गएर भूमिपूजनमा महर्षिस“गै बसिरही । त्यो अनुष्ठान सकिएपछि लक्ष्मी आश्रमभरि खुसीले रोमाञ्चित भएर घुमी । पछिका दिनमा उसको व्यवहार देखेर आश्रमका आउने मानिसहरु पनि अच्चभित हुन्थे । प्रत्येक दिन भक्तहरु आएर रमण महर्षिलाई ढोगेजस्तै लक्ष्मी पनि महर्षिको पाउमा आएर ढोग्थी र महर्षिले थपथपाएपछि मात्र ऊ बाहिर जान्थी । भक्तहरुले पनि नपाउने रमणको थपथपाई लक्ष्मीले पाउँथी । रमण महर्षि पनि उसलाई एक उच्च कोटीको शिष्याजस्तै व्यवहार गर्नुहुन्थ्यो ।
कहिलेकाहीँ लक्ष्मी महर्षि बसेको कोठामा सबैलाई ठेल्दै प्रवेश गर्थी । ‘लक्ष्मीभित्र छिर्न खोजी भने चनाखो भएर सबैले उसका लागि ठाउ“ छोडिदिनू, बिना कुनै रोकटोक भित्र प्रवेश गर्न दिनू’ भन्ने महर्षिको आदेश थियो । आश्चर्य यो थियो कि उसले पाएका नौ वटा बाछाबाछीमा तीन वटा रमण महर्षिको जन्मजयन्तिको दिनमा व्रmमशः जन्मिएका थिए । बच्चा पाएपछि ऊ सिधै महर्षिको अघि आएर बच्चा जन्मियो भन्ने खबर सुनाउन आएजस्तो गरी चुपचाप उभिन्थी । महर्षि रमण र ऊबीच भित्रभित्रै सम्वाद भइरहेको प्रतीत हुन्थ्यो । महर्षि पनि बच्चा जन्मिएछ भनी हेर्न जानु हुन्थ्यो र लक्ष्मी पछिपछि लाग्थी ।
लक्ष्मीको प्रिय भोजन इड्ली थियो । एक दिनको कुरा हो । महर्षि हलमा बस्नुभएको थियो । लक्ष्मी खुरुखुरु आएर महर्षिको अघि उभिइरही । महर्षिले नजिकका सहयोगीलाई हेरेर सोध्नुभयो, ‘लक्ष्मीको गुनासो छ कि उसलाई आज बिहान खाजामा इडली दिइएन के समस्या भयो ?’ सहयोगीले भने, ‘भान्छामा बुझ्दा इडली सिद्धिएर पोंगल खाजा लक्ष्मीलाई दिइएको थियो तर त्यो उसलाई मन परेन । त्यसैले तपाईं कहा“ गुनासो गर्न आएकी ।’ महर्षिले ‘केही इडली बा“की छ ?’ भनी सोध्नुभयो । आश्रमको कुनै भक्त सरसामान खरिद गर्न सहर गएका छन् ।
उनको खाजाको लागि चार वटा इड्ली राखिएको रहेछ । महर्षिले प्लेटमा दुई वटा इडली ल्याउने आज्ञा दिनुभयो र लक्ष्मीलाई खुवाउनु भयो । त्यो इड्ली खाइसकेपछि लक्ष्मी फर्केर गई । यो घटनाले के देखाउ“छ भने लक्ष्मी महर्षिस“ग अन्तर वार्तालाप गर्थी । मनुष्यले बोलेर बताउनु पर्ने कुरा लक्ष्मीले महर्षिलाई अघि आएर उभिएर केही आवाज ननिकाली बताउँथी । महर्षि पनि बुझ्नुहुन्थ्यो र सोहीअनुसार प्रत्युत्तर दिनु हुन्थ्यो ।
तेस्रो बच्चा गर्भमा बसेपछि एक दिन बेलुका लक्ष्मी महर्षिका छेउमा आएर आखाभरि आ“सु झारेर बसिरही । महर्षिको हृदय पनि द्रवित भयो । प्रेमले हात उसको लक्ष्मीको टाउको मुसार्दै महर्षिले भन्नुभयो, ‘तिमीलाई सहर फर्किन मन छैन ? यहीँ बस्ने इच्छा छ ? मैले के गर्ने ?’ नजिकै बसेका भक्तहरुलाई लक्ष्मीतिर देखाउदै उहा“ले भन्नभयो, ‘बच्चा जन्मिने छ रे, त्यसैले अब फर्किन मन छैन भन्छे लक्ष्मी ।’ कसै गरेर महर्षिले लक्ष्मीलाई फकाएर फर्किन मनाउनु भयो । त्यही रात लक्ष्मीले बच्चा जन्माई । लक्ष्मीको हेरचार गर्ने भक्तको पारिवारिक समस्या आएको कारण अर्को दिन उनी घर फर्किनु प¥यो ।
लक्ष्मी र तीन वटै बाछाहरु उनले आश्रम परिसरमा सरे । लक्ष्मी महर्षिलाई भेट्न गई र टाउको महर्षिको गोडामा निउराएर नहल्लिकन बसी रही । ‘ए, तिमी अब आश्रममै बस्ने हो ?’ भनी महर्षिले सोध्नुभयो । लक्ष्मी केही नबोली ट्रान्समा डुबेजस्तो गरेर बसी रही । स“गै बसका भक्तहरुलाई हेरेर महर्षिले भन्नुभयो, ‘लक्ष्मी ढुक्क भए“ भन्छे । तीनै वटा बाछाहरु अब मेरो जिम्मा लगाएर उसका सबै चिन्ताहरु बिदा भए रे !’
महर्षिको लागि लक्ष्मी एक जनावर मात्र थिइन । अरु भक्त र साधकझैं महर्षिस“ग उसको जीवन्त सम्बन्ध थियो । यो सम्बन्ध लक्ष्मीको जीवनको अन्त्यकालसम्म रह्यो । १७ जून १९४८ लक्ष्मी बिरामी भई । अर्को दिन महर्षि उसलाई हेर्न जानुभयो । लक्ष्मी जमिनमा पल्टेकी थिई । महर्षिले नजिकै गएर एक हातले लक्ष्मीको टाउकोमा र अर्को हातले हृदयमा स्पर्श गरी दबाउनुभयो । रमण महर्षि लक्ष्मीस“ग कुरा गर्दै ‘सबै ठीक छ’ भन्दै केहीबेर स“गै बस्नुभयो । रमण महर्षि निश्चिन्त हुनुभयो कि लक्ष्मीको हृदय वासनारहित एवं शुद्ध चेतनाद्वारा आच्छादित थियो । उसका आ“खा स्थिर र शान्त थिए । यसरी लक्ष्मी पूर्ण चैतन्यस्वरुप भएर यो संसारबाट सदाका लागि मुक्त भई । सबै विधिविधानका साथ उसलाई आश्रम परिसरमै समाधिस्थ गरियो । आज त्यो आश्रमको एक पूजनीय स्थल भएको छ ।
रमण महर्षिले भन्नुभएको रहेछ, लक्ष्मीले पूर्वजन्ममा कति ठूलो तपस्या गरेकी होली कि यो अन्तिम जन्म लिएर यहा“ आई र मुक्त भएर गई । आश्रममा सबैलाई यो विश्वास थियो, सन् १८९० को दशकमा अरुणाचल डा“डामा बस्दा उहा“को अनन्य सेवामा समर्पित एक महिला किराइपत्तीले नै जन्म लिएर फेरि महर्षिको शरणमा आइकी हुन् । किराइपत्ती महर्षि आउनुभन्दा पहिलै त्यहा“ बस्न आएकी थिइन् । किराइपत्ती जंगलमा उम्रेको साग, कन्दमुल र भिक्षाटन गरेर जम्मा गरेका सरसमानबाट रमण महर्षिलाई भोजन अपर्ण गर्थिन् । सारा दिन डा“डाभरि घुमेर खान लायकका लता, कन्दमुल जम्मा गरेर ल्याउँथिन् ।
महर्षिलाई नखुवाई आफूले खान्न थिइन् । साग, कन्दमुल खोज्न सघाउन महर्षि पनि जानुहुन्थ्यो । रमण महर्षि पनि किराइपत्तीलाई खुब प्रेम गर्नुहुन्थ्यो । सन् १९२२ मा डा“डाबाट विरुपाक्ष गुफामा महर्षि बस्न आउनुभन्दा केही महिनाअघि समर्पण र प्रेमकै उच्च स्थितिमा किराइपत्तीले शरीर छोडिन् । उनको शरीर महर्षि कै निर्देशनमा तल ल्याइयो र दक्षिणमूर्ति मन्दिरको अघि भूमिदहन गरियो ।
त्यहीँ किराइपत्ति नै फेरि लक्ष्मी गाईको रुपमा जन्म लिई पुनः रमण महर्षिको सान्निध्यमा आइन् भन्ने तथ्य रमण महर्षिले पनि कहिल्यै नकार्नुभएन । एउटा आश्चर्यजनक संयोग यो छ कि किराइपत्ती आफ्नो जन्मथलो भेलोर जिल्लाको गुडियातम् सहरबाट तिरुवन्नामलई आएकी थिइन् । लक्ष्मीले फेरि जन्म त्यही सहरमा लिएकी थिई । गुडियातम् जिल्लाकै किसानको गोठमा लक्ष्मीले जन्म लिनुभन्दा केही दिनअघि सो किसानले सपनामा बाछी जन्मेपछि उसलाई रमण महर्षि आश्रममा पु¥याइदिने स्वप्नआज्ञा पाएका थिए ।
रमण महर्षिका सान्निध्यमा चार वटा जनावरले सिधै मनुष्य जुनीमा नजन्मिकनै मोक्ष प्राप्त गरे । रमण महर्षिको आश्रममा ज्याकी नाम गरेको कुकुरको, कागको, वल्ली नाम गरको मृगको समाधि अहिले पनि छ ।
एक पटक महर्षि घुम्न निस्किनु भएको थियो, एउटा कुकुर एक्कासि झाडीबाट महर्षिलाई चिनेझैँ गरेर अघि आएर पुच्छर हल्लाउन थाल्यो र महर्षि अघि बढेपछि ऊ पछिपछि लाग्यो र त्यस दिनदेखि उसले रमणको सान्निध्य छोडेन । उसको नाम करुप्पन थियो । झाडीको पछाडि लुकेर बस्ने एकान्तप्रिय उसको स्वभाव थियो । उसमा प्रवल वैराग्य थियो । हप्काउने, दुव्र्यवहार गर्ने व्यक्तिको नजिक आउँथेन ।
पछि ऊ आश्रममै आएर बस्न थाल्यो । उसमा ठूलो परिवर्तन आयो, पूर्व उदासिनता छोडेर ऊ सबैको प्रेम पात्र भयो । आश्रममा भोजन वितरणको बेलामा ऊ अन्य साधक र आगन्तुकजस्तै धैर्यपूर्वक लाइनमा लागेर भोजन गथ्र्यो । समझदारीपूर्ण उसको व्यवहारका कारण सबैले उसलाई माया गर्थे । एक पटक एक कट्टर ब्राह्मण त्यहा“नजिकै भएको बेलवृक्षमुनि मन्त्र साधना गर्न बसेछन् । उनी कुकुरलाई अपवित्र ठान्थे र उसलाई नजिक आउन दिँदैनथे । ती ब्राह्मण प्रतिको आदरभावको कारण एक आश्रमबासीले करुप्पनलाई डण्डाले कुटेछन् । करुप्पन व्रmन्दन गर्देै कतै लाग्यो, पुनः आश्रममा कहिल्यै फर्केन । उसको धेरै खोज गरियो तर कतै देखिएन । आत्मसम्मानको गहिरो बोध भएको करुप्पनलाई मनुष्यको दुव्र्यवहार सहन भएन । ऊ मानौँ कतै बिलायो कहीं भेटिएन ।
‘यहा“ आउने कुनै पनि जनावरलाई दुव्र्यवहार नगर्नू । हेर्दा जनावर देखिए पनि हामीलाई थाहा ह“ुदैन कि त्यो शरीरमा कस्तो आत्माले निवास गरिरहको छ,’ भनी महर्षि सबैलाई सम्झाउनुहुन्थ्यो । तर शिष्य त शिष्य नै हुन्छन् । एक पटक त्यही आश्रममा बस्ने एक कुकुरले अलिक चञ्चल व्यवहार गरेछ । एक भक्तले खुब हप्काएछन् । त्यो कुकुर नजिक रहेको शंखतीर्थम् सरोवरतिर दौडेछ । केही क्षणपछि त्यही सरोवरमा उसको मृत शरीर तैरिरहेको देखियो । सायद उसको आत्मसम्मानमा यति चोट लाग्यो कि बाँच्न स्विकार गरेन । जनावरहरुका लागि असम्भव हुने अनौठा व्यवहार जनावरले रमण आश्रममा गर्थे ।
त्यस्तै आश्रममा एक कुकुर कमला थिई । रमण महर्षिस“ग उसको विशेष सम्बन्ध थियो । कुनै नया“ आगन्तुक आयो भने महर्षि उसलाई आश्रम घुमाइदिन अ¥हाउनु हुन्थ्यो । पर्वत घुमाइदिन, गुफा देखाइदिन, जे जे देखाइदिन महर्षिले त्यो कमलालाई अ¥हाउनु हुन्थ्यो, पाएको निर्देशानुसार नै आगन्तुकलाई घुमाउँथी । उसको यो उच्च संवेदनशील व्यवहार अनुपम थियो ।
रमण मौन बस्नुहुन्थ्यो । त्यसैले जनावरहरुस“ग बिना शब्द प्रत्यक्ष उहा“को सम्वाद हुन्थ्यो । बा“दरहरूको ठूलो समूह त्यहा“ बस्थ्यो । उनीहरु बेलाबेलामा झगडिरहन्थे । रमण महर्षि भन्नुहुन्थ्यो, ‘यिनीहरुको झगडा पनि कहिलेकाही मैले मिलाइदिनुपर्छ ।’ हुन पनि बा“दरहरु झुण्डका झुण्ड महर्षि कहा“ आफ्नो समूहको गुनासो लिएर आउँथे । महर्षि दुवै पक्षको कुरा सुनेर कुन समूहको गल्ती हुन्थ्यो, त्यसलाई गाली गर्दै अब आइन्दा यसो नगर्ने चेतावनी दिनुहुन्थ्यो । जुन समूहले चेतावनी पाउँथ्यो ऊ झुकेर महर्षिका कुरा सुन्थ्यो र बिस्तारै फर्किन्थ्यो भने अर्को समूह न्याय पाएकामा हर्षोल्लास मनाएझैं हल्लीखल्ली गर्दै जंगलतिर लाग्थे । यसरी रमण महर्षि जनावरहरुको न्यायाधीश बनेर उनीहरुको समस्याको छिनोफानो गरिदिनुहुन्थ्यो । जनावरले पनि उहा“को निर्णय मान्थे ।
आश्रमको नजिकै एक एउटा सानो तलाउ थियो । त्यहा“ एक चितुवा पानी खान आउँथ्यो । यसबाट सबैजना त्रस्त थिए तर महर्षि भन्नुहुन्थ्यो– उसले आउनुभन्दा अघि दहाडेर मलाई खबर गर्छ कि ऊ पानी पिउन आउँदैछ । त्यो चितुवा पानी पिइसकेपछि फेरि एक दहाड मारेर जंगलमा लुप्त हुन्थ्यो । ‘म अब गए“ भनेर उसले आवाज दिन्छ । उसले कसैलाई बिगार गर्दैन नडराउनू’ भनी रमण महर्षि सबैलाई सम्झाउनु हुन्थ्यो ।
समाधि भएको कागको पनि अनौठो कहानी छ । एउटा काग रमण महर्षिको दर्शन गर्न बारम्बार आउँथ्यो । रमणको नजिक आएर बसिरहने उसको सत्संगनिष्ठा अनुपम थियो । ऊ रमण महर्षिको हातबाट मात्र खान्थ्यो । एक पटक धेरै लामो समयसम्म ऊ हलचल नगरी एक स्थानमा बसिरह्यो । उसले वरिपरिको वातावरणप्रति खासै उत्सुकता देखाएन । त्यो कागको अन्तिम समय आएको रहेछ र बिरामीले थला परेको रहेछ । त्यो थाहा पाएर रमण महर्षि हेर्न आउनुभयो र उसलाई हातमा लिएर बस्नुभयो । केही क्षणपछि उसले महर्षिकै हातमा प्राण त्याग्यो ।
रमण महर्षिले भन्नुभयो, ‘यो प्राणी कागको शरीरमा ठूलो ऋषि थियो । अब मुक्त भयो ।’ यसरी महर्षिको प्रेम र अनुरागको भागी मनुष्य मात्रै थिएनन्, अरुणाचलको विरान पर्वतमा बास गर्ने सबै खाले जनावर– बा“दर, कुकुर, लोखर्के, मयूर, सर्प, गाई, काग, बिरालो सबै थिए । जनावरहरु आफ्नो निसर्गमा निर्मल हुन्छन् र उनीहरुबाट मनुष्यले धेरै सिक्न सक्छन् भन्ने प्रेरणा महर्षिले आफ्नै व्यवहार र जीवनचर्याबाट दिनुहुन्थ्यो ।

शनिबार, ०४ मङि्सर २०७३, ०९ : ३९
www.nagariknews.com

एक कविको भविष्यवाणी


- स्वामी आनन्द अरुण

ओशो आफ्नो जीवनको विभिन्न कालखण्डमा भिन्नभिन्न नामले चिनिए। विद्यार्थीकालमा रजनीशचन्द्र मोहन, प्राध्यापक भइसकेपछि आचार्य श्री रजनीश, शिष्यहरूको लागि संन्यास दिक्षा सुरु गरिसकेपछि भगवान् श्री रजनीश र अन्तिम दिनमा उनी ओशोको नामले विश्वप्रसिद्ध हुन पुगे। शब्दातीत ओशोलाई शब्दमा पक्रन जति दुरुह भए पनि उनीबारे केही शब्दहरू लेख्न या बोल्नु मलाई अति सुखद लाग्छ। हाम्रो संस्कृतिमा प्रसिद्ध उखान छ– हरि अनन्त, हरिकथा अनन्ता। सन्त पुरुषहरूको बारेमा जति लेखे पनि, जति बोले पनि उहा“को व्यक्तित्वलाई शब्दमा अटाउन सकिँदैन। जबजब म समाधिस्त व्यक्तिहरूको जीवनलाई शब्दमा उतार्ने प्रयास गर्छु, उनीहरूको जीवन चरित्रले सत्पथमा हिँड्न मलाई ठूलो प्रेरणा दिन्छ। उनीहरूको सत्यप्रतिको निष्ठा, मुमुक्षा र सहजताले परम जागृति र मुक्तिको मार्गमा लाग्न झक्झकाइरहन्छ।
केही वर्षपछि मानिसलाई यो विश्वास गर्न कठिन हुनसक्छ कि ओशो जस्तो व्यक्ति यही मनुष्य शरीरमा थिए र एक्लै व्यक्तिले संसारको सबै प्रकारका पाखण्डका विरुद्ध विद्रोहको शंखनाद गरे! ओशो जति विद्रोही र क्रान्तिकारी थिए उति नै सृजनशील र कलात्मक पनि थिए। उनले संसारका सबै धर्म र बुद्धपुरुषहरूको वचनलाई पुनर्जागृत र पुनर्व्याख्या गरे। ७ सय पुस्तकको रचना गरे। ६ सयभन्दा बढी रूपान्तरणकारी सुन्दर ध्यानपद्धतिको विकास गरे। 
यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन। 
आफ्नो जीवनकालमा ओशो अबुझ र विवादास्पद नै रहे। धार्मिक व्यवसायीहरूले उनको विरोध गर्न कुनै कसर छोडेनन्। अन्ततः उनको हत्या पनि गरे। तर, सौन्दर्यका उपासक, कलाका पारखी ओशोलाई भारतवर्षका मुर्धन्य चिन्तक र कलाकारहरूले उनको जीवनकालमै मुक्तकण्ठले प्रशंसा गरे। त्यसमध्ये केही प्रसिद्ध व्यक्ति हुन्– अमृता प्रितम, खुशवंत सिंह, हरिप्रसाद चैरसिया, कल्याणजी–आनन्दजी, पण्डित जसराज, राजन–साजन मिश्र, एम. बी. कामथ, गुलजार, कन्हैयालाल नन्दन, महाकवि गोपालदास निरज, राम जेठमलानी आदि। आज पनि पूर्वाग्रहबाट मुक्त संसारभरिका स्वतन्त्र चिन्तक र सच्चा अध्यात्मिक अन्वेषकहरू उनको प्रज्ञा र साहसबाट आश्चर्यचकित छन्। नेपालको बौद्धिक वर्गको ठूलो संख्या ओशोका नियमित पाठक रहँदै आएका छन्। 
जीवनको अन्तिम कालमा भारतका एक जना सुप्रसिद्ध कवि हरिवंश राय वच्चनले आफ्नो एक मित्रलाई पठाएको पत्रमा लेखेका थिए– 'हिजो म ७३ वर्षमा प्रवेश गरेँ। स्वास्थ्य अवस्थाअनुसार छोटामोटा कैयौँ रोग लागेका छन् र त्यसको उपचार गरिरहेको छु। तर, निको नहुन सक्ने एक पुरानो रोगले मलाई पक्रेको छ। त्यो रोग हो– रजनीशाइटिस्। वर्षौँदेखि म रजनीशलाई पढिरहेको छु। तापनि म उनलाई नाप्न र पूरै बु‰न सकिरहेको छैन।'
बच्चन अगाडि लेख्छन्, 'ओशोको सम्भोग से समाधि की ओर कृति एक उच्चकोटिको पुस्तक हो। यसलाई सबैले पढ्नैपर्छ। खासगरेर नौजवानले। यो पुस्तकलाई कलेज, विश्वविद्यालयहरूमा एक मुख्य विषयको रूपमा पढाइनुपर्छ। यो यस्तो एक पुस्तक हो जसलाई आमाबुबाले आफ्ना छोराछोरीको विवाहमा उपहारको रूपमा अवश्य दिनुपर्छ। यो पुस्तक हरेक घरमा हुनुपर्छ। यो पुस्तकको बारेमा मैले जो भने पनि त्यो कम नै हुन्छ।'
सन् १९६९ मा कवि वच्चनले दिल्लीको एक साहित्यिक कार्यक्रममा ओशोलाई दोस्रो पटक भेटे। त्यतिबेला ओशो आचार्य रजनीशको नामले चिनिन्थे। ओशो पनि सो कार्यक्रममा वक्ताका रूपमा निम्त्याइएका थिए। बच्चनले ओशोलाई केही महिनाअघि भेटिसकेका रहेछन् र ओशोको गहन उपस्थिति र प्रज्ञाबाट अभिभूत भइसकेका रहेछन्। आफ्नो आत्मकथामा उनले त्यो प्रथम भेटलाई यसरी सम्झेका छन्, 'उनी ३५ को हाराहारीमा थिए। सुगठित सुन्दर शरीर, ठूला भेदनयुक्त आ“खाले उनको भित्री गरिमाको आभास दिन्थ्यो। उनी स्वतन्त्र र स्पष्ट वक्ता थिए।'
हरिवंश राय बच्चनको ख्याति एक लोककविका रूपमा भारतभरि फैलिसकेको थियो। उनको भावुक कवि हृदय ओशोका आग्नेय र विद्रोही अभिव्यक्तिबाट विस्मित भयो। जब उनको बोल्ने पालो आयो उनी ओशो बसेको नजिकै गए र भावुक भएर माइकबाट उनले उद्घोष गरे, 'रजनीश, म तिमीजस्तो रहस्यदर्शी होइन। म केवल कवि हु“। त्यसैले भविष्यवाणी गर्न सक्दिनँ। तर, यो म विश्वासपूर्वक भन्न सक्छु कि तिमी यति सुन्दर, साहसी र विद्रोही छौ कि यो दुनियाले तिमीलाई बु‰ने र पचाउने छैन। मलाई डर छ तिमी मारिने छौ।'
ओशोले पनि तुरुन्तै जवाफ दिए, 'बच्चनजी सामान्य व्यक्तिजस्तै अस्पतालको बेडमा मर्ने मेरो पनि इच्छा छैन। यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन। म आफ्नो जीवनलाई समाज रूपान्तरणको लागि उपयोग गरिरहेको छु र आवश्यक परे यसै लक्ष्यका लागि मेरो मुत्युको पनि उपयोग हुनेछ।'
आश्चर्य नै मान्नुपर्छ कि त्यो प्रसिद्ध कविले भावातीत निर्दोष अवस्थामा दिएको अभिव्यक्ति भविष्यवाणी नै सिद्ध भयो। संसारको सबैभन्दा ठूलो र संगठित धर्म र संसारको सबैभन्दा शक्तिशाली राष्ट्र पनि एक निशस्त्र व्यक्तिबाट डरायो। यो ढोँगी र आडम्बरी समाजले ओशोलाई मारेरै छोड्यो।
बिहिबार, २३ मङि्सर २०७३, ११ : ०३
www.nagariknews.com


प्रेमको बिजारोपण


- स्वामी आनन्द अरुण


२९ मार्च १९६९ को सौभाग्यशाली सन्ध्या मेरा मानसपटलमा सधैँ तरोताजा रहनेछ । त्यस दिन पहिलोपटक मैले आफ्नो गुरु आचार्य रजनीशको दर्शन पाए“ । त्यसबखत म पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिएँ । म त्यहा“को सिन्हा पुस्तकालयमा अध्ययनका लागि जाने गर्थें । पुस्तकालयमा अत्यन्त दुर्लभ पुस्तकको संकलन थियो ।  धर्म, दर्शनशास्त्र र ज्योतिषको अध्ययनका लागि म त्यहा“ नियमित जाने गर्थें । मध्याह्न पुस्तकालयबाट निस्केपछि सूचनापाटीमा एउटा पम्प्लेट टा“सिएको देखे“, जसमा सोही दिन बेलुका त्यही पुस्तकालयको लनमा आचार्य रजनीशले प्रवचन दिने जानकारी थियो । त्यसअघि मैले यो नाम कहिल्यै सुनेको थिइनँ ।
स्कुले जीवनदेखि नै ध्यान, योग, प्राकृतिक चिकित्साप्रति मेरो विशेष रुचि थियो । त्यसबखत कुनै सद्गुरु नभेटाए पनि मैले पुस्तककै सहायताले ध्यान र योगका अभ्यास गरिरहेको थिए“ । मैले त्यस बखतका उत्तर भारतका प्रायः सबै आश्रम चहारिसकेको थिए“ र नाम चलेका सबै गुरुलाई भेटिसकेको थिए“ । त्यसमध्ये दीक्षा दिने अनेक गुरुबाट दीक्षित पनि भइसकेको थिए“ । तीमध्ये केही गुरु हुन्, आनन्दमूर्तिजी, महर्षि महेश योगी, अनुकूल चन्द ठाकुर, ऋषिकेशका स्वामी शिवानन्दजी, राष्ट्रियसेवक संघका माधवराज गोलवर्कर, रामकृष्ण आश्रमका सन्न्यासीहरू इत्यादि । यिनीहरू सबैस“ग आफ्नै विशेषता थिए र मैले यिनीहरूबाट केही न केही सिक्ने मौका अवश्यै पाएको हुँ, तर कहीँ पनि मेरो आन्तरिक तारतम्य मिलिरहेको थिएन र मेरो अन्तर्मन आफ्नो मार्गदर्शक गुरुको प्रतीक्षामै थियो ।

विवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा यी चारै दर्शनबीच समन्वयको खोजमा थिए“ । यिनीहरूको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाइनँ भनेर म रुने गर्थें

त्यसबखत विद्यार्थीका दुई प्रमुख संगठन थिए । एक थियो, वामपन्थी विचारबाट प्रभावित स्टुडेन्ट फेडरेसन र अर्को दक्षिणपन्थी जनसंघको राष्ट्रिय विद्यार्थी परिषद् । माधवराज सदाशिव गोलवर्करको विद्वता र साधुताबाट म प्रभावित भए“ र केही वर्ष राष्ट्रियसेवक संघको शाखा सञ्चालक पनि बने“ । पछि विभिन्न आश्रममा तथाकथित साधुको दोहोरो चरित्र र पाखण्डी व्यक्तित्वले मभित्र धर्मप्रति वितृष्णा पनि पैदा भइरहेको थियो । समाजवादी र वामपन्थी  चिन्तनप्रति झुकाव बढिरहेको थियो । त्यसबखत भारतमा चलेका सामाजिक र सांस्कृतिक आन्दोलनबाट म ज्यादै प्रभावित हुन पुगे“ । यो आन्दोलन गान्धी, बिनोबाको दर्शनबाट प्रभावित ‘सर्वोदय आन्दोलन’ थियो । त्यसैबखत जयप्रकाश नारायण पनि समाजवादी पार्टीको सक्रिय राजनीति छोडेर सर्वोदयमा लागेका थिए । 
मैले जयप्रकाश नारायणलाई बिहारको मसहरीमा व्यक्तिगत रूपमा भेटेको थिएँ । उनमा मैले सत्यको गहन प्यास देखेँ । गरिब र निमुखाको जीवन उद्धारका लागि उनको हृदयमा मैले गहिरो दया र करुणा देखेँ । मैले उहा“भित्र एक राजनीतिज्ञ कम तर सन्त व्यक्तित्व बढी देखेँ । उहा“बाट प्रभावित भएर मैलैे आफ्नो जीवन सर्वोदय आन्दोलनमै समर्पित गर्ने इच्छा पोखेँ । उहा“ मेरो उत्साह देखेर खुसी हुनुभयो र मलाई हौसला दिँदै भन्नुभयो, ‘तिमी आफ्नो इन्जिनियरिङको पढाइ पूरा गरेर आऊ । भारतीय गाउ“को पिछडापनबाट मुक्ति र त्यसको उत्थानका लागि मस“ग धेरै योजना छन् र मलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको आश्वासन छ । तिम्रो इन्जिनियरिङ विद्या मलाई काम लाग्छ ।’ 
उहा“ भारतका प्रधानमन्त्री हुने व्यक्ति हुनुहुन्थ्यो । तर, बिहारको मसहरी भन्ने सानो गाउ“मा नक्सलाइटको हिंस्रक विद्रोहलाई शान्त पार्न गाउ“मै एक झुपडीमा बसी प्रयासरत हुनुहुन्थ्यो । उहा“को त्याग र सत्यनिष्ठाले मेरो आ“खामा आ“सु ल्यायो । मैले इन्जिनियरिङ पास गरेपछि जयप्रकाशकै सर्वोदयमै समर्पित हुने भाव जाग्यो।
ओशोलाई पहिलोचोटि भेटेको समय म बडो द्विविधा र विषादको स्थितिमा थिए“ । मैले आफ्नो मार्ग बुझिसकेको थिइनँ । कृष्णको भक्ति र उत्सव, बुद्धको शान्ति र ध्यान, विवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा यी चारै दर्शनबीच समन्वयको खोजमा थिए“ । यिनीहरूको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाइनँ भनेर म रुने गर्थें ।
बच्चादेखि नै साधु, सन्त र जोगीहरूप्रतिको आकर्षण ममा थियो । त्यसैले २९ मार्चको त्यो सौभाग्यशाली सन्ध्यामा म मेरा सहपाठीस“ग आचार्यको प्रवचन सुन्न पहिलो पंक्तिमा गएर बसेँ । ठीक ६ बजे सेतो लुङ्गी लगाएका र सेतो च्यादरले शरीर बेरेका एक तेजस्वी युवा साधु मञ्चमा उपस्थित भए । उमेरले तेस्रो दशकमा हि“डिरहेका लाग्ने, लामो, चम्किलो दारी र कपाल, उन्नत ललाट र सम्मोहक आ“खा भएका आचार्य रजनीश मञ्चमा ओछ्याइएको गद्दीमा बसे । उनको उपस्थिति सघन थियो र व्यक्तिŒवमा एक अद्भूत आकर्षण थियो । पहिलो कुरा, जसले मलाई अभिभूत ग¥यो, त्यो हो उनको शारीरिक सौन्दर्य र व्यक्तित्वको तेज । मलाई उनी कुनै ऋषिलोकबाट अवतरित भएका चिरपरिचित देवपुरुषजस्ता लागे।
आचार्यलाई मीरा र कबिरका भजन अति प्रिय भएकाले उनको प्रवचनपूर्व एक युवतीले कबिरका भजन गाइन् । वसन्तको त्यो साँझ, गंगा किनारको मन्दमन्द शीतल हावा, कबिरका ती मर्मस्पर्शी पद, युवतीको मधुर स्वर, त्यसमा पनि आचार्यको रहस्यमय, सम्मोहक उपस्थिति, यो सबैले मेरो हृदयको कोमल तन्तुलाई स्पर्श ग¥यो । मेरा आ“खाबाट आ“सु बर्सिन थाले । आँखा पुछ्दापुछ्दै पूरै रुमाल भिज्यो । मेरा सहपाठी अक्क न बक्क भए र सोधे, ‘तिमीलाई के भएको ? किन यसरी रोएको ?’ 
मस“ग शब्दमा भन्न सक्ने कुनै उत्तर थिएन । भजनपछि आचार्यको संगीतमय मधुर स्वर गुन्जियो, ‘मेरे प्रिय आत्मन् ।’
त्यो जादुमयी स्वरले आ“खाभित्र बा“धिएको आ“सुको बा“धलाई फेरि भत्काइदियो । म भक्कानो छाडेर रुन थालेँ । मेरा साथी आश्चर्यचकित हुनु त स्वाभाविक नै थियो, म आफैँ पनि आश्चर्यचकित थिए“ र सोच्दै थिए“, ‘किन यो सर्वथा अपरिचित व्यक्तिको उपस्थितिले मेरो हृदयलाई यसरी रुन बाध्य तुल्याइरहेको छ ?’
आचार्य आफ्नो प्रवचनमा ब्रह्मचर्य, गान्धीवाद र धर्मगुरुहरूको कठोर आलोचना गरिरहेका थिए, जुन मेरो आजसम्मको शिक्षण, अध्ययन र संस्कारको पूर्ण विरुद्धमा थियो । मेरो मस्तिष्क उनको विचारस“ग असहमति प्रकट गरिरहेको थियो, तर गहिराइमा मेरो हृदय उनको तर्कस“ग पूर्ण सहमति जनाइरहेको थियो । एक श्रोताले प्रश्न गरे, ‘गान्धी सन्त हुनुहुन्थ्यो, सधै“ रेलमा तृतीय श्रेणीमा यात्रा गर्नुहुन्थ्यो तर तपाईं साधु भएर किन प्रथम क्लासमा यात्रा गर्नुहुन्छ ?’ आचार्यले जवाफ दिए, ‘तृतीय श्रेणीमा म यात्रा गर्छु, किनभने भारतीय रेलमा चौथो श्रेणी छैन भनी गान्धी भन्थे तर म भन्छु म प्रथम श्रेणीमा यात्रा गर्छु, किनभने भारतीय रेलमा अहिलेसम्म एसी कोच आइसकेको छैन । जुन दिन भारतीय रेलमा एसी कोच हुन्छ, म त्यस दिनदेखि प्रथम श्रेणीमा यात्रा गर्न छोड्छु । गान्धीजस्तो म गरिबलाई दरिद्रनारायण भन्न सक्दिनँ, गरिबीलाई म बेवकुफी र अवैज्ञानिक चिन्तनबाट जन्मेको महारोग ठान्छु । आज विज्ञान र प्रविधिको सहायताले सम्पूर्ण युरोप र अमेरिका एयर कन्डिसनमा हि“डिरहेको छ भने हामीले मात्र कुन चाहिँ त्यस्तो घनघोर पाप गरेका छौँ र सधैँ थर्डक्लासमा मात्र हिँडिराखौँ ?’
आचार्य यस्तै अकाट्य तर्क दिएर आफ्ना विचारलाई राख्दै हुनुहुन्थ्यो । उहा“का विचारस“ग असहमत हुनेहरू पनि उहा“का तार्किक विश्लेषणबाट विस्मित र अभिभूत थिए । उहा“को बौद्धिक विश्लेषण र तर्कलाई खण्डन गर्ने मस“ग कुनै आधार थिएन । मेरा सारा सिद्धान्त र विचार ओशोको एक घन्टाको तार्किक प्रहारबाट क्षतविक्षत भइरहेको थियो । उहा“का विचारप्रति मेरो मस्तिष्कले निरन्तर विरोध जनाइरहे पनि अत्यन्त गहिरोअन्तर्मन उहा“प्रति पूर्ण समर्पित भइसकेको थियो । मेरो अन्तर्मनले अनुभव गरिरहेको थियो, जुन प्रज्ञापुरुष र गुरुको खोजमा म एकान्तमा रुन्थे, ती व्यक्ति आचार्य रजनीश नै हुनुहुन्छ र त्यो खोजले आफ्नो गन्तव्य भेटायो । मेरो चित्त समय र स्थानको सीमाबाट पार कहीँ थियो । 
आचार्यले यी शब्दबाट आफ्नो प्रवचनको अन्त्य गर्नुभयो, ‘आपने इतनी धैर्य और प्रेम से मेरी बातों को सुना । मै अनुग्रहित हुँ । इन बातों पर विश्वास करने कि जरुरत नही है । इन बातों पर सन्देह करे, चिन्तन, मनन करे । इस चिन्तन के धरातल में जो अच्छा लगे उसको ही स्वीकार करे । अन्त में आप सबके अन्दर बैठे परमात्माको प्रणाम करता हुँ। मेरे प्रणाम स्वीकार करे ।’
आचार्यको प्रवचन सकिनेबित्तिकै उहा“को चरण स्पर्श गर्ने र अँगालो हाल्नेको भीडले उहाँलाई घेर्‍यो । त्यो भीडमा छिर्न मैले हिम्मत जुटाउन सकिनँ । नजिकै स्टलमा आचार्यको विचारमा आधारित हिन्दी पत्रिका उक्रान्तको वार्षिक ग्राहक बन्नेहरू थिए । वार्षिक सदस्यता शुल्क १२ रुपैया“ थियो । अर्धवार्षिक ६ रुपैया“ । मेरो खल्तीमा जम्मा तीन रुपैया“ मात्रै थियो । मैले ती स्वयंसेवकलाई मलाई त्रैमासिक ग्राहक बनाइदिनुस् भनी आग्रह गरेँ । तर, त्रैमासिक ग्राहकको कुनै प्रावधान नभएको उनले बताए । मैले आग्रह गरेँ, ‘यी तीन रुपैया“ लिई तपाईं मलाई वार्षिक ग्राहकै बनाइदिनुस् । म तपाईंलाई मनी अर्डरद्वारा बा“की नौ रुपैया“ जवलपुर पठाइदिनेछु ।’ उनले मलाई विश्वास गरे र नौ रुपैया“ बा“की लेखिएको वार्षिक सदस्य बनेको बिलसहित युक्रान्तको पहिलो अंक मेरो हातमा थमाए । त्यो मेरो जीवनको अत्यन्त बुद्धिमतापूर्ण र सर्वोत्तम लगानी ठहरियो । जसले मेरो सम्पूर्ण जीवन त बदलियो नै, अन्य हजारौँ साधकको जीवनको रूपान्तरणको कारण बन्न गयो।  
केही समयपछि मञ्चबाट सूचित गरियो कि रविन्द्र भवनमा जैन समाजले आयोजित गरेको सभामा आचार्यले भगवान् महावीरका बारेमा प्रवचन दिनुहुनेछ । त्यसपछि सोझै रात्रिको तुफान मेलबाट जवलपुर फर्कनु हुनेछ।  
यो सुनी उहाँको सम्मोहनले मैले रविन्द्र भवन जाने निधो गरेँ । आचार्य आफ्नो एम्बेसडर कारमा रविन्द्र भवनतिर लाग्नुभयो । मस“ग पैसा नभएकाले लगभग चार किलोमिटर दूरी मैले दौडेरै पूरा गरेँ । त्यसबेलाका आचार्यका प्रवचन बडो आग्नेय हुन्थे र अन्धभक्ति तथा अन्धविश्वासप्रति उहा“ कठोर प्रहार गर्नुहुन्थ्यो । सोहीअनुरूप उहा“ले जैनीहरूले महावीरलाई नबुझी खाली अन्धभक्ति गरेकामा गहिरो आलोचना गरिरहनुभएको थियो । आयोजकहरू सबै जैनी थिए । उनीहरू अक्क न बक्क भई आचार्यलाई प्रवचनका लागि बोलाएकामा पछुताइरहेका थिए। 
आचार्य जतिजति आलोचना गर्नुहुन्थ्यो, उनीहरूको व्यग्रता झन् बढ्थ्यो तर सुन्नेहरू सबै मन्त्रमुग्ध थिए । मलाई भय लाग्यो, कहीँ आचार्यप्रति कुनै अनिष्ट त हुँदैन ? तर, जैनीहरू अहिंस्रक र सहिष्णु हुन्छन् । आचार्यको प्रवचन सकियो । उहा“ फर्किन रेल स्टेसनतर्फ लाग्नुभयो । उहा“लाई बिदा गर्न स्टेसनसम्म जाने चाहना हुँदाहुँदै पनि न मसँग पैसा थियो, न त कारको पछाडि दौडने शक्ति नै । मैले छात्रवाससम्मको सात किलोमिटर दूरी हिँडेर तय गरेँ, पहिलो नजरकै प्रेमको उल्लास र आनन्दका साथ। 
त्यही सन्ध्यामा एक आन्तरिक समर्पण घट्यो । अन्तर्बोध भयो । ‘यसै गुरुको प्रतीक्षामा म आकुलव्याकुल भएर भौँतारिरहेको थिए“, अब यिनको साथ म कहिल्यै छाड्दिनँ, अब म पछाडि फर्कनेछैन’ भन्ने अन्तर्बोधपछि आज ४८ वसन्त बितिसके, त्यो दिनमा रोपिएका यी संकल्पका सुन्दर बीज आजसम्म मौलाइरहेका छन्।

शनिबार, १८ कार्तिक २०७४, ११ : ३१
www.nagariknews.com

ऊ आज फेरि आएन


– स्वामी आनन्द अरुण

सन् १९७० को जनवरीमा हामीले ओशोलाई पटना आमन्त्रण ग¥यौँ । मैले उहा“को आध्यात्मिक सान्निध्यमा चार दिन बिताउने अवसर पाए“ । म त्यसबेला पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिए“ । चार दिनपछि उहा“ रेलबाट जबलपुर फर्कनुभयो ।

रेलका सबै डब्बा चहारिसकेपछि ऊ विषादयुक्त भावमा टोलाउँथी– दुवै गालाबाट भुइँमा आ“सुका धारा बगाउँदै । उसको मुहारमा एक अनौठो सुन्दरता थियो, असीम दुःख र पराजयको एक मिश्रित अभिव्यक्तिस“गै । उपेक्षा गर्न नमिल्ने उसको त्यो अनुहारमा विषादले अविष्मरणीय छाप छोडेको थियो । ऊ कुनै राम्रै पारिवारिक पृष्ठभूमिबाट आएको हुन सक्ने उसको बानी–व्यहोराले संकेत गथ्र्यो ।

ओशोको फिर्तीपछि मलाई पुनः त्यही संसारमा फर्किनु थियो– अव्यवस्थित पसल, खुला नालीहरू, फोहोरका डंगुर, हतारहतार कमिलाजस्ता विनाफुर्सद कतै दौडिरहेका मानिसहरू, बाक्लो त“ुवालो, समोसा र तरकारीको गन्ध ओढेका सहरका गल्लीहरूमा । ओशोका ती चार दिनका प्रवासमा मभित्र एक रूपान्तरणको उदय भएको थियो । अज्ञात स्थिरताको महसुस भएको थियो । यो पृष्ठभूमिमा बाहिरको त्यो संसार त्यही भए पनि त्यसको बोध सूक्ष्म भएको थियो । आकाशले परम स्वतन्त्रताको अनुभूति बर्साइरहेको थियो, वृक्षको हरियो रंगमा एक गतिशील जीवन्तता थियो, हावामा एक संगीतको सुगन्ध थियो । ओशोको उपस्थितिको सान्निध्य अनि प्रेम र आशीषको माहोलमा मेरो अस्तित्वले एक पुनर्जन्म नै प्राप्त गरेको थियो । उहा“को मंगलकारी उपस्थितिबाट मेरा अस्थि, रक्त र शरीरका सारा कोषमा एक लयबद्ध थिरकन छाएको थियो । म अब त्यही व्यक्ति थिइनँ । जसरी एक धातुको टुक्रा चुम्बकको चुम्बकीय क्षेत्रमा आएपछि चुम्बकै बन्छ, उहा“को उपस्थितिमा हामी सबै चेतनाको अर्कै आयाममा प्रवेश गरिसकेका थियौँ । सहर त्यही थियो, मानिसहरू त्यही थिए । गन्ध, रंग सबै त्यही भए पनि आचार्यश्रीको उपस्थितिमा त्यसको अर्कै गहन अभिव्यक्ति महसुस भइरहेको थियो । हावा र प्रकृतिमा एक अज्ञात आह्लाद र नाद चलिरहेको थियो ।
त्यसको केही दिनपछि पुनः म पटनाको रेल–वे स्टेसन गए“ । ओशोलाई बिदाई गरेको त्यो स्टेसनले मलाई एक न्यास्रोपनको अनुभूति दिलाइरहेको थियो । दुई दशकको आयुमा हिँडिरहेको मलाई रोमान्टिक प्रेमको अनुभव थियो । तर, प्रेमको बिछोडले हृदयको शान्ति कतिसम्म हरण गर्छ भन्ने अनुभव मलाई बल्ल पहिलोचोटि भइरहेको थियो । सुफीहरूले परमात्मालाई प्रेमिकाको रूपमा सम्बोधन गर्छन् । साधारण पे्रेमको नियति कति गहन छ र गुरुस“गको असाधारण प्रेमको यो अनुभव अबोधगम्य र अभिव्यक्तिभन्दा धेरै पर छ । आचार्यश्रीले मेरो हृदयको प्रेमको सम्भावनाका सबै ढोका खोलिदिनुभएको थियो । सम्बन्धमा विगतमा भोगेका बिछोडका केही पलको मलाई अनुभव थियो तर आचार्यश्रीस“गको बिछोडले मलाई आफैँभित्रको गहिराईमा धकेलेको थियो । वर्षायाममा गडगडाएर हिमालयबाट मैदान छुन लम्किएको गंगाको  प्रवाहजस्तै उहा“को अनुपस्थितिले मभित्र त्यसै अवस्था सिर्जना गरेको थियो ।
म स्टेसनको एक कुनाको बेन्चमा बसी आउने–जाने यात्री, कुल्ली, रेलको डिब्बा, माग्नेहरूलाई हेरिरहेको थिए“ । मानिसको यति विशाल समूह कता गइरहेको होला भनेर आश्चर्य लागिरहेको थियो । म आफैँभित्रको तर्कनामा हराएको थिए“ । त्यत्तिकैमा मेरो नजर उसमा गएर अड्कियो । तीनको दशक उमेर भएकी ऊ पटनाको रेल–वे प्लेटफर्मको एक अनन्य पात्र भइसकेकी थिई । मैले सधैँ उसलाई च्यातिएका कपडा र जिंग्रिङ्ग केशमै देखेको थिए“ । रेल रोकिएपछि हतार–हतार डब्बाभित्र छिरेर अनुहारमा आशाका भावले केही खोजेजस्तो गरेर पुनः निराश हु“दै अर्को डिब्बामा छिरेको कैयौँचोटि देखेको थिए“ । यसरी टे«नहरू चहार्ने उसको दिनचर्या नै भइसकेको थियो । उसको कुनै यस्तो चिजको खोज थियो, जसले उसलाई हरेकपटक रेलका डब्बाबाट निराश अनुहार लिएर बाहिर आउन बाध्य बनाउ“थ्यो । रेलका सबै डब्बा चहारिसकेपछि ऊ विषादयुक्त भावमा टोलाउँथी– दुवै गालाबाट भुइँमा आ“सुका धारा बगाउँदै । उसको मुहारमा एक अनौठो सुन्दरता थियो, असीम दुःख र पराजयको एक मिश्रित अभिव्यक्तिस“गै । उपेक्षा गर्न नमिल्ने उसको त्यो अनुहारमा विषादले अविष्मरणीय छाप छोडेको थियो । ऊ कुनै राम्रै पारिवारिक पृष्ठभूमिबाट आएको हुन सक्ने उसको बानी–व्यहोराले संकेत गथ्र्यो ।
धेरैपटक देखे पनि मलाई उसको कथा थाहा थिएन । तर, त्यो क्षणमा मलाई उसको बारेमा बुझ्न कुतूहलता जागेर आयो । मैले त्यहा“ चिया बेच्ने एक पसलेलाई उसका बारेमा सोधेँ । चिया पसलेबाट सुनेको त्यो दर्दनाक कथाले आजसम्म पनि मलाई विचलित गरिरहन्छ ।
ऊ बिहारको कुनै सानो सहरबाट आएकी थिई । करिब २० वर्षको उमेरमा ऊ जुन कलेजमा पढ्थी, त्यही कलेजका एक युवकस“ग उनको प्रेम बसेछ । त्यस युवकले उसलाई बिहे गर्छु भनी फकाएछ र त्यही प्रेमीको पछि लागेर बा“की जीवन पनि आफ्नै हृदयको राजकुमारस“ग बिताउने सपना बोकेर उसले घर छाडी । पटनाको एक होटेलमा बसेर परिवारको अंकुशबाट मुक्त उनीहरूले रमाइला क्षण सँगै बिताए ।
एक दिन बिहान उसको युवा प्रेमीले ‘पैसा सकियो म पैसाको बन्दोबस्त गर्न घर जान्छु, बेलुकासम्म आउँछु, तिमी यहीँ पर्खिरहनु’ भनी त्यही रेल–वे स्टेसनमा उसलाई कुराएर ऊ रेल चढेर कतै लाग्यो । उसले प्रेमीको पर्खाइमा त्यो रात त्यहीँ कटाई । अर्को दिन पनि त्यसरी नै प्रतीक्षामा बित्यो । यसरी कैयौँ दिन बिते तर ऊ फर्केन । भोलि आउ“छु, पर्खेर बस भनी हिँडेको प्रेमी कहिल्यै फर्केन । उसको प्रतीक्षाले दश वर्ष नाघिसकेछ । उसको मानसिक स्थितिमा ठूलो आघात प¥यो र उनले मानसिक सन्तुलन गुमाई । सायद घरका मानिसले पनि उनलाई फर्काउन कुनै चासो राखेनन् । उसको त्यो दारुण मानसिक स्थितिको फाइदा उठाउनेको कमी पनि भएन । उसले यौन उत्पीडन पनि सहनुप¥यो । अझै पनि ऊ आफ्नो प्रेमीको आगमनको प्रतीक्षामा छ र उसले त्यही खोजमा त्यहा“ रोकिने सबै ट्रेनका डब्बामा प्रत्येक दिन छान मारिरहन्छे । नियतिको यत्रो वज्रपात उसका कलिला स्नायुतन्तुले सहन सकेनन्– उसले आफ्नो नाम, ठेगाना, विगत सबै बिर्सिसकी । उसले कसैस“ग केही मागेको पनि देखिँदैनथ्यो । कसैले दयाले केही खाने कुरा उनको छेउमा राखिदिए पनि त्यसलाई बेवास्तापूर्वक हेर्थी । जब टोलाएर ऊ वर्तमानमा फर्किन्थी, तब ऊ त्यो खाने कुरा यान्त्रिक तरिकाले खान्थी मानौँ कुनै पूरा हुन नसकेको वाचाका खातिर बाच्न ऊ अभिशप्त छ ।  
उसको मनले विगतलाई पूर्णरूपले विस्मृत गरिदिएको भए पनि त्यो निठुर प्रेमीले दिएको कसमलाई भने विस्मृत गर्न सकेको छैन । मन पनि त्यसमा हारेको छ । त्यो दृश्यले मेरो हृदय अति द्रवित भयो । फर्किने कसम खाएर फेरि कहिल्यै देखानपरेको त्यो प्रेमीको हृदय कति कठोर थियो होला । मानिस कतिसम्म निठुरी हुन सक्छ ! म एक पिल्लरमा अडेस लागेर उनलाई नियालिरहेको थिएँ । नजिकैको निसाना चुकेको एक सिकारीजस्तै पराजित मनस्थिति र कुण्ठाले उसलाई चारैतर्फबाट गा“जेको थियो ।   
त्यसैवेला कुनै रेल स्टेसनमा आइपुग्यो । त्यो अजंगको यन्त्र जब स्टेसनमा रोकिन्थ्यो, उसले प्लेटफर्ममा केही तातोपन छोड्थ्यो । उसका आ“खामा एक तेज उत्रिन्थ्यो । निधारमा देखिने नीला नसाहरू एक्कासि फुलेर आउ“थे । एक हातले चोलो समात्दै उत्साहपूर्वक ऊ उभिन्थी । सारा शरीर आशाले पुलकित देखिन्थ्यो ।
भाग्य पनि कति निर्दयी हुन्छ । दशौँ हजार यात्रीहरू बोकेर आउने रेलले उनको प्रेमीलाई आजसम्म ल्याइदिएनन् । ट्रेन पूरै रोकिन नभ्याउ“दै ऊ हतार–हतार नजिकैको डिब्बामा छिर्थी । यात्रीहरू उसलाई हेय दृष्टिले हेर्थे र सभ्य व्यवहार गर्दैनथे । बालबालिकाहरू ऊस“ग डराउँथे, स्त्रीहरू उसका च्यातिएका कपडाबाट उनको शरीर झा“क्थे र उसलाई तुच्छ ठानेर मुख बनाएर बडप्पन देखाउँथे । ऊ मुसाले झैँ तर्किंदै तीव्र गतिले आफ्नो खोजमा अघि बढ्थी । आफ्नो हृदयको राजकुमारलाई नभेटेपछि उ ट्रेनबाट झरेर आफैस“ग बर्बराउँथी, ‘ऊ आज फेरि आएन ।’
यो सभ्य समाजको मान्यता र बुद्धिमानहरूको धारणाबाट ऊ अस्पर्शित थिई । उसको भित्री प्रेम सावित्रीको झैँ थियो । कहानी लेख्न बा“की कुनै मजनुको झैँ उनको व्यथा र कथा थियो । यो संसारले उसमाथि दया त के देखाउँथ्यो झनै उसलाई पागल र तुच्छ भनेर दुत्काथ्र्यो । कुनै दिन उसको त्यो दुःखद कथा पढेर यो जगत्ले आ“सु बगाउनेछ ।
सायद प्रेमको नियति नै यस्तै हुन्छ ।

शनिबार, ०२ मङि्सर २०७४, ०९ : ५४
www.nagariknews.com

म जगाउन आएको हुँ



सन् १९७० को जनवरीमा चार दिनको साधनाको शिविरका लागि ओशोलाई हामीले पटनामा आमन्त्रण गर्‍यौँ । त्यसबेला म पटना विश्वविद्यालयको विद्यार्थी थिएँ । उहाँको प्रवासको तेस्रो दिन अपराह्नको कार्यक्रमपछि ओशो आफ्नो कोठामा विश्राम गरिरहनुभएको थियो । जनवरीको मध्य दिन हल्का चिसोले अधिपत्य कायम गरिसकेको थियो । सूर्यको न्यानोपनको कमी महसुस भइरहेको त्यो क्षण ओशोको उपस्थितिले हृदयमा आह्लादको सञ्चार गराइरहेको थियो । हामी बाल्कोनीमा बसिरहेको थियौँ । एक नवयुवक रिक्साबाट ढोकाको सामुन्ने उत्रिए । उनी कसैलाई खोजिरहेका थिए । उनले हाम्रो बाल्कोनीतिर शिर उठाउ“दै हामीलाई सोधे, ‘के ओशो यहीँ बस्नुहुन्छ ?’ मैले बाल्कोनीबाटै ‘हो यही बस्नुहुन्छ’ भन्ने संकेत गरेँ । ती युवकले हल्का ठूलो स्वरमा आफ्नो कुरा राखे, ‘मेरो गुरु, जो समस्तीपुर कबीर आश्रमको गुरु हुनुहुन्छ, ओशोलाई भेट्ने उहा“को ठूलो इच्छा छ । आज बिहानै ओशो आइपुगेको खबर सुनेर भेट गर्न उहा“ पटना आउनुभएको छ । त्यसैले आजै जसरी भए पनि उहा“लाई ओशोस“ग भेट्ने समय मिलाइदिनुपर्‍यो।’
त्यो बेला ओशो आफ्नो जीवनको रजस्को शिखरमा हुनुहुन्थ्यो । धेरै यात्रा गर्नुहुन्थ्यो, धेरै मानिस भेट्नुहुन्थ्यो र धेरै कार्यक्रम गर्नुहुन्थ्यो । त्यसैले ओशोको विश्रामप्रति म संवेदनशील थिए“ । मैले भनेँ, ‘ओशो अहिले आराम गर्दै हुनुहुन्छ। बेलुका सिन्हा पुस्तकालयमा प्रवचन दिने कार्यक्रम छ, कृपया आफ्ना गुरुलाई त्यही“ लिएर आउनुस् म भेटाइदिन्छु ।’ तर ती नवयुवक अहिले नै भेट्ने कुरामा जोड दिइरहेका थिए । उनी टसमस भएनन् । उनले फेरि आग्रह गरे, ‘मेरो गुरु वृद्ध हुनुहुन्छ, जन्मान्ध हुनुहुन्छ र उहा“लाई आजै बेलुका फर्काएर आफ्नो आश्रममा पुर्‍याउनुपर्छ। बडो कष्ट गरेर उहा“ ओशोको दर्शन गर्न पटनासम्म आइपुग्नुभएको छ । त्यसैले उहा“ बेलुकासम्म पर्खन सक्नुहुन्न । अहिले नै छोटो भेट मिलाइदिनुस् ।’
हाम्रो ऊँचो स्वरको वार्तालाप सुनेर ओशो जाग्नुभयो । उहा“ले भित्रबाट मलाई बोलाउनुभयो, ‘के कुरा भइरहेको छ ?’ मलाई सोध्नुभयो । मैले सबै कुरो बिन्ती गरेँ । ओशोले सबै कुरा सुनिसकेपछि भेट्ने व्यवस्था अहिले नै मिलाउने आज्ञा दिनुभयो ।  
उत्तर भारतका शोषित, पीडित जातिमा सन्त कबीरको ठूलो प्रभाव छ । त्यहा“का केही कबीर आश्रममा सीमान्त जातिका व्यक्तिलाई पनि महन्त र आचार्यका रूपमा भेट्न सकिन्छ । उनीहरूको सन्तलाई साहेबजी भनेर पुकार्ने चलन छ । ओशोलाई भेटन् आउने ती साहेबजी होँचा कदका कालो वर्णका थिए । उनका ती शिष्यले उनलाई बिस्तारै भित्रसम्म ल्याए । उनले जन्मैदेखि आ“खाको ज्योति गुमाएका रहेछन् । आचार्यश्री र साहेबजीका बीच बडो हृदयस्पर्शी वार्तालाप भयो । 
साहेबजीले भने, ‘ओशो, म त अन्धो छु । म तपाईंका किताबहरू पढ्न सक्दिनँ तर मेरा शिष्यले तपाईंका किताब पढेर सुनाउ“छन् र साथै अल इन्डिया रेडियोमा ‘आजका चिन्तन’ कार्यक्रममा प्रसारण गरिने तपाईंका प्रवचन प्रत्येक बिहान मैले सुन्ने गरेको छु । मलाई पूर्ण विश्वास छ कि फेरि कबीर साहेब यस पृथ्वीमा आउनुभयो किनभने कबीर साहेबको हैसियत नभएको व्यक्तिले यस्तो साहसी, स्पष्ट, निर्भीक र विद्रोही कुरा गर्नै सक्दैन ।’ आचार्यश्रीले मुस्काउँदै ती साहेबजीका उद्गार सुन्नुभयो । साहेबजीले भावुक हुँदै भने, ‘मैले तपाईंका वाणीहरू सुन्दा तपाईं धेरै नै सुन्दर हुनुहुन्छ भन्ने महसुस गरेको छु । त्यसैले तपाईंको यो सुन्दर काया त हेर्न सक्दिनँ तर आफ्नै हातले स्पर्श गरेर अनुभव गर्न चाहन्छु । त्यसैले यो दुर्लभ भेटको अनुपम क्षणमा मलाई यो अवसर प्रदान गरिदिनुस् । अन्धो व्यक्तिको स्पर्शशक्ति अत्यन्त सूक्ष्म र शक्तिशाली हुन्छ, म पनि धेरै कुरा स्पर्श गरेरै अनभुव गर्न सक्छु । तपाईंलाई पनि स्पर्श गरेर तपाईंको दिव्यता अनुभव गर्न चाहन्छु ।’ 
साहेबजीको यो भावनापूर्ण आग्रह सुनेर ओशो साहेबजीको नजिकै आउनुभयो र उनको हात समात्नुभयो । साहेबजीले ओशोको मुहारलाई धेरैबेरसम्म बिस्तारै स्पर्श गरे । त्यसपछि उहा“को शरीरलाई खुट्टासम्म हातले स्पर्श गरे । साहेबजी गहन संवेदना र पूर्ण एकाग्रभावले ओशोको भौतिक शरीरलाई महसुस गरिरहेका थिए । उनको त्यो स्पर्शमा एक भौतिक आयाम मात्र थिएन, दुई प्रेमीबीचको सूक्ष्म संवेदना, आत्मीयता र समादर पनि थियो । उनी आफ्नो अन्तःचेतनामा ओशोको गहन उपस्थिति महसुस गरिरहेका थिए । 
‘म जन्मदेखि अन्धो छु । त्यसैले मेरा औँला नै मेरा आँखा हुन् । तपाईं वास्तवमै अति नै सुन्दर हुनुहुन्छ । तपाईंको वाणी र विचार मात्र सुन्दर छैन, शरीर पनि त्यत्तिकै दिव्य छ,’ भन्दै साहेबजीका आ“खा रसाए । त्यहाँ उपस्थित हामी सबै द्रविभूत भयौँ । त्यहा“ एक गहन निःशब्दता छायो । साहेबजीले केही समयपछि मौनता तोड्दै भने, ‘मेरो तपाईंप्रति एउटा गुनासो छ । तपाईंका विचार यति उच्च र विशिष्ट छन् कि हामीजस्ता अनपढ गाउँलेका लागि सबै कुरा बुझ्न गाह्रो छ। त्यसकारण तपाईं हामीजस्ता अज्ञानीले पनि बुझ्ने स्तरमा उत्रिएर बोलिदिनुस्।’ 
ओशोले दिएको उत्तर म उहा“कै शब्दमा राख्न चाहन्छु, ‘नही साहबजी, मैं आपके तल पर उतरकर कभी नहीं बोलुंगा। अगर मैं लोगों के तल पर उतरकर बोल्ने लगुं तो शीघ्र ही बहुत लोकप्रिय बन जाउंगा, पर फिर उनके किसी कामका नही रह जाउंगा । मैं आप के समझ और सामथ्र्यको चुनौती देना चाहता हुं । लोगोंकी अन्तप्र्रज्ञा जगे और लोग उचाइ पर उठकर चिजों को नयी परिवेश ओर नयीं दृष्टि से देखे यही मेरा उद्देश्य है । मैं तो उचाइ से ही आपको पुकारुंगा ताकि आप उपर देखें और अपने पंख खोल मेरे साथ उड सकें । हर व्यक्ति के अन्दर उपर उडनेके पंख होते है पर जब तक उन्हे कोइ उपर से आह्वान न करे वे सोये पडे होते हैं । इसिलिए मै कभी जनमानस के सामान्य तल पर नही उत्रुगां । मै तो लोगोंको शिखरों से ही बुलाता रहुंगा । लोकप्रिय होने कला मुझे पता है । जो लोगों मिठा लगें और चुनैतीपूर्ण ना लगे एसी बातें सुनकर लोग प्रशन्न हो जाते हैं । लेकिन इससे लोगों मे कोइ रूपान्तरण नही होता है । मुझे लोकप्रिय नही बनना है । मुझे तो सोए हुए लोगोंको जगाना है । लोगोको जगाना एक कष्टप्रद कार्य है । लोगोका मुझसे नाराज होना स्वाभाविक है । मै लोगोका मनोरञ्जन नही मनोभञ्जन करना चाहता हुं । इसिलिए मैं लोगों के तलपर कभी नही उत्रुंगा । मुझे एसी बाते करनी पडेगी कि लोग नाराज हो । मुझे लोगोंका भोट नहीं चाहिए । उनका रूपान्तरण चाहिए । मै सिखाने नहीं जगाने आया हुं।’ 
जबजब ओशोलाई मानिसहरूले बुझ्दैनन् र चुनौतीपूर्ण विद्रोही उहाँका विचारको आलोचना गर्छन्, उहाँका यी आग्नेय महावाक्यले मलाई झकझक्याउँछन्। 

शनिबार, ०९ मङि्सर २०७४, ०९ : ००
www.nagariknews.com

ओशोसँग बम्बईको भेट


– स्वामी आनन्द अरुण

सन् १९७२ मा हामी कलेजका अन्तिम वर्षका विद्यार्थी भारत भ्रमणमा निस्कियौँ । ओशो त्यतिबेला जवलपुरबाट मुम्बई आइसक्नुभएको थियो । उहाँ पेडर रोडमा अवस्थित उडल्यान्ड अपार्टमेन्टको पहिलो तलाको एक नम्बर फ्ल्याटमा बस्नुहुन्थ्यो । म उहाँलाई भेट्न सहपाठी मित्र नितीश कुमारलाई लिएर गएँ । नितीश कुमार अहिले बिहार राज्यका मुख्यमन्त्री छन्।

पटना विश्वविद्यालयमा नितीश कुमारले ओशोलाई पहिलोपटक सुनेका थिए । उनी ओशोको प्रवचनबाट प्रभावित भएका थिए । म उनलाई आचार्यश्रीका पुस्तक दिन्थेँ र हामी घन्टौँ उहाँको शिक्षणबारे कुरा गथ्र्यौं । तर उनको झुकाव त्यतिबेलाका भारतका प्रभावशाली समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहिया र जर्ज फर्नान्डिसतिर थियो । नितीश कुमार भन्ने गर्थे, ‘मुम्बईमा भेट्न लायकका दुई व्यक्ति मात्र छन्– ओशो र जर्ज फर्नान्डिस।’ 


फिल्म जगत्का हस्तीहरू ओशोलाई भेट्न आउँथे । भेट्न आउँदा उनीहरूको व्यवहार र उपस्थितिमा अस्मिता, गम्भीरता र अहंकारको एक मिश्रित भाव भरिएको हुन्थ्यो भने केही मिनेट ओशोलाई भेटेर फर्किएपछि त्यो सबै भाव कतै विलीन भई एक आद्र्रता र कोमलताले परिपूर्ण भई आँसुले भरिएका आँखाहरू पुस्दै उनीहरू बाहिर निस्कन्थे ।

हामी ओशोलाई भेट्न उडल्यान्ड अपार्टमेन्ट गयौँ । उडल्यान्डमा सरिसकेपछि ओशोलाई निजीसचिव माँ योगलक्ष्मीमार्फत भेट्नुपर्ने नयाँ व्यवस्था बनेको रहेछ । उडल्यान्डमा सर्नु अघिसम्म ओशोलाई भेट्न सजिलो थियो । ओशोले १९७०, सेप्टेम्बरदेखि नवसन्न्यासमा दीक्षा दिन सुरु गरिसक्नुभएको थियो । १९७१, मेबाट उहाँको नाम भगवान् श्री रजनीश भइसकेको थियो । त्यहाँ गैरिक वस्त्र लगाएका र मालामा सजिएका नवसन्न्यासमा दीक्षित सन्न्यासीहरू भेटिन्थे । मैले माँ योगलक्ष्मीलाई ओशोलाई भेट्ने समय मिलाइदिन आग्रह गरेँ । तर उनले ‘अब ओशोले निजी भेट कसैलाई दिनुहुन्न । केही दिनपछि क्रसमैदानमा भगवत् गीतामाथि उहा“को प्रवचन छ, त्यहीँ दर्शन गर्नू’ भनी जवाफ दिइन् । ओशोलाई जानासाथ सोझै भेट्न नसकेकामा म दुःखी र निराश भए“ । ओशोको उपस्थितिका कारण त्यो पूरै क्षेत्रमा ऊर्जा तरंगको अनुभूति भइरहेको थियो । त्यतिबेला म बुद्धफिल्ड शब्दस“ग परिचित थिइनँ, तर कुनै ऊर्जाले मलाई आह्लादित गरिरहेको थियो । मलाई र नितीश कुमारलाई एक अदृश्य ऊर्जाको अनुभव भइरहेको थियो । माँ लक्ष्मीले हामीलाई चिया दिइन् । त्यो लेमनग्रास मिसिएको मीठो चियाको स्वाद आजसम्म याद छ । मैले भनेँ, ‘हामी विद्यार्थी हौँ, धेरै लामो मुम्बई बस्ने खर्च हामीसँग छैन । मैले ओशोका कार्यक्रम पनि आयोजना गरिसकेको छु, त्यसैले मेरोबारे ओशोलाई बताइदिनुस्, उहाँले मलाई भेट्न बोलाउनुहुन्छ ।’

यो मेरो आग्रहबाट लक्ष्मी प्रभावित भइनन् । ‘यहाँ जो पनि आउँछ, त्यस्तै कुरा मलाई सुनाउँछन् । के ओशोले दिनभरि आउने सबैलाई भेट्न सक्नुहुन्छ ? उहा“लाई के एक्लै बस्ने वातावरण चाहिन्न । दिनरात नभनी मानिस नै भेटेर बसेको तिमी चाहन्छौँ ?’ भन्दै उनले मलाई नै प्रतिप्रश्न गरिन्। 
मैले भनेँ, ‘म ओशोसँग जोडिएको केही समय भयो, मेरा केही गम्भीर समस्या छन्, मैले उहा“लाई भेटेर केही सल्लाह लिनुछ ।’ यी कुरा सुनेर बदलामा उनले मलाई स्वामी योग चिन्मयलाई भेट्ने र प्रत्येक बिहान समुद्रको चौपाटी किनारामा हुने सक्रिय ध्यानमा भाग लिने सल्लाह दिइन्।’
मलाई यो दुवै कुरामा कुनै चाख थिएन । स्वामी चिन्मयलाई बोलाएर उनले मलाई भेटाइदिइन् । स्वामी चिन्मय आए र अगाडि गम्भीर अनुहार बनाएर बसे । उनी आफ्नो लामो दाह्री सलबलाउँदै गुरुजस्तै व्यवहार गर्दै नितीश र ममा प्रभाव छाड्न खोजिरहेका थिए । हामी त्यहा“ प्रवचन सुन्ने मनस्थितिमा थिएनौँ । म बारम्बार ओशोलाई भेटाइदिने आग्रह गरिरहेको थिए“ । मेरो प्रबल जोडपछि लक्ष्मीले मलाई एउटा कागज दिइन् र त्यसमा आफ्नो नाम लेख्न भनिन् । त्यो कागज लिएर उनी भगवान्को कोठामा पसिन् । केही क्षणपछि भित्रबाट फर्कंदा उनको अनुहार परिवर्तित भइसकेको थियो । र, हामीलाई नरम शब्दमा भनिन्, ‘ओशोले भन्नुभएको छ, ओशोलाई एक्लै भेट्ने हो भने भोलि बिहान आउनू र साथीस“ग भेट्ने हो भने बेलुका आउनू ।’ 
मलाई यसले ठूलो धक्का लाग्यो । विगतका दिनहरूमा मैले ओशोलाई कुनै समय नलिई सोझै बेडरुममा गएर भेट्थेँ । मलाई लागेको थियो कि मेरो नोट पाउनेबित्तिकै भगवान्ले मलाई तुरुन्त बोलाउनुहुनेछ । नितीश यो सबै झन्झट देखेर अर्कोचोटि आउन मानेनन् । उनी जर्ज फर्नान्डिसलाई भेट्न गए । म एक्लै जान नसकेर ओशोप्रति चाख नभएका एक मित्रलाई लिएर अर्को दिन बेलुका त्यहाँ पुगेँ । हामीलाई भित्र ओशोको शयन कक्षमा बोलाइयो । मैले ओशोलाई नभेटेको दुई वर्ष भइसकेको थियो । कोठामा किताबबाहेक एक कुर्सी थियो । कोठामा एक विशेष सुगन्ध महसुस हुन्थ्यो । पढिरहेको किताबलाई नजिकैको टेबलमा राखेर हामीस“ग प्रेम र मृदुभावले ओशोले कुरा गर्नुभयो । उहा“ आराम कुर्सीमा बसिरहनुभएको थियो । हामी भुइँमा बस्यौँ । वास्तवमा मेरो संगत ठीक थिएन । विगतमा सागसब्जी र फलफूल मात्र खाएर बसेको मैले विगत केही समयदेखि मदिरापान र मांसाहार गर्न थालेको थिएँ । मेरो मन एक अतिबाट अर्को अतिमा पुगेको थियो । मैले साधना छाडिसकेको थिए“ र त्यसको अपराधबोध मभित्र गहिरिएर बसेको थियो। 
म ओशोको पाउ समातेर रुँदै आफ्नो व्यथा पोख्न थालेँ, ‘भगवान्, म बिग्रिसकेको छु । मेरो जीवन बर्बाद भइरहेको छ । म अति कमजोर भइसकेको छु । म गिर्नुसम्म गिरेको छु।’
ओशोले मेरो शिरलाई थपथपाउँदै भन्नुभयो, ‘केही छैन । एउटा १० दिनको शिविर आऊ । त्यही शिविरको साधनाले तिमीमा रूपान्तरण हुन्छ । र, सबै कुरा आफैँ ठीक हँुदै जानेछ ।’
मेरो निराशा यति गहिरो थियो कि यसबाट मलाई सान्त्वना मिलेन । यसबाट पनि मलाई कुनै उत्साहको सञ्चार भएन । माउन्ट आबुमा भएको शिविरमा ओशोले बोलाउँदा पनि म पुग्न नसकेको ग्लानिले मलाई गहन रूपले सताएको थियो । त्यसमाथि पनि ओशोले काठमाडौं आउन दिएको तिथिमा उहाँलाई काठमाडौंसम्मको यात्राको व्यवस्थापन मिलाउन नसकेको अपराध बोधले खुबै सताएको थियो । जुन पश्चातापले आजसम्म मलाई पछ्याइरहेको छ । म आफूभित्रको नैराश्यताबाट मुक्त हुन चाहन्थेँ। 
ओशोले प्रेमले भन्नुभयो, ‘म तिमीलाई जति तल झर्नु छ झर्ने अनुमति दिन्छु । तिम्रो हात मैले थामेको छु । तिम्रा औँलाहरू पक्रेर म एकैचोटि तिमीलाई सबै सन्तापबाट बाहिर खिच्नेछु ।’
नेपालमा धेरै काम बा“की रहेको ओशोले याद दिलाउनुभयो । मैले रुँदै भनेँ, ‘मलाई पढ्न मन छैन, म तपाईंस“गै मुम्बईमै बस्न चाहन्छु । स्वामी चिन्मय र स्वामी मैत्रेयले झैँ म पनि हजुरका प्रवचन ट्रान्स्क्राइब गरेर प्रकाशनकै काम गरेर यहीँ बस्छु ।’ 
सन् १९६९ मा ओशोले ‘तिम्रो मन काव्यमय छ, गणितजस्तो शुष्क विषय पढेर इन्जिनियर बन्ने मन नभए छाडेर आउनू’ भनेर परोक्ष इसारा गर्नुभएको थियो । उहा“ले सोझै भनिदिएको भए म छाडेर उहा“को पछि लाग्थेँ । तर, त्यो परोक्ष इसारालाई बुझेर हामफाल्ने दुस्साहस मैले जुटाउन सकिनँ । धेरै दुःख भोगेर, धेरै समय बर्बाद भएपछि मैले पनि बुझेँ । ओशोले मलाई सम्झाउँदै भन्नुभयो, ‘हेर, इन्जिनियरिङको यो अन्तिम वर्ष हो । केही महिनाको कुरा हो, पहिले पढाइ सक्नू । भविष्यमा मेरा धेरै आश्रम बन्छन् । त्यो दिन मलाई तिम्रो इन्जिनियरिङ जरुरत हुनेछ।’
मसँगै गएका मेरा मित्रलाई यो कुरा सुनेर अनौठो लागिरहेको थियो । भित्र भय पालेरै भए पनि मेरो सन्न्यासको बारेमा मैले सोधेँ । त्यसबेला सन्न्यास लिइसकेपछि गेरुवा रंगको लुंगी र कुर्ता मात्रै लगाउनुपथ्र्यो । आफ्नो काममा होस् या विश्वविद्यालयमा, सबैतिर लुंगी र कुर्ता मात्रै लगाउनुपर्ने र माला बाहिर देखाएर हिँड्नुपर्ने सन्न्यासको कडा नियम थियो । वास्तवमा यो चुनौतीपूर्ण नियमको पालना गर्न सक्ने हिम्मत त्यो बेला ममा थिएन । गेरुवा रंगको लुंगी र कुर्ता लगाएर कसरी कलेज कक्षामा जाने ? तैपनि हृदयलाई कमाउँदै भए पनि मैले दीक्षाका लागि आग्रह गरेँ । ओशोले मलाई झाँकेर मभित्रको अन्तद्र्वन्दलाई राम्ररी देख्नसक्नुभएको थियो । उहा“ले भन्नुभयो, ‘सन्न्यास लिइसकेपछि तिमीलाई आफ्नो पढाइ सकाउन गाह्रो हुन्छ । त्यसैले पहिला पढाइ सिध्याऊ, काठमाडौंमा आफ्नो जग्गामा अभिभावक र ध्यान केन्द्रका लागि एउटा सानो भए पनि घर बनाऊ।’ 
त्यसबेला ओशोले मलाई घर बनाउने कुरामा त्यति जोड दिएको बुझेको थिइनँ । पछि त्यही घर नेपाल र विश्वमा ओशोको देशना फैलाउने केन्द्रको रूपमा परिणत होला भनेर कल्पना पनि गरेको थिइनँ । त्यसको दुई वर्षपछि जब मैले दीक्षा लिए“, ओशोले भनेको कुरा मैले बुझेँ– मैले दीक्षा लिएको भए, म आफ्नो पढाइ पनि सक्ने स्थितिमा नहुने रहेछु । दीक्षा लिएपछि कैयौँ महिनासम्म म यो बाहिरी जगत्स“ग टुटेको थिए“ । मेरो चेतना परम अन्तर्मुखी भएको थियो । आनन्द अतिरेकका कारण म केही गर्न नसक्ने अवस्था पुगेको थिएँ । 
ओशोसँग भएको भेटपछि उहाँको कोठाबाट हामी बाहिर आयौँ । म तुरुन्तै बाहिर निस्कने अवस्थामा थिइनँ । त्यसैले केही विश्रामका लागि म त्यहीँ बाहिरकोे स्वागत कक्षमा थुचुक्क बसेँ । ओशोको उपस्थितिमा रूपान्तरणको बीजले आफूभित्र कार्य गरिरहेको अनुभूति भइरहेको थियो । यहा“ मैले भारतका प्रसिद्ध कवि, कलाकार र बलिउडका धेरै प्रख्यात व्यक्तित्वहरूलाई ओशोलाई भेट्ने प्रतीक्षामा बसेको देखेँ । विजय आनन्द, हरिवंश राय बच्चन, महिपाल, हेमा मालिनी, मनोज कुमार, कल्याणजी, आनन्दजी, महेश भट्ट, प्रवीन बाबीजस्ता फिल्म जगत्का हस्तीहरू ओशोलाई भेट्न आउ“थे । भेट्न आउँदा उनीहरूको व्यवहार र उपस्थितिमा अस्मिता, गम्भीरता र अहंकारको एक मिश्रित भाव भरिएको हुन्थ्यो भने केही मिनेट ओशोलाई भेटेर फर्किएपछि त्यो सबै भाव कतै विलीन भई एक आद्र्रता र कोमलताले परिपूर्ण भई आ“सुले भरिएका आ“खाहरू पुस्दै उनीहरू बाहिर निस्कन्थे । बाहिर आएर एक गिलास पानी माग्थे अनि प्रेमपूर्ण अंकमाल गर्थे । ओशोको त्यो जादु नै थियो– सानो भेटमा पनि उनीहरूले ओढेको अहंकारलाई गलाउने । तर, त्यहा“ प्राप्त भएको त्यो रूपान्तरणकारी अनुभूति धेरै दिनसम्म टिक्दैनथ्यो । मानिसहरू दैनन्दिन जीवनमा फर्किपछि बिस्तारै पुरानै स्थितिमा फर्किन्थे। 
ओशोस“गको यो भेट मेरो जीवनलाई एक नया“ दिशा दिन रूपान्तरणकारी मोड साबित भयो । मभित्र स्वतः परिवर्तन घटित हुन थाले । खराब संगत र खानपानको तामसी आदत पनि बिस्तारै हटेर गयो । केही समयपछि मन हल्का भयो र शरीरमा नया“ ताजगीको अनुभव भयो । कलेजको मैदानमा मध्यरातमा सुरु गरेको सक्रिय ध्यानको अभ्यास जारी राखेँ ।

शनिबार, १६ मङि्सर २०७४, ०८ : ३६
www.nagariknews.com

स्वतन्त्रता र रूपान्तरणको भय


– स्वामी आनन्द अरुण

मार्च १९६९ मा प्रसिद्ध तीर्थस्थल द्वारिकामा ओशोस“ग मैले पहिलो व्यक्तिगत दर्शन पाएँ । त्यो भेट मेरा लागि एक नया“ जीवनको प्रारम्भ थियो । सोही भेटमा मैले उहाँलाई नेपाल आउने आमन्त्रण दिएँ। उहाँले त्यो आमन्त्रण स्वीकार गरी मार्च १९ देखि २२, १९७० को मिति दिनुभयो । त्यसको व्यवस्थापनका लागि त्यस बेलाका ओशोका सचिव अरविन्दले जवलपुरबाट मलाई पछि पत्र लेखे । सो पत्र अहिले पनि मस“ग सुरक्षित छ । पत्रमा ओशोका लागि मलाई जवलपुरबाट बनारस आउने–जाने रेलको प्रथम श्रेणीको टिकट र बनारसबाट काठमाडौंसम्म आउने–जाने प्लेनको टिकटको व्यवस्था गर्न भनिएको थियो । त्यसबेला ओशोले विश्वविद्यालयको लेक्चररको जागिर पनि छाडिसक्नुभएको थियो र उहा“ले शिष्य बनाउन सुरु गर्नुभएको थिएन । उहाँसँग आयको कुनै स्रोत थिएन । उहा“ जवलपुरमा भाडाको दुई कोठामा निवास गर्नु हुन्थ्यो । त्यसबेला उहाँका दुई–तीन पुस्तक मात्र प्रकाशित थिए । त्यसबाट आउने सानो रोयल्टी नै उहा“को गुजाराको एक मात्र साधन थियो। 
ओशोले २१ मार्च १९५३ मा बुद्धत्व प्राप्त गर्नुभएको थियो । सो कुरा उहाँले १९७० सम्म गोप्य राख्नुभयो र कसैलाई बताउनुभएको थिएन । सेप्टेम्बर १९७० मा दीक्षा दिन प्रारम्भ गर्नु अघि उहाँले विभिन्न व्यक्तिहरूको आमन्त्रणमा भारतका धेरै स्थानहरूको भ्रमण गर्नुभयो । उहाँका प्रवचन तर्कयुक्त साथै काव्यात्मक हुन्थे । मधुर वाणी, गहन विषयवस्तुको सहज र रोचक व्याख्या, नितान्त मौलिकशैलीबाट हजारौँ व्यक्ति मन्त्रमुग्ध हुन्थे । ओशो एक क्रान्तिकारी वत्ताका रूपमा स्थापित भइरहनुभएको थियो। 
आफ्नो बुद्धत्वबारे किन यति धेरै वर्ष मौन बस्नुभयो भनेर सोध्दा उहा“ले बताउनुभयो, ‘मैले विगतमा भएका बुद्धहरूबाट सिकेको छु । जिससले आफूलाई परमात्माको पुत्र घोषणा गर्न त्यति नहतारिएको भए उनलाई ३३ वर्षको कलिलै उमेरमै सुलीमा चढाइने थिएन र मानवताको अझ धेरै कल्याण हुन सक्थ्यो । अरेबियामा अलहिल्लाज मन्सुरले परम बोधिको स्थितिमा ‘अनल हक (म ब्रह्म हु“)’ भनेकामा उनको हत्या भयो । दिल्लीमा सुफी सन्त सरमदको यही कारणले हत्या गरियो । त्यसकारण १७ वर्षसम्म यो महान् घटना मैले गोप्य राखेँ । मैले आफ्नो वरिवरि समर्पित शिष्यको एउटा समूह खडा गरिसकेपछि मात्र आफ्नो सम्बोधि र बुद्धत्वको कुरा बताए“ । नत्र मलाई पनि यो समाजले पचाउने थिएन, धेरै पहिल्यै नैहत्या गर्ने थियो । मैले विनाकुनै सुरक्षा एक्लै २० वर्ष यो देशभरि यात्रा गरे“ । म आफ्नोबारे मौन थिए“ । जब मेरोवरिपरि एक आत्मीय समूह बन्यो, जो मेरो कुरा हृदयले बुझ्न सक्थ्यो, तब मात्र मैले यो रहस्य खोले।’
आफ्नो सम्बोधिको महत्त्वपूर्ण दिन ओशो नेपाल आउन चाहनुहुन्थ्यो। यही कारण मलाई नेपाल भ्रमणको मिति आफ्नो सम्बोधिको दिन पारेर दिनुभएको रहेछ। 
मैले ओशोको आगमनको तयारी गर्न थालेँ । टिकट त्यति धेरै महँगो थिएन । सबै यात्रा खर्च जोड्दा लगभग आठ हजार पर्न आउँथ्यो । त्यो बेला म इन्जिनियरिङको विद्यार्थी थिए । सो रकम जोहो गर्नु मेरा लागि त्यति सरल थिएन । मैले मातापितालाई आर्थिक रूपले सहयोग गर्न याचना गरें । तर, मेरो अध्यात्मप्रतिको अगाध लगाव र विशेषतः ओशोस“गको सम्बन्धबाट उहा“हरू भयभीत हुनुहुन्थ्यो । म यही क्रमले यो दिशामा अघि बढेँ भने मैले बीचैमा पढाइ छाडी जोगी बन्छु भन्ने डर उहा“हरूमा थियो । त्यसैले मैले ओशोलाई काठमाडौं बोलाउन चाहिने आर्थिक सहयोग अभिभावकबाट नपाउने स्पष्ट संकेत पाएँ ।
मैले यसको जोहो गर्न सकिनँ र अन्ततः मात्र आर्थिक कारण ओशो काठमाडौं आउन सक्नुभएन । त्यो असफलता मेरो जीवनको एक ठूलो दुःखद घटनाका रूपमा मभित्र अझै पनि पीडादायी खिलका रूपमा बसेको छ । यद्यपि पछि मैले आफ्नो स्थिति ओशोलाई बताए“ । ओशोले कुनै चिन्ता नलिनु भनेर आश्वस्त पार्नुभयो र पछि नेपाल आउँछु भनेर वाचा पनि गर्नुभयो र सोही वाचाअनुसार सन् १९८६ जनवरीमा ४५ दिनका लागि नेपाल आउनु पनि भयो । तर १९७० मा उहा“लाई नेपाल ल्याउन नसकेको पीडा र अपराधबोधबाट म आज पनि मुक्त हुन सकेको छैन। 
पछि जुन व्यक्तिको नाममा ठुल्ठूला आश्रम बने र अमेरिकामा आफ्नो नाममा सहरै बस्यो र रोल्सरोयसको ताँती लाग्यो र उहा“कै कृपाले आज म विश्वभरि बिजनेस क्लासमा भ्रमण गर्छु, महँगादेखि महँगा रिसोर्टमा शिविरको आयोजन र सञ्चालन गर्छु, त्यही व्यक्तिलाई मात्र आठ हजारको जोहो गर्न नसकेर नेपाल ल्याउन नसकेको पीडाबाट म कहिल्यै आफूलाई मुक्त गर्न सक्दिनँ। 
बाहिरबाट त्यो यात्रा आर्थिक कारण हुन नसकेको देखिए पनि अहिले म के बुझ्दै छु भने वास्तवमा त्यति बेला ममा श्रद्धा र समर्पणको कमी थियो, कहीँ अचेतनमा अज्ञातको भय थियो । ओशोका सयकडौँ आश्रम, कम्युन र केन्द्रहरूको स्थापना, सयौँ शीर्षकका ओशोका पुस्तक छपाएर, विगत ४५ वर्षदेखि ध्यान शिविर, समिनारहरूको आयोजना र सञ्चालन गरेपछि ममा एक अन्तर्बोध उदाएको छ– अस्तित्वलाई पूर्ण सर्मपण गरी हामी कुनै काममा पूर्णताका साथ लाग्यौँ भने त्यो कार्य सिद्धिमा पैसा पनि आउ“छ, सहयोगीहरू पनि आउ“छन् । सबै सुविधा बिस्तारै जुट्छन् । जबसम्म हाम्रो संकल्प र समर्पण पूर्ण हु“दैन, तबसम्म बाधैबाधा आउँछ । आज म यो स्पष्ट देख्न सक्छु र भन्न सक्छु । बाहिर कुनै बाधा र अवरोध हु“दैन, सारा बाधा र अवरोध हाम्रै मनको अचेतनबाट आउँछ। 
ममा पूर्ण समर्पण भएको भए अस्तित्वले अनेक प्रकारले सहयोग गर्ने थियो। म आफ्ना मित्रहरूबाट ऋण काढ्न सक्थे । आफ्ना अभिभावकले पैसा राख्ने ठाउ“ मलाई थाहा थियो । म केही हजार रुपैयाँ त्यहा“बाट सुटुक्क निकाल्न पनि सक्थेँ । ओशो नेपाल आउने भएको भए हाम्रै घरमा बस्नुहुन्थ्यो । त्यो म र मेरो परिवारका लागि मात्रै पनि होइन, सारा देशका लागि पनि एक महान् सौभाग्य र आशीर्वाद सिद्ध हुन्थ्यो । ओशोको व्यक्तित्वमा एक अदम्य आकर्षण थियो र अनेक काठमाडौंवासी उहा“को प्रेममा पर्ने थिए । त्यो भ्रमणका अनन्त सम्भावना थिए। 
ओशो बारम्बार भन्नुहुन्थ्यो, ‘पुण्य कार्य कहिल्यै पैसाको कमीले अड्किँदैन । मेरो कार्यमा पैसा कहिल्यै बाधक बन्ने छैन, तिम्रो मन नै बाधक बन्छ ।’ पछि पुनामा ओशोकी सचिवमा योगलक्ष्मी थिइन् । त्यसैले उहा“ले ठट्टा गर्दै भन्नुहुन्थ्यो, ‘पैसाका कारण मेरो कुनै काम अड्किँदैन, किनभने मेरो सचिवको नाम नै लक्ष्मी हो, जो धनकी देवी पनि हुन् ।’
त्यसबेला मेरो पुण्य र साहसको कमीले मेरो इच्छा शक्ति सबल हुन सकेन । बुद्धीको द्वन्द्वका कारण समग्र समर्पण घटेन । मैले र नेपालले के गुमाइरहेको छ भन्ने त्यो बेला मलाई बोधै भएन । जसकारण त्यस्तो पवित्र संजोगबाट नेपाल वञ्चित हुन गयो। 
हामी धेरै गुरुहरूकहाँ जान्छौँ । साधनाको कुरा पनि गर्छौं । हामी धार्मिक बन्ने कोसिस गर्छौं तर हाम्रो अहंकारले गुरु र साधनाबाट सधैँ एक सुरक्षित दूरी राख्न खोज्छ । कृष्णमूर्ति र ओशोजस्ता गुरुहरूले बारम्बार भनेका छन् कि हामी रूपान्तरण र मुक्तिको बारम्बार कुरा गर्छौं तर त्यसबाट त्यत्तिकै डराउँछौँ पनि । वास्तविक रूपान्तरणको स्थिति आयो भने हामी कुनै न कुनै बहाना बनाएर भाग्छौँ । आज आफ्नो वरिपरिका नाम चलेका बुद्धिजीवीहरूमा म यो रूपान्तरण र स्वतन्त्रताको भय र साधनालाई पछिका लागि सार्ने मनको प्रपञ्चलाई स्पष्ट देखिरहेको छु। 
भ्रमणको दौरानमा एकपटक इलाहवादको ट्रेन स्टेसनमा ओशोकी त्यस बखतकी सचिवमा आनन्द मधुस“ग ओशो कुरा गरिरहनुभएको थियो । त्यहीबेला एउटा मगन्ते जोगी ओशोको नजिक आयो र केही माग्न थाल्यो । ओशो माँ मधुस“ग एक ध्याउन्नमा कुरा गरिरहनुभएको थियो । ओशोको यो विशेषता थियो कि एक व्यक्तिस“ग कुरा गर्दा अगाडिको व्यक्तिमै पूर्ण केन्द्रित भएर कुरा गर्नुहुन्थ्यो । लाग्थ्यो कि अरु कोही त्यहा“ छैन । त्यो मगन्ते जोगीले पनि आफूलाई बेवास्ता गरेको ठानेछ र अझ जोडले याचना गर्न थालेछ, ‘बाबा केही देऊ ।’ ओशोले बीचैमा वार्तालाप रोकेर त्यो जोगीतिर घुमेर एक टकले रहस्यमय ढंगले हेर्नुभयो र प्रेमपूर्वक सोध्नुभयो, ‘भन, तिमीलाई के चाहियो ?’
ओशोको एक टकको हेराई र आवाजको त्वरा सुनेर त्यो जोगी डराएर काम्दैपछि हट्न थाल्यो ।
ओशोले फेरि सोध्नुभयो, ‘अघि आउ, भन तिमीलाई के चाहिएको छ ?’
ओशोको त्यो दृष्टि र वाणीबाट उसमा अज्ञातको भय जाग्यो र ऊ पछि हट्न थाल्यो । ओशोले उसलाई पुनः बोलाउनुभयो र भन्नुभयो, ‘मसँग स्पष्ट भन न तिमीलाई के चाहिएको छ ?’ ऊ पछि हट्दै ‘मलाई केही चाहिएको छैन, मलाई केही चाहिएको छैन’ भन्दै त्यहा“बाट भाग्यो। 
वातावरणमा एक गम्भीरता छायो । ओशो आ“खा बन्द गरेर एकछिन ध्यानस्थ हुनुभयो । ट्रेनमा चढिसकेपछि मात्र ओशो बोल्नुभयो । उहा“ले भन्नुभयो, ‘त्यो जोगी पूर्वजन्मको एक उच्चकोटिको साधक थियो । ममा ऊप्रति असीम करुणाको उदाएको थियो । अस्तित्वले मद्वारा उसको ठूलो कल्याण गर्न सक्थ्यो । पूर्वको पुण्यको प्रभावले ऊ मेरो नजिकसम्म आइपुगेको पनि थियो । तर, रूपान्तरण र स्वतन्त्रताको भयले यसलाई भयभीत गर्‍यो र अन्त्यमा डराएर भाग्यो ।’ ओशोले भन्नुभयो, ‘यस्तो घटना मेरो वरिपरि अनेकचोटि घटिरहन्छ । म केही दिन चाहन्छु तर मानिसहरू लिनबाट पनि डराउँछन् । मानिस दिनबाट डराउँछ, लोभ गर्छ । त्यो त बुझ्न सकिन्छ । तर, मानिस सच्चा धन लिनबाट पनि डराउ“छ । जबजब कुनै सम्भावित व्यक्तिलाई भेट्छु र उसको आ“खामा हेरेर केही दिन चाहन्छु ऊ भयभीत हुन्छ, अनि मबाट भाग्छ ।’
ओशोको असीम कृपाका बाबजुद पनि रूपान्तरणका गहन सम्भावना भएको स्थितिबाट यसरी नै म पनि तीनचोटि चुकेको छु । आफ्नै बेहोसी र मनको फन्दामा परेर मैले रूपान्तरणका ती महŒवपूर्ण क्षण गुमाएको छु । म ती अवसरमा नडराएको भए र अदृश्यमा साहसिक छलाङ लगाएको भए आत्म रूपान्तरण र बोधको एक गहन स्थिति धेरै अघि नै प्राप्त भइसकेको हुन्थ्यो । आज पनि आफू वरिपरि अनेक साधक र बुद्धिजीवीमा रूपान्तरण र स्वतन्त्रताको भय स्पष्ट देख्छु । गुरुको निकटता र साधनामा लाग्ने उनीहरूको पूर्वको संस्कार पनि हुन्छ । तर, मुक्ति र स्वतन्त्रताबाट उनीहरू लुकेको अहंकार डराउँछ र रूपान्तरणको प्रक्रियाबाट एक सुरक्षित दूरी राखेर अहंकारले आफ्नो सुरक्षा गरिरहेको हुन्छ । ओशोले बारम्बार भन्नुहुन्छ– जीवनको दुःख र विषादमा मनुष्यको गहिरो लगानी हुन्छ । तिमी दुःख मुक्तिको कुरा पनि गर्छौं तर वास्तवमा तिम्रो अचेतन मन दुःखको बन्धनबाट मुक्त हुन चाहँदैन । जुन दिन तिमी वास्तवमै मुक्ति चाहन्छौ र तिम्रो स्वतन्त्रताको अभीप्सा पूर्ण हुन्छ, त्यही क्षणदेखि तिमीमा रूपान्तरण घट्न थाल्छ। 
शनिबार, ०८ पुष २०७४, १० : ३९
www.nagariknews.com

ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...