पहिलो सन्दर्भ :-
अहिले नेपालका गाउँशहर पर्यटन बर्ष २०११ को नारामा ब्यस्त छ । सरकारी, गैर सरकारीरी, अर्ध सरकारी निकायहरु साथै पुरुष नारी व्यापारी , कर्मचारी सबै यहि मन्त्रोच्चारमा मस्त छन । छिमेकी चिनले तीन करोड पर्यटक भित्र्याइरहेको तथा भारतले समेत पचासौँ लाख पर्यटकको आसपास आफुलाइ पुर्याइसक्न थालेको छ ।
लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ लगायतका आध्यात्मिक ईतिहास बोकेका स्थानहरु साथै माछापुछ्रे, अन्नपुर्ण , सगरमाथा जस्ता सुन्दर हिमाल अनि बिश्वप्रसिद्ध रारा, फेवा, बेगनाश , से-फोक्सुन्डो , तिलिचो आदि तालतलैया काली , महाकाली , कर्णाली , नारायणी , सेती इत्यादी मनमोहक नदिहरुको देश भएर पनि नेपालले अझै पनि ५/६ लाख मात्र पर्यटक हेरेर मख्ख छ । काठमाडौँको ठमेल र पोखराको लेकसाइडको रंगिन जीवन देखाएर केही हजार पर्यटक तान्न त सकिएला तर सन २०११ मा करिब १० लाख पर्यटक तान्ने महत्वकांक्षी लक्ष्य चाहिँ अहिलेकै कार्यशैली , पर्यटकहरुलाइ दिइने सुबिधा , भौतिक पुर्बाधार , संरचना साथै देशको राजनितिक समस्याले र सबैभन्दा महत्वपुर्ण कुरा ; नेपालले विश्वलाइ किन नेपाल आउने त भन्ने सम्बन्धमा सहि तस्विर देखाउन नसक्नुले पनि लक्ष्री पूरा नहुने हो कि भन्ने आशंका छ । ठाउँ ठाउँ ठाउँमा राष्ट्रीय मेला र औद्योगिक प्रदर्शनी गरिएकै छ तर तिनिहरु रोटे पिङ्ग खेल्ने र शनिबारको छुट्टि मनाउने नेपाली दर्शक बाहेक बिदेशी पर्यटकलाइ नेपाल भित्र्याउने माध्यम बन्न सक्ने अवस्थामा छैनन ।
अहिलेको तनावपुर्ण विश्व परिस्थितिमा संसारभरी अझै पश्चिमा मुलुकमा यस्ता ब्यक्तिहरुको ठूलो जमात छ जो तनाबबाट मुक्त हुन चाहन्छ तर खासै आध्यात्मिक समाज ब्यवस्था नभएकोले मानसिक शान्ती खोज्दै भारत , चीन , थाइल्याण्ड र बर्मा जस्ता पुर्विय देशहरु तिर भौतारीरहेका भेटिन्छन । जुन देशमा बुद्ध जन्मनु भयो त्यस देशमा संसारभरबाट बुद्धका अनुयायिहरुलाइ तान्न सकिएको छैन यद्यपि उनिहरु थाइल्याण्डका बौद्ध गुम्बाहरुमा घुमिरहेका हुन्छन । त्यस्तै, हिन्दुहरुका आराध्य महादेबको देश भएर पनि पशुपतिनाथमा संसारभरका हिन्दुहरुलाइ बोलाउन सकिएको छैन भने हिन्दुस्थानका केदारनाथ , बद्रीनाथ , गंगोत्री जत्तिकै पबित्र मानिए पनि आध्यात्मका मुमुक्षुहरुलाइ मुक्तिनाथमा तान्न सकिएको छैन ।
दोश्रो सन्दर्भ :-
यहाँ मैले स्वामि आनन्द अरुणज्युले हामि हामी ओशो शिष्यहरुलाइ भन्नुभएको मर्मस्पर्शी घटना स्वामी आनन्द अरुणज्युकै शब्दमा पाठकबृन्दहरुलाइ सुनाउन सान्दर्भिक ठान्दछु ।
सन १९८५ को नोभेम्बर महिनामा भगवान ओशो अमेरिकाबाट भारत फर्कनु भयो र दिल्ली एयरपोर्टबाट सिधै भारतको हिमालि क्षेत्र मनाली लाग्नुभयो । आफ्नो प्रवचनमा ओशोले " हिमालय क्षेत्र संसारको अत्युत्तम स्थान हो , जिउन को लागि र शरीर छोड्नको लागि समेत यो भन्दा राम्रो स्थान पृथ्विमा कहिँ छैन " भन्नुभए बाट हिमालय प्रतिको वहाँको अतिशय प्रेम स्पष्ट हुन्छ । ओशो मनालिमा बस्न जानू भएपछी केही निकटतम शिष्यहरुको समूह सदगुरुसंगै मनाली जाने भए । गुरुकृपाले म पनि मनाली जाने अनुमती पाउने शौभग्यशालिमा परेको थिएँ । मनालिमा बस्दा भगवान हरेक दिन स्पेन रिसोर्टको आफ्नो निवासबाट ब्यास नदिको छेउ किनारमा घुम्न निस्कनुहुन्थ्यो । त्यो समयमा केही शिष्यले वहाँसंगै पैदल हिड्ने मौका पाउँथे । मैले पनि गुरुसंग आफ्नो जिवनका सर्वाधिक सुन्दर क्षणहरु यहि समयमा बिताउन पाएँ । भगवानसंग अरु मित्रहरु पनि साथै रहेका हुन्थे तर गुरुकृपाले एकदिन म मात्र एक्लै हिड्ने मौका पाएँ । म अनि मेरा गुरु । यी मेरा जिवनका अनमोल पलहरु थिए । भगवानले मलाइ नेपालको बारेमा सोध्नुभयो र मैले भगवानलाइ नेपालमा वहाँलाइ अत्यन्त श्रद्धा गर्ने साधकहरु रहेको सुनाएँ र नेपाल वहाँको लागि बस्न उपयुक्त हुने कुरा बिन्ती गरेँ र मैले वहाँलाइ सन १९६९ मा नेपाल आउनेछु भनेर मलाइ दिनुभएको वचनको बारेमा पनि याद दिलाएँ । वहाँले पनि उचित समयमा नेपाल आउछु भन्नू भयो । मनाली करिब डेढ महिना बसेपछी मलाइ काम बिषेशले नेपाल फर्कनुपर्यो ।
मनालिबाट फर्केको केही समयमै एकदिन अचानक खबर आयो भगवान नेपाल आउदै हुनुहुन्छ तयारी गर्नु । मेरो खुशिको ठेगान थिएन कि ओशो नेपालमा बस्न आउदै हुनुहुन्छ । वहाँलाइ कहाँ राख्ने , कसरी राख्ने कसरी एयरपोर्टमा रिसिभ गर्ने भन्ने आदि कुराहरुमा म र मेरा मित्रहरु योजना बनाउनमा ब्यस्त हुन थाल्यौं ।
भागवान नेपाल आउनु हुने दिनको व्यग्र प्रतिक्षामा हामी नेपालका सारा सन्यासी थियौंं र नभन्दै त्यो क्षण आइपुग्यो जब भगवानले नेपालको धरती टेक्नुभयो । भगवानको दर्शन गर्न हजारौंको संख्यामा एयरपोर्टम्सएयरपोर्टमा मानिसहरु जम्मा भए । कुनै शशरिर ब्यक्तिको आगमनको स्वागतको लागि नेपाली धरतिमा यति ब्यग्रता शायदै पहिला देखिएको थियो न त्यसपछी नै देखियो । होटल सोल्टिमा भगवानलाइ राख्ने ब्यवस्था गरिएको थियो र त्यहिँ भगवानले नियमित प्रबचन दिन थाल्नुभयो । वहाँको दर्शनार्थ भारत र अमेरिका तिर दौडिने ब्यक्तिहरु अब नेपाल आउन थाले । काठमाडौंका होटलमा बास पाउन पनि मुश्किल हुन थाल्यो । भगवानको निवासको लागि धेरै खोजबिन गरिएपनि काठमाडौंमा उपयुक्त स्थान भेटिएन । अन्त्यमा , सुन्दर नगरी पोखराको फेवातालकै किनारामा अवस्थित सुन्दर हिमालयको मनोरम दृष्य देखिने फिसटेल लज भगवानको लागि उपयुक्त स्थान हुने मलाइ लाग्यो । तत्कालिन राजपरिवारका सदस्यहरुको हातमा रहेको उक्त होटल किन्न को लागि वार्ता गरि सहमती समेत भयो । तर पहिला लज बेच्ने बाचा गरिसकेपछी कसको दवाबमा परेर हो लज त दिइएन नै अझ भगवानलाइ नेपालबाट समेत जान बाध्य पारियो । हाम्रो पुण्य नपुगेर हो कि नेपालकै दुर्भाग्यले हो , ४७ दिन नेपालमा बसेर १५ फेब्रुअरी १९८६ को दिन ओशोले नेपाली धरती छोड्नु भयो । भगवान नेपाल आउनु हुँदा खुसिको आँसुले भरिएका हाम्रा नेत्र वहाँले यो देश छोड्दा दुखले बर्षेभेल सरि भए ।
शारांश :-
पर्यटन बिभागको रिपोर्ट छ कि भगवान ओशो नेपालमा रहनु भएको समयमा करिव दुई महिनामा इतिहासकै सबै भन्दा धेरै पर्यटक नेपाल छिरेका रहेछन । बिसौं लाख दिक्षित शिष्य रहेका ओशो नेपालमैं रहनु भएको भए वहाँको दर्शानार्थ पनि करिब ५/६ लाख शिष्यहरु नेपाल आइरहन्थे होलान । आज हामिलाइ नेपालको अर्थतन्त्र जोगाउन पर्यटकको टडकारो खाँचो भएको समयमा ओशो प्रेमिहरुको आगमनले अवश्य नै राहत पुग्ने थियो ।
मेरो हृदयमा आजकल एउटा कुरा खट्किरहन्छ कि भगवान बुद्धले हाम्रो माटोमा जन्मेर भारतलाइ आफ्नो कर्मस्थली बनाउनुभए पछि जुन ऋण नेपाली माटोले हिन्दुस्थानलाइ लगाएको थियो सायद त्यो ऋण तिरिदिन भगवान ओशो नेपाल आउनु भएको होला । २५०० बर्ष अगाडि भारतलाइ लगाएको आध्यात्मिक ऋण त नेपालले फिर्ता पायो तर तत्कालिन नेपाली शासकहरुले ओशोलाइ नेपालमा बस्न नदिएर ओशो प्रेमिहरुको मुटुमा कहिल्यै सन्चो नहुने घाउ त दिए नै अझै ओशोको दर्शनार्थ आउने पर्यटकहरुबाट हुने ठूलो आम्दानिले हाम्रो टाउकोमा जन्म संगै गरिब नेपाली भए बापत पुरस्कारको रुपमा प्राप्त हुने बैदेशिक ऋणको बोझबाट मुक्त हुने सुनौलो अवसरबाट समेत हामिलाइ बन्चित गराए ।
जय ओशो ! जय अरुण स्वामिजी !!
www.tapoban.com
www.oshoupaban.com



No comments:
Post a Comment