Wednesday, July 18, 2018

ओशोले सिकाएको जीवन


ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिचित छन् । उनी रुढिवादी धर्मको आलोचना गरेर निकै विवादित बने । रहस्यदर्शी, गुरु र आध्यात्मिक शिक्षकका रूपमा ओशोले पहिचान बनाए । उनले प्रेम, सम्भोग र जीवनबारे गहन दर्शन दिएका छन् । विश्वमा कतिले सेक्स गुरुका रूपमा पनि उनलाई चिन्छन् । उनै ओशोका केही जीवन दर्शन :

अहिले अहंकाररहित मानिस भेट्टाउन गाह्रो छ । कतिले त अहंकारलाई नै आफ्नो शक्ति ठान्छन् । तर, ओशोले अहंकार मानिसको ठूलो भूल भएको बताएका छन् । भन्छन्, ‘अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’
हामी धेरैसँग धेरै थरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ । तर, ओशो यसो नगर्न सल्लाह दिन्छन् । भन्छन्, ‘तपाईंको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन । किनभने, हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन् ।’
जीवनमा मानिस जतिसक्दो दौडन चाहन्छ । कहिलेकाहीँ बस्नुप¥यो या कामविहीन हुनुपरेमा दुखित हुन्छ । यस्ता मानिसका लागि ओशोको निकै सुन्दर वाणी छ । भनेका छन्, ‘जीवन आराम र गतिबीचको सन्तुलन हो ।’
ओशो सधैँ हाँस्न, मुस्कुराउन, खुसी हुन सल्लाह दिन्छन् । यसो गर्दा शान्ति छाउने उनको तर्क छ । भनेका छन्, ‘शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ ।’ उनले आफैँ पनि निकै हृदयस्पर्शी शब्द बोलेका छन् । भनेका छन्, ‘म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्काइरहन्छु । त्यो यसकारण कि रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदैहोइन ।’
जीवनमा के गर्ने ? कता जाने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्न हरेक मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, ओशोले जीवनयात्राबारे निकै सजिलो तर्क पेस गरेका छन् । उनले भनेका छन्, ‘जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’
मानिसहरू अरूलाई प्रतिस्पर्धी देख्छन् र रिस साँध्नका लागि काम गर्छन् । तर, ओशोको वाणी यसको विपरीत छ । भनेका छन्, ‘कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन । तपाईं आफूमा जे हुनुहुन्छ एकदम सही हुनुहुन्छ । पहिला आफूलाई स्विकार्नुस् ।’
ज्ञानको दायरा असीमित हुन्छ । कतिलाई ममा सम्पूर्ण ज्ञान छ भन्ने भ्रम पनि हुन सक्छ । ओशोले भनेका छन्, ‘जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’
जीवनको लक्ष्य र कामबारे धेरै अनभिज्ञ हुन्छन् । कतिले त पाएको उपलब्धिलाई पनि सन्तोषका साथ हेरिरहेका हुँदैनन् । ओशोले भनेका छन् कि तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो, आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।
धेरै मानिसले आफूलाई भएभन्दा बढी बौद्धिक देखाउन चाहन्छन्, अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । ओशोका अनुसार यस्तो बन्नु जीवन जिउने कला होइन । भनेका छन्, ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’
ओशोले त मानिसलाई बढी गम्भीर नबन्न सुझाब दिएका छन् । उनले भनेका छन् कि गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । चञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ ।
‘हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ । जसले स्वयं आफैँलाई जान्दैन ।’ ओशोको यस भनाइले मानिसमा स्वयं निर्णय लिने क्षमता हुनुपर्छ भन्ने हो ।
हामी धेरैको स्वभाव हुन्छ कि बितेको समयमा हराउने । विगतका असफलतालाई सम्झने र भविष्यको मार्गै नदेख्ने । ओशोका अनुसार यसो गर्नु घातक छ । ओशोको भनाइ छ, ‘बितेको समयका कारण बोझिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’
जीवनमा कामचाहिँ कसरी गर्ने ? यसबारे ओशोको रोचक धारणा छ । भनेका छन्, ‘यदि तपाईं कुनै काम विनाप्रेमका साथ गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ । यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो भने राजा हुनुहुन्छ । तपाईंको काम नै तपाईंको खुसी हो ।’
साथीबारे उनको भनाइ छ, ‘कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो । आफैँलाई सोध्नुस् के म कसैको सच्चा साथी हुँ ? मुख्य प्रश्न यही हो ।’
‘जसले तपाईंलाई दुःखी बनाउँछ, ऊ नै पापी हो । उसले तपाईंलाई आफूबाट टाढा बनाउँछ । केवल त्यस्तै मानिससँग बच्नुपर्छ ।’ ओशोको यो भनाइले जीवन जिउनका लागि सहज बनाउँछ । सधैँभरि कसैप्रति निराश भएर बाँच्नबाट बचाउँछ ।

नयाँ पत्रिका
काठमाडौं, ११ माघ | माघ ११, २०७४

जीवन जिउने कला


ओशो रजनीश आध्यात्मिक गुरु तथा दार्शनिक हुन् । ११ डिसेम्बर १९३१ मा जन्मिएका ओशोले राजनीतिज्ञ, महात्मा गान्धी र संस्थागत धर्मका बारेमा खरो आलोचना गरेका थिए । उनको सुरुवाती नाम चन्द्रमोहन जैन हो । विश्वका धेरै ठाउँमा उनका अनुयायी छन् । उनले सयौँ पुस्तक लेखेका छन् र दर्शन दिएका छन् । धर्म, जीवन, प्रेम, ध्यान, सम्भोगका विषयमा फरक ढंगले व्याख्या गरेका ओशोको १९ जनवरी १९९० मा निधन भयो । तर, उनका दर्शन अहिले पनि उत्तिकै प्रचलित छन् । सफल र खुसी जीवनका लागि उनले दिएका केही बानीलाई एजेन्सीको सहयोगमा यहाँ उद्धृत गरेका छौँ :


अहिले अहंकाररहित मानिस भेट्टाउन गाह्रो छ । कतिले त अहंकारलाई नै आफ्नो शक्ति ठान्छन् । तर, ओशोले अहंकार मानिसको ठूलो भूल भएको बताएका छन् । भन्छन्, ‘अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’
हामी धेरैसँग धेरैथरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ । तर, ओशो यसो नगर्न सल्लाह दिन्छन् । भन्छन्, ‘तपाईंको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन । किनभने, हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन् ।’
जीवनमा मानिस जतिसक्दो दौडन चाहन्छ । कहिलेकाहीँ बस्नुप-यो या कामविहीन हुनुपरेमा दुखित हुन्छ । यस्ता मानिसका लागि ओशोको निकै सुन्दर वाणी छ । भनेका छन्, ‘जीवन आराम र गतिबीचको सन्तुलन हो ।’
ओशो सधैँ हाँस्न, मुस्कुराउन, खुसी हुन सल्लाह दिन्छन् । यसो गर्दा शान्ति छाउने उनको तर्क छ । भनेका छन्, ‘शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ ।’ उनले आफैँ पनि निकै हृदयस्पर्शी शब्द बोलेका छन् । भनेका छन्, ‘म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्कुराइरहन्छु । किनभने, रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदैहोइन ।’
जीवनमा के गर्ने ? कता जाने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्न हरेक मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, ओशोले जीवनयात्राबारे निकै सजिलो तर्क पेस गरेका छन् । उनले भनेका छन्, ‘जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’
मानिस अरूलाई प्रतिस्पर्धी देख्छन् र रिस साँध्नका लागि काम गर्छन् । तर, ओशोको वाणी यसको विपरीत छ । भनेका छन्, ‘कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन । तपाईं आफूमा जे हुनुहुन्छ, एकदम सही हुनुहुन्छ । पहिला आफूलाई स्विकार्नुस् ।’
ज्ञानको दायरा असीमित हुन्छ । कतिलाई ममा सम्पूर्ण ज्ञान छ भन्ने भ्रम पनि हुन सक्छ । ओशोले भनेका छन्, ‘जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’
जीवनको लक्ष्य र कामबारे धेरै अनभिज्ञ हुन्छन् । कतिले त पाएको उपलब्धिलाई पनि सन्तोषका साथ हेरिरहेका हुँदैनन् । ओशोले भनेका छन् कि तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो, आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।
धेरै मानिस आफूलाई भएभन्दा बढी बौद्धिक देखाउन चाहन्छन्, अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । ओशोका अनुसार यस्तो बन्नु जीवन जिउने कला होइन । भनेका छन्, ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’
ओशोले त मानिसलाई बढी गम्भीर नबन्न सुझाब दिएका छन् । उनले भनेका छन् कि गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । ञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ ।
हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ, जसले स्वयं आफैँलाई जान्दैन ।’ ओशोको यस भनाइले मानिसमा स्वयं निर्णय लिने क्षमता हुनुपर्छ भन्ने हो ।
हामी धेरैको स्वभाव हुन्छ कि बितेको समयमा हराउने । विगतका असफलतालाई सम्झने र भविष्यको मार्ग नदेख्ने । ओशोका अनुसार यसो गर्नु घातक छ । ओशोको भनाइ छ, ‘बितेको समयका कारण बोझिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ, त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’
जीवनमा कामचाहिँ कसरी गर्ने ? यसबारे ओशोको रोचक धारणा छ । भनेका छन्, ‘यदि तपाईं कुनै काम विनाप्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ । यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो भने राजा हुनुहुन्छ । तपाईंको काम नै तपाईंको खुसी हो ।’
साथीबारे उनको भनाइ छ, ‘कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो । आफैँलाई सोध्नुस्, के म कसैको सच्चा साथी हुँ ? मुख्य प्रश्न यही हो ।’
जसले तपाईंलाई दुःखी बनाउँछ, ऊ नै पापी हो । उसले तपाईंलाई आफूबाट टाढा बनाउँछ । केवल त्यस्तै मानिससँग बच्नुपर्छ ।’ ओशोको यो भनाइले जीवन जिउन सहज बनाउँछ । सधैँभरि कसैप्रति निराश भएर बाँच्नबाट बचाउँछ ।
मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रूप हो, जहाँ केही पनि मागिँदैन, कुनै सर्त हुँदैन । जहाँ मात्र दुईबीच आनन्द हुन्छ ।

नयाँ पत्रिका
काठमाडाैँ, १८ चैत | चैत १८, २०७४

जीवन दर्शनबारे ओशोका १० सुझाब


जीवन र दर्शनबारेका आफ्ना सिद्धान्तहरूमार्फत ओशो संसारभर चर्चित छन् । आचार्य रजनीशका नामले समेत चिनिने ओशो ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मिएका थिए । १९ जनवरी १९९० मा उनको निधन भयो ।
तर प्रेम, सम्भोग, जीवन अध्यात्मका विषयमा दिएका प्रवचन तथा लेखेको पुस्तकका कारण उनी आजसम्म पनि धेरैको मानसपटलमा जीवित छन् । जीवन दर्शनबारे ओशोका १० चर्चित भनाइ :

१. ओशो सधैँ हाँस्न, मुस्कुराउन, खुसी हुन सल्लाह दिन्छन् । यसो गर्दा शान्ति छाउने उनको तर्क छ । भनेका छन्, ‘शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ ।’ उनले आफैँ पनि निकै हृदयस्पर्शी शब्द बोलेका छन् । भनेका छन्, ‘म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्काइरहन्छु । त्यो यसकारण कि रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदैहोइन ।’
२. जीवनमा के गर्ने ? कता जाने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्न हरेक मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, ओशोले जीवनयात्राबारे निकै सजिलो तर्क पेस गरेका छन् । उनले भनेका छन्, ‘जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’
३. ज्ञानको दायरा असीमित हुन्छ । कतिलाई ममा सम्पूर्ण ज्ञान छ भन्ने भ्रम पनि हुन सक्छ । ओशोले भनेका छन्, ‘जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’
४. जीवनको लक्ष्य र कामबारे धेरै अनभिज्ञ हुन्छन् । कतिले त पाएको उपलब्धिलाई पनि सन्तोषका साथ हेरिरहेका हुँदैनन् । ओशोले भनेका छन् कि तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो, आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।
५. धेरै मानिसले आफूलाई भएभन्दा बढी बौद्धिक देखाउन चाहन्छन्, अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । ओशोका अनुसार यस्तो बन्नु जीवन जिउने कला होइन । भनेका छन्, ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’
६. ओशोले त मानिसलाई बढी गम्भीर नबन्न सुझाब दिएका छन् । उनले भनेका छन् कि गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । चञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ।
७. ‘हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ । जसले स्वयं आफैँलाई जान्दैन ।’ ओशोको यस भनाइले मानिसमा स्वयं निर्णय लिने क्षमता हुनुपर्छ भन्ने हो ।
८. हामी धेरैको स्वभाव हुन्छ कि बितेको समयमा हराउने । विगतका असफलतालाई सम्झने र भविष्यको मार्गै नदेख्ने । ओशोका अनुसार यसो गर्नु घातक छ । ओशोको भनाइ छ, ‘बितेको समयका कारण बोझिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’
९. ओशोले अहंकार मानिसको ठूलो भूल भएको बताएका छन् । भन्छन्, ‘अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’
१०. हामी धेरैसँग धेरै थरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ । तर, ओशो यसो नगर्न सल्लाह दिन्छन् ।

नयाँ पत्रिका
वि.सं २०७५ श्रावन ०२ बुधवार

Friday, June 22, 2018

रजनीसाइटिस - एक निको नहुने रोग


प्रसिद्ध कवि तथा अमिताभ बच्चनका पिता हरिबंश राय बच्चनले आफ्नो जन्मदिनको अवसरमा भनेका थिए, 'म ७३ औं बर्षमा प्रवेश गरें । उमेरका कारण अनेक रोग लागेका छन तर यी रोगहरुमध्ये भयानक रोग हो - रजनीसाइटिस, जसबाट छुटकारा पाउन सजिलो छैन। यस रोगका लक्षणहरु हुन; सधैं आनन्दित र उत्साहित रहनु, जिवनलाई अति गम्भिरताले नलिई नाटकको रुपमा हेर्नू र अतिशय भौतिक महत्वकांक्षाबाट मुक्त रहनु, समाजले संकोच गरेका विषयमा पनि स्पष्ट र निर्भिक हुनु , भविष्यको सुखको लागि संचय गर्नु सट्टा बर्तमानलाई नै सुखपुर्बक जिउनु ।'

  लेखक खुसवन्त सिंहले आफ्नो संस्मरणमा लेखेका छन 'मैले हजारौं ओशो सन्यासिहरुलाई भेटेँ तर आजसम्म कसैलाई उदास, दु:खी र मुख बिगारेर बसेको देखेको छैन । सबैलाई प्रफुल्लित पाएको छु । यहाँसम्म कि मृत्युमा पनि उनिहरु उत्सब मनाउँछन । पहिला मलाई लाग्थ्यो - कतै यो सबै बनावटी त होइन ? तर उनिहरुलाई नजिकबाट लियालेर हेर्दा पाएँ कि यो रजनीसाइटिस रोगको मुख्य लक्षण नै रहेछ ।' जिवनको उत्तरार्द्धमा उनी स्वयं नै यस रोगबाट ग्रसित हुन पुगे ।

  ओशो रजनिश शरिरमा रहुन्जेल उनलाई बुझ्ने सबैभन्दा पहिलो तप्का कवि, कलाकार र लेखकको थियो । जब विश्वभरिका धार्मिक यथास्थितिवादिहरुले उनको बिरोध गरिरहेका थिए, यो प्रतिभावान, बिद्रोहीको समूह उनको वकालत गरिरहेको थियो ।

  सन्त त धेरै भएका छन तर ओशो जस्तो बहुआयामिक रहस्यदर्शी अरु कोहि भएनन । हुन त सबै सच्चा सन्तले रुढिग्रस्त समाजको बिरोध केही न केही हदमा सहनु परेकै हुन्छ । तर ओशोले जस्तो विश्वब्यापी बिरोध बिरलै कसैले झेलेको होला । यति सम्म कि अनेक बिकसित राष्ट्रले पनि उनी यात्रा गरेको जहाजलाई तेल भर्नका लागि अवतरणको अनुमती दिन डराउँथे । यस्तो कुनै पनि बिषय भएन जसमा ओशोको मौलिक बिचारले तहल्का मचाइदिएको नहोस तर नग्न सत्य बोल्नु उनको अक्षम्य अपराध मानियो । जडग्रस्त मनस्थितिकाहरुले जति उनको बिरोध गर्छन, प्रतिभाशाली ब्यक्तिहरुले मुक्तकण्ठले त्यतिकै प्रशंसा गर्छन । प्रसिद्ध कवयित्री अम्रीता प्रीतमले राज्यसभामा दिएको यो अभिब्यक्ती म यहाँ राख्न चाहन्छु, 'केही व्यक्तिहरु हुन्छन जो चिन्तन, कला र बिज्ञानकाे क्षेत्रमा प्रतिभाशाली हुन्छन र यसै कारणले उनिहरुलाई समाजले सम्मानित पनि गर्छ तर ओशो एक यस्ता व्यक्ती हुन जसबाट यो देशै सम्मानित भएको छ, विश्व नै सम्मानित भएको छ ।' ओशो रजनिशकै 'जोरबा दि बुद्ध' दर्शनबाट प्रभावित भएर उनले 'मन मिर्जा तन साहिबा' भन्ने प्रसिद्ध पुस्तक सिर्जना गरिन ।

  ओशो अतितको कुनै धार्मिक शृंखलाका कडि होइनन, बुद्धत्वको प्रवाहमा उनी एक नौलो प्रारम्भ हुन । ओशो संग एक नयाँ युगको आरम्भ हुन्छ । उनको समयलाई दुई खण्डमा बिभाजित गरेका छन - ओशोपुर्व र ओशोपश्चात । भारतका प्रसिद्ध गायक हरिओम शरणले भनेका छन, 'ओशो यस युगका एकमात्र महानतम ऋषि र युगप्रवर्तक हुन । उनको श्वासप्रश्वासमा, उठाइबसाइमा , हिँडाइमा धर्म नै धर्म छ । उनी समग्ररुपेण धर्मपुरुष हुन ।'

  रजनिशपुरममा प्रवासको बेला भएको एउटा घटनाले मेरो हृदयलाई गहिरो छोएको छ । रजनिशपुरम अमेरिकाको एकान्त मरुभुमिमा अवस्थित २८२ बर्ग कि.मि.मा फैलिएको आफैमा पुर्ण एक स्वप्ननगरी थियो, जसको अमेरिकी बिधानानुसार आफ्नै नगरपालिका, विश्वविद्यालय, एयरपोर्ट र आफ्नै एयरलाइन्स थियो । सन १९८५ को कुरा हो । जुलाईमा गुरुपुर्णिमा महोत्सबको बेला विश्वका करिब २० हजार ओशो सन्यासी भेला भएका थिए र सात दिनसम्म चल्ने महोत्सबमा एक उत्सब, आनन्द र उत्साहको आध्यात्मिक माहौल थियो । त्यसबेला सयौं अमेरिकि आएर ओशो दर्शनमा दिक्षित भैरहेका थिए । उनिहरु मध्ये अधिकांश समाजका प्रतिष्ठित डाक्टर, ईन्जिनियर, हलिउडका कलाकारहरु थिए । अमेरिकि चर्चलाई भ्रम भयो कि ओशोले इसाई धर्मलाई अमेरिकामा सिध्याउनेछन । उनिहरुले सो कम्युन तोड्न र ओशो रजनिशलाई दु:ख दिन अमेरिकी प्रशासनसंग मिलि अनेक षडयन्त्र रचे । त्यसैको एक कडिको रुपमा एक बूढो पादरिलाई यस महोत्सबमा पठाइयो । ती पादरिसंग रजनिशबिरोधी चर्चद्वारा प्रकाशित एक पुस्तिका थियो जसमा बाइबलमा उल्लेखित 'सैतानले पठाएको एन्टि क्राइस्ट रजनिश नै हुन - उनले इसाई धर्मलाई ठूलो हानी पुर्याउनेछन' भनी लेखिएको थियो । ती पादरी सबैलाई त्यो पुस्तिका सित्तैमा बाँड्दै हिँड्थे । उनको त्यो कृयाकलापलाई कसैले गम्भिरतापुर्वक नलिएपछी उनी अझ आक्रोशित भए । ओशो त्यसताका दिउँसो कारमा घुम्न निस्किन्थे । गुरुपुर्णिमाको त्यो दिन संगित, नृत्य र भक्तिको माहौलले रंगिएको थियो । अचानक ती पादरी ओशोको गाडी अगाडि आई बाटो छेकी बर्बराउन थाले, 'तिमि सैतानले पठाएका दुत हौ, युवालाई भ्रष्ट गर्दैछौ, तुरुन्तै अमेरिका छोड, अमेरिकाले तिमिलाई घृणा गर्छ' ईत्यादी । जब स्वयंसेवकहरुले उनलाई हटाउन खोजे, ओशोले उनिहरुलाई रोकि भने, 'उनलाई पहिला आफ्ना कुरा भन्न देऊ ।' पादरिले बोलिसकेपछी ओशोले सोधे, 'तपाईलाई अरु केही भन्नू छ कि ? भनाई सकियो भने मलाई जान दिनुस ।' त्यसपछि उनलाई किनारा लगाइयो । सामान्यत: सबै शिष्य केहिकेही मात्रामा फेनेटिक हुन्छन । त्यहाँ पनि आफ्ना गुरुलाई गरेको अपमान देखेर शिष्यहरु रिसाइसकेका थिए । त्यो अनुभव गरि ओशोले भने, 'उनी एक बृद्ध ब्यक्ती हुन । आफ्नो समझानुसार धार्मिकै काम गरिरहेका छन । म व्यक्तिको मौलिक स्वतन्त्रताको पक्षपाती हुँ । उनलाई आफुलाई लागेको कुरा भन्ने पुर्ण स्वतन्त्रता छ । उनको त्यो मौलिक स्वतन्त्रताको रजनिशपुरममा आदर भएन भने अरु कहाँ हुन्सक्छ ? त्यसकारण कसैले उनलाई दुर्ब्यवहार नगरोस । यहाँ उनिप्रती अनादर भयो भने त्यसलाई म आफ्नो दर्शनकै पराजयको रुपमा लिनेछु । उनी यहाँ रहन चाहे भने पुर्ण स्वतन्त्रता र आदरसाथ बस्ने ब्यवस्था होस ।' यो सुनी सबै शिष्य संयमित भए र मेरो आँखामा झरझर आँसु आयो । मलाई पुन: आत्मगौरब भयो कि मैले सहि गुरु छानेछु ।

( स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक 'अन्तर्यात्रा'को केही अंश )

  

जोगीको अन्तर्दृष्टी



सन ७८ को त्यो अविस्मरणिय प्रथम भेटपछी इन्दिरादेविबाट मैले असिम प्रेम पाएँ । जबजब म पुना जान्थेँ, उहाँको सत्सङ्गमा पनि समय बिताउथेँ । आफ्ना शिष्यबाहेक अरुलाई भेट्न मन नपराउने भए पनि ममाथी उहाँको विशेष कृपा रह्यो । बिरामी भएका बेला पनि दर्शन दिनुहुन्थ्यो । ओशोप्रती वहाँको गहन आस्था थियो तर त्यो सबैका अगाडि ब्यक्त गर्नुहुन्नथ्यो । दिलिपकुमार रायराय, मदर र श्री अरविन्दोका प्रती उहाँको अगाध आस्था थियो । मैले दिलिपकुमार रायलाइ भेट्न नपाएकोमा उहाँ बराबर मलाई भन्ने गर्नुहुन्थ्यो, ' यु मिस्ड अ वन्डरफुल सोल ।' एकपटक उहाँलाइ मैले काठमाडौं आउन आमन्त्रण गरें । ताहाचलको आश्रम साधारण भएकोले उहाँलाइ सुविधासंग राख्न सक्दिन कि भनी संकोच पनि व्यक्त गरें । उहाँले भन्नुभयो, 'आई विल कम टु काठमाडौं जस्ट फर यु । आइ विल नट स्टे एनिव्हेर अदरदेन इन योर होम ।' जब मैले पोन्डिचरी आश्रम हेर्न जाने कुरा गरें, उहाँले भन्नुभयो, 'यु मस्ट गो एन्ड मिट ओल्ड इन्टिमेट्स, हु ह्याभ लिभ्ड विथ अरबिन्द । दे आर ब्युटिफुल पिपल ।'

  पोन्डिचरिको विशाल पुस्तकालयमा मैले दिलिपकुमार राय र इन्दिरादेविका एउटै पनि पुस्तक भेटिन । यसको बारेमा मैले त्यहाँ सोध्दा 'हामी उहाँहरुलाई मान्यता पनि दिँदैनौं । उहाँहरुको यहाँ कुरा नगर्नुस' भन्नेजस्ता रुखा जवाफ पाएँ । औरोभिलको परिकल्पनाले म अत्यन्त प्रभावित छु । तपोबनको सृजनमा त्यसबाट पाएको प्रेरणाको योगदान छ तर औरोभिलको निर्माण अति मन्द गतिमा छ र त्यहाँ एक प्रकारको आध्यात्मिक न्यानोपनको अभाव छ । यी गुनासाहरु मैले इन्दिरादेविका सामु राखें, 'तपाईजस्तो अरबिन्दलाइ प्रेम गर्ने र अध्यात्मको उच्चावस्थामा रहेको ब्यक्ती औरोभिलको सपनालाई साकार गर्न लाग्नुपर्नेमा किन एकान्तमा बस्नुभएको छ ?' उहाँले मलाई रहस्यमय दृष्टिले हेर्दै भन्नुभयो, 'अभी आपके गुरु जिवित है, मेरी बातें आप नहि सम्झेंगे । जब आपके गुरु शरीर छोड देंगे तब आप खुदबखुद समझ जाएंगे ।'

  ओशोले शरीर छोडिसकेपछी जब उहाँप्रती पुर्ण समर्पित र उहाँको कार्यलाई संसारभरि फैलाउन उत्साहित म लगायत नेकानेक अन्तरंग शिष्यको एकएक गरि पुनाआश्रममा प्रवेश बर्जित भयो र आश्रमको संचालन रक्सी खाएर टिल्ल परिरहने धुर्तहरुको हातमा पर्न गयो जसले ओशोतिर्थलाई रिसोर्ट र क्लब बनाइदिए । यिनै प्रपन्चिहरुले आश्रमभित्र ओशोको तस्वीर राख्न र उहाँको जन्मदिवस मनाउन मनाही गरे । इन्दिरादेविले भन्न खोजेको बल्ल बुझें । जोगिहरुसंग गजबको अन्तर्दृष्टी हुँदोरहेछ ।

  कुनै पनि गुरुको आश्रम केही व्यक्तिको त्याग, तपस्या र लगनले बन्दोरहेछ । त्यही तपस्याको बलमा पछि आश्रममा सुबिधा र बैभव बढ्दै जान्छ । पछि त्यसैको लोभमा सुविधाभोगी त्यहाँ जुट्न थाल्छन र उनिहरुकै प्रपन्चले सबै त्यागी र तपस्वी त्यहाँबाट बिस्तारै लखेटिन्छन किनभने साधकहरु प्रपन्च गर्न सक्दैनन र प्रपन्च गरि त्यहाँ टिक्नुसट्टा बरु एकान्तै दु:ख गरि साधना गर्न चाहन्छन । गुरुले शरीर त्यागिसकेपछी अधिकांश आश्रमको यस्तै कथाव्यथा मैले अनुभव गरेको छु ।

  सबै गुरुले समयसमयमा आफ्ना शिष्यको समर्पण र त्यागको कठिन परीक्षा लिन्छन । म पनि यस्तो परिक्षाबाट गुज्रेको छु । सन ७८ देखि ८१ को अवधिमा पुनाआश्रममा बस्दा मैले जानेको सिपका अनेक सुविधाजनक कामहरु हुँदा पनि मलाई सधैं कुचिकार, भाँडा धुने, बाथरुम सफा गर्ने र लुगा धुने कार्यमा मात्र लगाइन्थ्यो, जुन मेरो मानसिक र शारिरिक बनोटका लागि कठिन थियो । म संग पैसा पनि सिद्धिएको थियो र आश्रमले मलाई फुडपास पनि दिंदैनथ्यो । दश घण्टा श्रम गरेर पनि सामुहिक आवासमा बसेको र आफुले खाएको पैसा मैले तिर्नुपर्थ्यो । गुरु मलाई भेट पनि दिनुहुंदैनथ्यो र मेरा लागि हरेक प्रकारले कठोर र निर्दयी देखिनुहुन्थ्यो । आर्थिक, शारिरिक, मानसिक र भावानात्मक यी चारै प्रकारका असह्य कष्टले म सान्त्वना खोज्न इन्दिरादेविको शरणमा पुगें । भित्रभित्र यस्तो इच्छा थियो की यदि उहाँको आश्रममा मैले बस्ने एउटा कोठामात्र पाए पनि ठूलो राहत हुन्थ्यो । उहाँबाट पाएको बात्सल्यले गर्दा यस्तो अपेक्षा गर्नु स्वाभाविकै थियो । त्यो दिन पहिलोचोटि मैले इन्दिरादेविलाई आफुप्रती कठोर पाएँ । उहाँले मलाई झपार्दै भन्नुभयो, 'साधना इज नट विन्डो सपिङ्ग । कुछ इस दुकान से खरिद लिया कुछ उस दुकान से । आपका जिवनमरण जो भी हो आपके गुरु के चरण में ही होना चाहिए । अतिशय करुणा और शिष्य की विशिष्ट संभावनाओं के कारण कभी-कभी गुरु को बहुत कठोर होना पडता है । यह सब आप के महान कल्याण के लिए ही आयोजित है ।' २५ बर्षको अन्तरालपछी आज म उहाँको त्यो अभिव्यक्ती र ओशोको करुणाको मर्म राम्ररी बुझ्दैछु ।

  जब अचानक ओशोले शरीर छोडिदिनुभयो, म एक अभिभावक गुमाएको व्याकुल बच्चाजस्तो भएर इन्दिरादेविको चरणमा पुगें र मैले बिन्ती गरें, 'अब मैले कसको निर्देशनमा काम गर्ने ? गुरुले सधैं मेरो अहंकारको काँटछांँट गरिराख्नुहुन्थ्यो । अब मेरो अहंकारलाई कसले गलाउँछ ?' इन्दिरादेविले आत्मविश्वासका साथ भन्नुभयो, 'आप नेपाल जाएं, आपके गुरु आपसे पहले ही वहां पहुंचे हुए मिलेंगे । आपके साधना कि जिम्मेवारी उनकी है और उसकी वह अच्छी व्यवस्था करना जानते है । भविष्य में आपको माध्यम के तरह उपयोग कर आपसे बहुत बडा कार्य करनेवाले है ।' ओशोले शरीर छोडेको दुई महिना भित्रै ओशो तपोवनको स्थापना भयो जो एक अन्तराष्ट्रीय साधनास्थलीका रुपमा प्रतिष्ठित हुँदै गएको छ ।

( स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक 'अन्तर्यात्रा' को केही अंश )

Tuesday, June 19, 2018

बिस्मृत प्रेमको पुन: स्मृती


-स्वामी आनन्द अरुण

बाल्यकालदेखि नै मलाई स्वामी विवेकानन्दको तेज, बुद्धको शान्ति, गान्धीको सादगी, अहिंसा र त्यागले अति प्रभावित गर्थ्यो। यिनै मेरा आराध्य थिए र तिनको तस्बिर म जहाँ बसे पनि कोठामा झुण्ड्याउँथेँ । म सानो छँदा नेपालमा बुद्ध धर्म फस्टाएको थिएन । पटना इन्जिनियरिङ कलेजमा पढ्दा एकचोटि बोधगया जाने तीव्र इच्छा अनायास मभित्र पैदा भयो । बोधगया त्यहाँबाट धेरै टाढा छैन । कस्मिरका एक सहपाठी जो अध्यात्ममा रूचि राख्थे, उनलाई लिएर म बोधगया पुगेँ । बोधगयाको परिवेशले एक अबुझ आनन्दको अनुभूति भयो । विशेषरूपले बोधीवृक्षको तल बस्दा यही रुखमुनि सिद्धार्थले बुद्धत्व प्राप्त गरेको स्मरण गर्दा आँङै सिरिङ्ङ हुन्थ्यो । त्यो वृक्षको समीप जानासाथ आँखा रसाउँथ्यो र रुखबाट खसेका पातहरूको स्पर्शले शरीरै रोमाञ्चित हुन्थ्यो ।

मेरा मित्र पनि ध्यानमा बस्थे । तर, मभित्र अनायस पैदा भइरहने आध्यात्मिक संवेग देखेर आश्चर्यचकित थिए । यो कुरा सन् १९६८ तिरको हो । त्यतिखेर बोधगया निर्जन थियो । त्यहाँ विकास भएको थिएन । बास बस्ने र खाने असुविधा थियो । त्यहाँको वातावरणले मभित्र अनायास अनेक भाव उत्पन्न हुन्थे र म रुन थाल्थेँ । त्यो ठाउँ मलाई ऐतिहासिक त लाग्यो नै, तर एक व्यक्ति कठिन तपस्यालाई पार गर्दै बुद्ध भई सबै दुःखबाट मुक्त भएको अवस्थाको साक्षी भएको त्यो वृक्षले मेरो मुमुक्षु हृदयलाई भित्रबाट आन्दोलित गरिरहेको थियो । असंख्य विचारका लहर शान्त भएर मनले शीतलता प्राप्त गरिरहेको थियो । दुई दिनपछि हामी पटना फर्किर्यौं ।

ओशोबाट दीक्षित भएपछि ओशोले बुद्धबारे दिएका सुन्दर प्रवचनहरू सुन्ने मौका मिल्यो । ती प्रवचनमा बुद्धगाथाका अनेक प्रसंग आउँछन् । बुद्धगाथामा आएका जेतवन, श्रावस्ती, बोधगया, कुशीनगर, कौशान्वी, राजगृही, लुम्बिनीमा बुद्धका साथ हजारौँ भिक्षु विचरण गर्थे भन्ने ओशोका शब्दले आफूलाई भित्रैबाट तरंगित गर्थे । लाग्थ्यो, म पनि ती घटनामा सलंग्न छु, ती दृश्यहरू मैले पनि देखेको छु ।

ओशोको बुद्धप्रति अत्यन्त समादर र प्रेम छ । ओशोले बुद्ध र बुद्धदर्शनको गहनतालाई सरस र कावात्मकरूपमा सरल शब्दमा बुझाउनु भएको छ । बुद्धको जीवन र दर्शनमाथि मात्रै ओशोका लगभग सय पुस्तक उपलब्ध छन् । बुद्धदर्शनका ज्ञाता, भिक्षुहरूबाट बुद्धबारे धेरै कुरा सुनेको छु । मैले थिक न्यात हन्ह, दलाई लामा र अन्य रिम्पोचेबाट बुद्धबारे सुनेको र पढेको छु, तर ओशोको उचाईं, मधुरता र सरलता अतुलनीय छ । ओशोको बुद्धवाणीको काव्यात्मक व्याख्या अद्वितीय छ । बुद्धलाई बुझ्न चाहने तथा बुद्धप्रेमी सबैलाई म ओशोको बुद्धसाहित्य पढ्न आग्रह गर्छु । मैले अनेक देशका बुद्ध गुम्बामा बुद्धविद्वान्हरूले ओशोका साहित्य अध्ययन गरिहेको भेटेको छु ।

बोधगया पुगे पनि लुम्बिनी भने म कहिल्यै पुगेको थिइनँ । यो सन् १९८८ डिसेम्बर २४ तारिख (२०४५ साल पुस १९ गते शनिबार) को कुरा हो । आशीष ध्यान केन्द्र, ताहाचलमा ध्यान शिविर सञ्चालन भइरहेको थियो । ओशोले बुद्धवाणीमा दिएको प्रवचन माला ‘एस धम्मो सनंतनो’ को श्रवणमा हामी शिविरमा ध्यानस्थ भएछौँ । मैले बुद्धका गाथाहरू सुनाउन थालेँ । दर्शनभन्दा पनि बुद्धजीवनका प्रसंग मलाई अन्यन्त मार्मिक, गहन र ओजपूर्ण सन्देशले परिपूर्ण लाग्छन् । त्यसमा बुद्धले मानिसका दुःख, पीडा र समस्यालाई यस्ता घटनाको क्षणभंगुरताको बोध गराउनु भएको छ । तृष्णाबाट मुक्त आर्यपथको मार्ग देखाउनु भएको छ । शिविरको मध्यमै अचानक मलाई लुम्बिनीले तान्यो । म नेपालमै जन्मेर पनि लुम्बिनीको दर्शन गर्न पाएको थिइनँ । लुम्बिनीको आर्कषणले हृदय अति उद्वेलित भएर अटसमटस हुन थालेपछि मैले लुम्बिनी जाने इच्छा व्यक्त गरेँ । पाँच दिनको शिविरको त्यो तेस्रो दिन थियो । मैले पुराना सन्यासिहरुलाई तपाईंहरू ध्यान शिविर सञ्चालन गर्नुस् मलाई लुम्बिनीले असाध्यै तान्यो, म लुम्बिनी हिडेँ भनेँ । सबै मित्र चिन्तित भए । तपाईंले छोडेर गएपछि शिविरै बिग्रिन्छ भन्न थाले । एकपछि अर्को गर्दै सबैजना म पनि तपाईंस“गै जान्छु भन्न थाले । करिब ३५ जना शिविरमा थियौँ । शिविर छोडी सबै मसंगै लुम्बिनी जाने भए । हामीले बस रिजर्भ गरयौँ । राति १२ बजे लम्बिनी पुग्यौँ ।

लुम्बिनीमा त्यसबेला खाने–बस्ने केही व्यवस्था थिएन । एउटै होटेल थिएन । एउटा भत्किन लागेको राणाकालीन धर्मशाला थियो, त्यो बस्न लायक थिएन । हामी मध्यरातमा पुगेकाले ढोका पनि खोलिएन । विदेशी बस्न भनी बनाइएको एउटा सानो गेस्ट हाउस थियो । त्यही दिन फर्किन नसक्ने विदेशी त्यहाँ बास बस्थे । गेट हाउसमा सुविधा नेपाली थियो, तर दरचाहिँ अमेरिकी थियो । नेपालीलाई त्यहाँ राख्ने चलनै रहेनछ । नेपालीका लागि त्यो निकै महँगो थियो । निकैबेर अनुनय–विनय गरेपछि कोठा खोलिदिए । हामीले त्यहीँ रात कटायौँ ।

मलाई मायादेवीको मन्दिरले तानिरहेको थियो । म नुहाईधुवाई गरेर मन्दिर तिर लागे । संयोग नै थियो, त्यो पूर्णिमाको रात्रि थियो । म राति मन्दिरतिर जान लागेको देखेर गेस्ट हाउसका मानिसले खतरा छ, बँदेल र अन्य जनावर छ्याछ्याप्ती छन्, राति नजानुस् भने । त्यसबेला लुम्बिनी जंगल थियो, घरहरू बनेका थिएनन् । दिउँसै सुनसान हुन्थ्यो । अहिले पनि कहिलेकाहीँ लुम्बिनीमा बँदेलका झुण्ड घुमिरहेका भेटिन्छन् । 
कहिलेकाहीँ मानिसलाई आक्रमण गरेर घाइते पनि बनाउँछन्, मानिस मारेको पनि सुनिन्छ । तर, मैले आफूलाई रोक्नै सकिनँ । मसंग एक जना मित्र जान तयार भए । मन्दिर त बन्द थियो । त्यहीँ भएको पीपलको रुखमुनि हामी ध्यानमा बस्यौँ । सुनसान रातमा एक रहस्यमय उपस्थितिको बोध भइरहेको थियो । हाम्रो हृदय शान्ति र एक अज्ञात लोकको पुकारले गुञ्जित भइरहेको थियो । आनन्द सरोवरमा मेरो प्राण गोता लगाइरहेको थियो । मन थामिएको थियो, चेतनाको अकम्पित त्यो अप्रत्यासित–स्थिर अवस्थामै सारा रात बित्यो । बिहान मन्दिर खुल्यो र मन्दिरका पुस्तैनी ब्राह्मण पूजारीले मलाई लुम्बिनीको इतिहास बताउनु भयो । उहाँकै सान्निध्यमा मैले लुम्बिनीमा सारा दिन बिताएँ । त्यहाँ एक गिलास पानी खाने राम्रो व्यवस्था पनि थिएन, भोजनको कुरा त परै जाओस् । परित्यक्त लुम्बिनीको त्यो अवस्था थियो । काठमाडौँ आएर मैले एक लेख पनि लेखेको थिएँ, शीर्षक थियो– ‘हाय लुम्बिनी तेरो दुर्दशा’ । सामान्य गाउ“को पसलमा हामीले चिउरा र दही भेट्टायौँ । दिउ“सोका भोजन त्यही थियो ।
हामी कपिलवस्तुतर्फ लाग्यौँ । कुन आकर्षणले हो हामीलाई बुद्धले शरीर छोडेको ठाउँले खिच्यो । हामीलाई कुशीनगर जाने उत्कण्ठा पैदा भयो । बस भारत छिर्ने अनुमति लिएर हामी सबै कुशीनगर गयौँ । एक रात त्यहाँ बस्यौँ । उत्तर प्रदेश सरकारको गेस्ट हाउस सुविधाजनक थियो । त्यहा“ पनि हामीलाई आनन्दानुभूति भयो । कुशीनगरको निर्वाण मन्दिरको पछाडि बसेर मैले बुद्धबारे लामो प्रवचन दिएको रहेछु । म आँखा बन्द गरेर करिब तीन घन्टा बोलेछु । आँखा खोल्दा मैले देखेँ– धेरै बुद्ध भिक्षु, पर्यटक पनि सजल आँखा लिएर सुनिरहेका थिए । आफू अस्तित्वको माध्यम भएर मानसपटलमा उत्रेका चित्रहरूको व्याख्या गरेझैं म बोलिरहेको थिएँ । मैले कतै नपढेका–नसुनेका कुरा पनि बोलेछु । कुनै लोकबाट अवतरित भएका ती हृदयस्पर्शी प्रवचनले सबैलाई छोएछ । आम्रपालीको बुद्धप्रतिको समर्पण, राजा बिम्बिसार, प्रसन्नजितको बुद्धप्रेम, पटाचारा र कृषा गौतमीका मार्मिक घटनाले धेरैका आँखा रसाए । जब हृदयको अन्तस्थलबाट कुनै कुरा निस्किन्छ त्यसले संवेदनशील हृदयलाई अवश्य प्रभावित गर्छ । त्यो मेरो जीवनको एक गहन हार्दिक अनुभूति थियो । कुशीनगरबाट काठमाडौँ फर्किंदा मलाई पुनः लुम्बिनीले तान्यो । मैले लुम्बिनी छोड्न सकिनँ र हामी एक रात फेरि लुम्बिनी बस्योँ । लुम्बिनी छोड्ने बेला मेरो छाती नै फाटेजस्तो भयो । आफैलाई छोडेर हिँडेजस्तो भयो लुम्बिनी छोड्दा । पहिल्यै कहिल्यै नपुगेको र बस्ने खाने यत्रो असुविधा भएको लुम्बिनीले मलाई किन यसरी तान्यो ? मैले बुझ्न सकिनँ । हामी काठमाडौँ फर्किएको केही दिनपछि मलाई ओशोको गहन याद आयो र म गुरुदर्शनका लागि पुना गएँ । मैले लुम्बिनी, कुशीनगर र कपिलवस्तुमा खिचेका फोटो ओशोलाई पठाएँ । ओशोले त्यसपछि कुशीनगर, बोधगया, कपिलवस्तुका बारेमा आफ्नो प्रवचनमा बोल्नु भयो । पछि मैले थाहा पाएँ , पूर्णिमाको रात लुिम्बनीमा मलाई गहन ध्यान लागेकै समयमा ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरण भएको ऐतिहासिक घटना भएको रहेछ ।
बुद्धले शरीर छोड्नुअघि भन्नु भएको रहेछ, म २५ सय वर्षपछि मैत्रेय अवतारको रूपमा पुनः आउने छु । मेडम ब्लाभ्स्की, कनल अकाल्ट, एनी बेसन्टले स्थापना गरेको थियोसोफिस्ट आन्दोलन सयवर्षदेखि यही उद्देश्यमा रत थियो कि मैत्रेय बुद्धको अवतरणका लागि उपयुक्त वातावरण तयार होस् । तिब्बतका अशरीरी लामाहरूसँग उनको संवाद थियो । मैत्रेय बुद्धलाई जन्माउन सक्ने उपयुक्त गर्भ पृथ्वीमा उपलब्ध नभएकाले कृष्णमूर्तिको शरीरमै बुद्धको चेतनालाई अवतरित गर्ने कठिन प्रयास गरियो । हल्यान्डको ओमेनमा विश्वभरबाट जम्मा भएका १० हजार थियोसोफिस्टको समारोहमा कृष्णमूर्तिको शरीरमा मैत्रेय बुद्धको चेतनाको अवरतण गराउने प्रयास भयो, तर लामो तयारीपछिको अन्तिम क्षणमा आफ्नो शरीर उपलब्ध गराउन कृष्णमूर्तिले अस्वीकार गर्नुभयो । त्यो प्रयोग विफल भयो । 

सन् १९७१ मा गान्टोकको रुमटेक गुम्बामा गोविन्द सिद्धार्थले १६औँ कर्मापा लामालाई भेटेका थिए । लामाले भनेका थिए, जुन प्रयोग कृष्णमूर्तिको शरीरमा हुन सकेन एक दिन त्यो आचार्य रजनीशको शरीरमा हुनेछ । ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरणको रहस्यमय काव्यमय वर्णन ओशो स्वयंले गर्नुभएको छ, जुन ‘नो माइन्ड द फ्लावर्स अफ इटर्निटी’ भन्ने पुस्तकमा उपलब्ध छ । ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरण भएका दिन मलाई किन लुम्बिनीले तान्यो अब मलाई स्पष्ट भएको छ । म शिशिरको त्यो पूर्णिमाको रातभर ध्यानमग्न भएर लुम्बिनीस्थित मायादेवी मन्दिरको छेउमा पीपलको बोटमुनि बस्न सक्ने क्षमता र प्रेरणाले मलाई अहिले पनि विस्मित गराउँछ । लुम्बिनी र कुशीनगरको परिभ्रमण र त्यहाँ भएका रूपान्तरणकारी घटनाले मेरो बुद्धप्रतिको श्रद्धा प्रगाढ भयो, जुन आज पनि जीवन्त र झन्झन् बलियो भएर आइरहेको छ । त्यसपछि मैले बुद्धसंग सम्बन्धित क्षेत्र लुम्बिनी, चेतवन, बेणुवन, सारनाथ, कुशीनगर, बोधगया, श्रावस्तीमा थुप्रै ध्यान शिविर सञ्चालन गरेँ । यही शिविरका कारण ती क्षेत्रमा ओशोका सन्न्यासी थुप्रै छन् र ओशोका ध्यान केन्द्रहरू खुलेका छन् । आज लुम्बिनीमा ओशो जेतवन आध्यात्मिक ग्राम नामको ठूलो आश्रम खडा भएको छ, जहाँ बर्सेनि सयौँ साधक अनेक देशबाट बुद्धको दर्शन बुझ्न र साधनाको लागि पुग्छन् ।

ओशोको कृपाले म बुद्धसंग फेरि अन्तरंगरूपमा जोडिन पुगें । कुनै पनि व्यक्ति या गुरुसँगको अन्तरंग प्रेम एक जन्ममा मात्र हुँदैन । कैयौँ जन्ममा त्यो प्रेम गहिरिन्छ । पछि मेरा गुरु ओशो र आफ्नो साधनाबाट मैले के अन्तर्दृष्टि पाएँ भने, म अनेक जन्ममा लुम्बिनी, चेतवन, बेणुवन, सारनाथ, कुशीनगर, बोधगया, श्रावस्तीमा सत्यको खोजमा भट्केको रहेछु । त्यहाँ को कणकणमा हाम्रो पुरानो स्मृति जीवन्तरूपले सञ्चित छ । ती तरंगले मलाई बारम्बार खिचिरहन्छन् । ती सबै खाली विस्मृतमात्र भएका थिए, गुरुकृपाले अब स्मृत भएर आयो ।

नागरिक दैनिक २०७३ असार ५ गते आइतबार
www.nagariknews.com

Friday, June 15, 2018

तन्नेरी नरेन्द्र


 एकपल्ट कोलकाताको सडकमा एकजना युवक हिँडिरहेका थिए । अचानक सडकमा उनले कसैको गुहार सुने । के भयो भनेर उनले गुहार आए तिर हेरे अनि देखे एउटा घोडागाडी सडकको बिचमा बेगसित हाँकिएर अगाडि दगुरिरहेको । घोडा आफ्नो पूरा तागत लगाएर दगुरिरहेको थियो मानौं कुनै चिजसित डराएर घोडा जोडसंग कुदिरहेको हो । एउटि स्त्री, जो त्यस गाडिमा सवार थिइन, तिनको पनि सातो पुत्लो उडेको थियो घोडागाडिको कुदाइले गर्दा । तिनी निकै संकटमा थिईन ; कारण घोडागाडी उल्टने सम्बभावना थियो र नै तिनले गुहार मागेकी थिईन । कुनै पनि ब्यक्ती तिनको मद्दत गर्न भनेर अगाडि आएको थिएन तर ती युवकले भने बस्तुस्थिती बुझे । उनी निकै साहसी थिए । घोडा जब उनको सामुन्ने आइपुग्यो , तब उनले आफ्नो जिवनको बाजि लगाएर घोडा तर्फ लम्के अनि घोडाको लगाम समातेर त्यसलाइ रोकिन बाध्य गराए । ती महिलाले जीवनदान पाइन अनि त्यसको साटो तिनले ती युवक प्रती कृतज्ञता ब्यक्त गरिन ।

  को थिए त ती नवयुवक ? ती युवक अरु कोहि नभएर नरेन्द्रनाथ थिए । कालान्तरमा ती युवक नै कालजयी भएर स्वामी विवेकानन्द का नामले विश्वविख्यात भए । उनको जन्म कोलकाता सिमला क्षेत्रका नामि दत्त परिवारमा भएको थियो । उनका पिता श्री विश्वनाथ दत्त वकिल थिए । विभिन्न बिषयहरुमा उनको राम्रो अध्ययन थियो । उनकी पत्निको नाम थियो श्रीमती भुवनेश्वरी देवि । तिनी रानिझैं गरिमामयी देखिन्थिन एवं तिनको व्यवहार पनि उस्तै गरिमामय थियो । सबैले तिनको आदर गर्थे ।

  १२ जनवरी १८६३ मा तिनको गर्भबाट प्रथम पुत्रको जन्म भयो अनि पुत्रको नामाकरण भयो नरेन्द्रनाथ ।

  बाल्यकालमा नरेन्द्र निकै चन्चल थिए र उनलाइ सम्हाल्नु भुवनेश्वरीलाई निकै गार्हो पर्थ्यो तर पछि तिनले के थाहा पाइन भने जयिबेला नरेन्द्र अत्याधिक चन्चल हुने गर्थे त्यति बेला उनको शिरमा चिसो पानी हालेर कानमा शिवजिको नाम सुनायो भने उनी एकदम शान्त हुन्छन भनेर ; यसैकारण कैयोंपल्ट उनलाइ नियन्त्रणमा ल्याउन भनेर तिनले यो उपायको सहायता लिइन ।

  बालक नरेन्द्रले आफ्नी आमाबाट धेरै आध्यात्मिक कुराहरु सिकेका थिए , कारण उनकी आमाले उनलाइ महाभारत तथा रामायणबाट धेरै कथाहरु सुनाउने गर्थिन । रामचन्द्रजिको कथा सुन्न नरेन्द्रले औधी मन पराउथे । एकदिन उनले माटोले बनेको राम - सिताको युगल मुर्ती किने अनि फुलपातिले त्यसको पुजा गर्न थाले । एकपटक उनी केराबारिमा धेरैबेरसम्म हनुमानको दर्शन गर्ने अभिलाषा लिएर बसिरहे, कारण उनले कहिँकतै सुनेका थिए यस्तो स्थान हनुमानजिको प्रीय स्थल हुन्छ भनेर ।

  उनलाइ ध्यानमा मग्न हुने खेल पनि अति मन पर्थ्यो । उनी आफ्ना एक दुई जना संगिहरुलाइ लिएर कुनै एकान्त स्थलमा जान्थे अनि उनिहरुसंग मिलेर सीता - राम वा शिवजिको मुर्तिको अगाडि मुखेन्जिमा बस्थे । त्यसबेला ध्यान गर्दा उनी भगवानको गहिरो चिन्तन गर्ने गगर्थे। जतिबेला उनी ईश्वरको ध्यान मग्नतामा हुन्थे , त्यतिबेला आफ्नो छेउछाउका कुनै कुराको पनि ख्याल रहँदैनथ्यो । एकदिन ध्यान गर्दा एउटा नाग सुल्सुलाउँदै उनको छेउमा आइपुग्यो । त्यहाँ भएका सबै केटाकेटिहरुले सुइँकुच्चा ठोके , तर यहि बसिरहे । उनिहरुले उनलाइ धेरैपटक बोलाए , तर उनले केही सुनेनन । केहिबेरपछी नाग त्यहाँबाट गयो । पछि आमा - बाबुले " तँ किन भागिनस " भनेर उनलाइ सोध्दा उनले भने , " मलाई नाग देवताको बारेमा पत्तै लागेन । म त भगवानको ध्यान गर्दा आनन्दमा डुबेको थिएँ । "

  जब कुनै पनि साधु उनको घरमा आउथे, तब उनी निकै खुसी हुन्थे । कहिलेकाँही त उनले उनिहरुलाइ दामी सामानहरु पनि दिने गर्थे । एकपल्ट त उनले आफुले लगाएको नयाँ लुगा नै एकजना साधुलाइ दिए । यस घटना पछि जब कुनै पनि साधु उनको घरमा आउथे, तब उनलाइ एउटा कोठामा थुनेर राखिन्थ्यो । थुनिएको बेला यदि संयोगबस उनको नजर कुनै साधुमा पर्यो भने उनले साधुको लागि झ्यालबाट सामान खसालिदिन्थे । कहिलेकाहीँ त उनले भन्ने पनि गर्थे , एकदिन उनी पनि साधु बन्नेछन भनेर ।

  उल्लेख भैसकेको छ - नरेन्द्रका पिता वकिल थिए । वकिल भएकाले उनिलाइ सबै जाती समुदायका मानिसहरु भेट्न आउथे । त्यसबेला भारतबर्षमा अस्पृष्यताको ठूलो राज थियो । बर्तमान समयमा पनि भारतबर्ष अस्पृष्यताको बन्धनबाट मुक्त हुन सकेको छैन । झन उनको पालामा भारतवर्षको अवस्था अस्पृष्यताको सम्बन्धमा कस्तो थियो होला सहजै अनुमान लाउन सकिन्छ । यहि अस्पृष्यता सम्बन्धी रितिरिवाज पालन गर्नु पर्ने हुँदा उनले आफुलाइ भेट्न आएका जाती - समुदाय बिच हिन्दु , मुसलमान वा अरु कुनै पनि जाती छ भने , जाती अनुसार उनिहरुलाइ सत्कार स्वरुप धुम्रपानका लागि हुक्का दिंदा एउटै हुक्का नदिएर हिन्दुलाइ हिन्दुद्वारा प्रयोग गरिने अनि यसै अनुरुप मुसलमानलाइ मुसलमानद्वारा प्रयोग गरिन्वगरिने भिन्न भिन्न हुक्का दिने गर्थे । भोजन गराउदा पनि सबै जाती - समुदायलाइ एउटै ठाउँमा बसाएर गराइदैनथियो ; यसैकारण नरेन्द्रका लागि यो जाती - भेद एउटा ठूलो रहस्य थियो । हिन्दुले हिन्दुद्वारा प्रयोग गरिएको हुक्का मात्र प्रयोग गर्नु अनि यहि अनुरुप मुसलमानले मुसलमानद्वारा प्रयोग गरिएको हुक्का मात्र प्रयोग गर्नु को कारण के छ ? एउटा जातिले प्रयोग गरेको हुक्का अर्को जातिले प्रयोग गर्दा कुनै बिस्फोट हुन्छ र ? कि आकाश खस्छ ? यी प्रश्न को समाधान पाउन भनेर उनले एकदिन आफ्ना पिताजि कोठामा नभएको बेला सबै जातिद्वारा प्रयोग गरिएका हुक्का पालै पालो एक - एक गरि गुडगुडाए तर कुनै विस्फोट भएन , न त आकाश खस्यो । उनले हुक्का गुडगुडाएको बेला उनका पिताजी कोठामा पसे । उनलाइ हुक्का गुडगुडाएको देखेर पिताजिले यो के गरेको भनेर सोधे ।

  उनले उत्तर दिए - " बाबा , यदि मैले जात - पात मानिनँ भने आकास खस्छ कि भनेर सबै हुक्का तानेको हुँ । " उत्तर सुनेर पिताजी जोडसंग हास्दै आफ्नो अध्ययन कक्षमा गए । 

Friday, May 25, 2018

How to manage time for meditation


किसुनजीलाई सम्झिँदा


- स्वामी आनन्द अरुण


आज पुस ८ गते किसुनजी (कृष्णप्रसाद भट्टराई)को जन्मदिवस हो। विस्तारै उहा“को स्मृति नेपाली मनसपटलबाट धूमिल हु“दै गइरहेको छ। किसुनजीको जन्मदिवस मनाउने परम्परा ओशो तपोवनले सुरु गरेकोले हामीले उहा“लाई कहिल्यै बिर्सन सक्दैनौँ। अहिलेको नेपालको राजनीतिक अवस्था र राजनीतिक व्यक्तिहरूको चरित्र हेर्ने हो भने किसुनजी जस्तो सन्त र तथाकथित अव्यावहरिक व्यक्तिको सक्रिय नेतृत्वमा ०७, ३६ र ४६ सालको जनआन्दोलन सफल भएको पत्याउन गाह्रो होला।
२०४६ सालको परिवर्तनपछि आफ्नो प्रधानमन्त्रित्वकालमा अत्यन्त जटिल र भीषण परिस्थितिबीच सर्वमान्य संविधान बनाई, त्यही सविधानको आधारमा निष्पक्ष चुनाव गराई नेपालमा प्रजातन्त्रको नया“ जग बसाल्ने कार्य कतिको चुनौतीपूर्ण थियो त्यो विगत ७–८ वर्षदेखि संविधानलाई सर्वमान्य बनाउने कठिनाइ झेलेका सबैलाई बोध भएकै हुनुपर्छ। आफ्नै नेतृत्वमा बनेको संविधानअन्तर्गत भएको २०४८ सालको चुनाव लोकप्रिय प्रधानमन्त्री स्वयंले हारे। मलाई याद छ– त्यो पराजयबाट समस्त राष्ट्र स्तब्ध र दुःखी थियो। किसुनजीलाई हराउन दरबार, विदेशी शक्ति र स्वयं आफ्नै दलका सहयात्री एकजुट भए। अभिमन्युलाई एक्लै चक्रब्यूहमा पारेर सिध्याएझैँ नेपाली राजनीतिका यी निष्कलंक र निष्पाप व्यक्तिलाई सबै शक्तिशाली पाखण्डी मिलेर हराए। जसरी कृष्णको हत्यापछि द्वापरयुगको अन्त्य भयो कलियुगको आगमन भयो किसुनजीको पराजयपछि नेपाली राजनीतिमा त्याग, तपस्या र निष्ठाको राजनीति पनि समाप्त भयो। अवसरवादिता, पदलोलुपता, विदेशी प्रभाव र सत्तालिप्साको लागि नैतिकताको पूर्णतः तिलाञ्जली दिने कलियुगको आरम्भ भयो। नेपालको लागि गणेशमानजी, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामहरि जोशी, भीमबहादुर तामाङ, शैलजा आचार्य, प्रदीप गिरिजस्ता निष्ठाका राजनीति गर्ने व्यक्ति विस्तारै नेपथ्यमा धकेलिए। चाँजोपाजो मिलाउने र धूर्ततामा माहिर भ्रष्ट राजनीतिकर्मीहरूको वर्चस्व बढ्न थाल्यो। २०४८ सालको चुनावमा किसुनजीलाई षड्यन्त्रपूर्वक नहराइएको भए नेपाली राजनीतिको आजजस्तो दुर्गति हुने थिएन। आज नेपाल अर्कै हुन्थ्यो।
किसुनजी जस्तोसुकै विषम परिस्थितिमा पनि विनोदपूर्ण शैलीले कटाक्ष गर्न माहिर हुनुहुन्थ्यो। मौकामा कसैलाई पनि ठट्टालु पाराले व्यंग्य गर्न उहा“ पछि पर्नु हुन्थेन। मृत्युको अन्तिम क्षणमा पनि उहा“ नर्भिक अपस्तालका सेवा गर्ने नर्सहरूलाई ठट्टा गर्दै भन्नुहुन्थ्यो– 'नानीहरूले बिहे गरेको छ कि छैन? समयमै बिहे गर्नू, नत्र मेरै पारा होला!' २०५६ सालमा दोस्रोचोटि प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि मैले उहा“लाई बधाई दिँदै भनेको थिए“– राइट पर्सन इन द रङ प्लेस (खराब ठाउँमा असल मानिस)। यो सुनेर उहा“ खुब हा“स्नुभयो र स्वीकार्नु भयो।
ओशो तपोवनको वार्षिक उत्सवमा महजोडीले प्रज्ञा–प्रतिष्ठानको कार्यक्रममा उहा“माथि खुब तिखो व्यंग्य गरेका थिए। त्यस कार्यक्रमका प्रमुख अतिथि थिए– तत्कालीन सभामुख रामचन्द्र पौडेल। आफूभन्दा कनिष्ठ नेताले प्रमुख आतिथ्य गरेको कार्यक्रममा सामान्यतया नेता आउ“दैनन्। किसुनजीलाई पनि नआउने सल्लाह दिइएको रहेछ। तर, औपचारिकता तोडी त्यो समारोहमा किसुनजी आउनु भयो। पौडेलजीलाई असहज भयो। तर, किसुनजीले नै प्रेरित गरेर सहज बनाइदिनु भयो। कार्यक्रममा त्यहीँ बसेका किसुनजीलाई लक्षित गरी छोडिएका कटाक्ष उहा“लाई मन नपर्ने हो कि भनी सबै चिन्तित थिए। तर, थपडी बजाउँदै जोडजोडले हा“सेर रमाइलो मान्नेमा अग्रणी हुनु हुन्थ्यो किसुनजी नै। भैँसेपाटी पुगेपछि आफै फोन गरेर महजोडीलाई आफुमाथि गहकिलो व्यंग्य गरेर हसाएकोमा बधाई र धन्यवाद दिनु भयो।
४६ सालमा बहुदल स्थापनापश्चात् प्रधानमन्त्री नियुक्त भएपछि पत्रकार विजयकुमार किसुनजीको अन्तर्वार्ता लिन उहा“को निवासस्थान कुपण्डोल पुगेका थिए। पञ्चायत ढल्यो, बहुदलको स्थापना भयो, तपाईं प्रधानमन्त्री बन्नुभयो, अब त तपाईंको जीवनको सबै लक्ष्य प्राप्त भए होला भनी सोध्दा किसुनजीको जवाफ थियो– 'वास्तवमा मेरो जीवनको लक्ष्य नेपालको प्रधानमन्त्री हुनु होइन, मेरो जीवनको लक्ष्य मुक्ति हो र मुक्तिमा स्वतन्त्रता पनि आउ“छ, त्यो स्वतन्त्रताको संघर्ष गर्दा यो कुरा आइपरेको मात्र हो।'
आध्यात्मिक उन्नति र ईश्वर साक्षात्कार उहा“को जीवनको अन्तिम लक्ष्यका रूपमा सधैँ रहिरहे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा र गोष्ठिहरूमा जब स्रोताले उहा“बाट समसामयिक राजनीतिक विश्लेषण सुन्ने आशा गर्थे किसुनजी भने त्यहा“ पनि ईश्वरलाई नै सर्वोपरी मान्दै त्यही ईश्वर साक्षात्कारकै सेरोफेरोमा कुरा गर्नु हुन्थ्यो। २०४६ चैत २७ गतेको खुलामञ्चको ऐतिहासिक विशाल विजयसभामा लाखौँ व्यक्ति जम्मा भएका थिए। किसुनजी त्यो सभाको ठूलो आकर्षण हुनुहुन्थ्यो। उहा“ सौम्यरूपले बोल्न उठ्नुभयो र नेपाल निर्माणको यात्रामा हि“ड्न अब कुनै राजनीतिक अवरोध नभएको कुरा सम्बोधन गर्दै गीताको 'मेरो लोक न सूर्यले प्रकाशित छ न चन्द्रमाले, न कुनै अग्निले। त्यो लोकलाई प्राप्त गरेपछि फेरि यो जगत्मा फर्किनुपर्दैन' भन्ने श्लोकको व्याख्या गर्नु थाल्नुभयो। सुन्ने मानिस पनि छक्क परे। आफ्नो लामो संघर्षले ल्याएको विजय गौरव सभामा पनि किसुनजी बारम्बार आफ्नो सत्यानुभूति, ईश्वर साक्षात्कार र मुक्तिको लक्ष्य सम्भि्करहनु हुन्थ्यो।
ओशो तपोवनको स्थापनाकालदेखि नै किसुनजीस“ग हाम्रो गहन र आत्मीय सम्बन्ध रह्यो। यो आत्मीयता जीवनपर्यन्त रहिरह्यो। जेल जीवनकालदेखि नै ओशोलाई पढेको कुरा किसुनजी सधँै सम्भि्कनु हुन्थ्यो। उहा“को जीवनशैली सादा र पारम्परिक देखिए पनि ओशोको आधुनिक दर्शन र आध्यात्मिक दृष्टि उहा“ चाखले पढ्नुहुन्थ्यो, सुन्नुहुन्थ्यो।  मस“ग बसेर ओशो, रमण महर्षि, परमहंस रामकृष्ण र योगानन्दको घन्टौँ चर्चा गर्दा पनि थाक्नु हुन्थेन। जबसम्म उहा“ हिँड्न सक्नु हुन्थ्यो लट्ठी टेकेर आउनु हुन्थ्यो। हिँड्न गार्‍हो हुन थालेपछि ताम्दानी चढेर तल झर्नु हुन्थ्यो। त्यो बेलाका पत्रपत्रिकाहरूमा 'तपोवनमा बेहुला' भन्ने शीर्षकमा किसुनजी ताम्दानी चढेको फोटो प्रख्यात भएको थियो। उहा“ ओशो तपोवन निरन्तर आइरहनु भयो। आश्रमको साधारण शाकाहारी भोजन खुब स्वादिष्ट मान्दै रमाउँदै खानु हुन्थ्यो।
किसुनजीका केही उद्गार
• मानव स्वाधीनताको प्रश्न एक सार्वकालिक प्रश्न र समस्या हो। यसका अन्त्यहीन तन्तुहरू पृथ्वीदेखि अन्तरीक्षसम्म फि“जिएका छन्, जसको विभिन्न व्याख्या ज्ञानीहरूले गरेका छन्।
• सा“च्चिकै सेन्स अफ ह्युमर भएको मानिस सामन्ती हुनै सक्दैन।
• मेरो जीवन मबाट होइन परमात्माबाट प्रेरित र निर्देशित छ। खाली कमी र कमजोरीमात्र मेरा हुन्।
• चलाख राजनीतिज्ञले धेरैजसो क्षणिक सफलता प्राप्त गर्न सक्छ, तर दिगोरूपमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन।
• मेरो स्वतन्त्रताको संघर्ष जुन हो, कहा“ गएर मिल्न जान्छ भने मुक्ति अर्थात् निर्वाणस“ग।
जुनसुकै व्यक्तिलाई सम्भि्कँदा हामीलाई उसको विचार, भावना र तरंगले छुने गर्छ। किसुनजीलाई सम्भि्कँदा या उहा“को बारेमा लेख्ने प्रयास गर्दा निष्ठा, सरलता र आध्यात्मिकताले मेरो आ“खा रसाउ“छ। आउने पिँढीलाई यो विश्वास गर्न गाह्रो होला कि, इमानदारी र त्यागका यस्ता शिखर व्यक्तित्व कुनै बेला नेपालको राजनीतिमा हुनु हुन्थ्यो। उहा“ मलाई एक राजनीतिज्ञ कम ऋषि बढी लाग्नु हुन्छ। आज उहा“ हामीबीच भएको भए उहा“को ऋषिमनले नेतृत्व गरेको संविधान सबै नेपालीले सहर्ष स्वीकार गर्थे।
सबै प्रकारको शोषण र मानवमात्रको मुक्ति उहा“को लक्ष्य थियो र उहा“लाई यो स्पष्ट थियो कि स्वयंको रूपान्तरण र मुक्तिबिना यो सम्भव छैन। बाँडेगाउ“को उहा“ सुत्ने सानो कोठामा आज पनि त्यही निष्ठा र इमानदारीको सुगन्ध छ। त्यो सन्त पुरुषको अचल निष्ठा र ईश्वरप्रतिको निश्छल श्रद्धालाई सम्भि्कँदामात्र पनि हाम्रो आ“खा सजल हुन्छ, हृदय पवित्र हुन्छ।

शुक्रबार, ०८ पुष २०७३, १० : २६
www.nagariknews.com

रमण महर्षिका प्रेमपात्रहरू


- स्वामी आनन्द अरुण

हाम्रो पूर्वीय मान्यताअनुसार गोवर्धन पूजा, काग पूजा, कुकुर पूजा, गोरु पूजा यी पूजा पनि हाम्रो संस्कृतिका अभिन्न अंग हुन् । जनावरलाई पनि आदर गर्नु, मनुष्यजस्तै सम्मान दिनु हिन्दु संस्कृति विशिष्टता हो । जनावर मात्र होइन, रुख, नदी, वृक्ष, पहाडलाई पनि उपासना, ध्यान र प्रार्थनाको अभिन्न अंग बनाई जीवन्त मान्ने हिन्दुहरूको विशाल र अनुपम परम्परा छ । यो युगमा यस्तै एक व्यक्ति हुनुभयो जो जनावरहरुलाई अद्वितीय सम्मान गर्नु हुन्थ्यो र उनीहरुस“ग साक्षात् वार्तालाप गर्नु हुन्थ्यो । जनावरहरुलाई पनि उहा“को सान्निध्यमा ध्यान र समाधि लाग्थ्यो । यस्ता अनौठा सन्तको नाम हो– भगवान् श्री रमण महर्षि ।
१८७९ इस्वीमा दक्षिण भारतको तृची भन्ने सानो गाउ“मा उहा“को जन्म भयो । १६ वर्षको उमेरमा उहा“मा परम् वैराग्यको उदय भयो । दैवी आश्रयमा पूर्ण निमग्न भई घर छोडेर उहा“ले दक्षिण भारतको तिरुवन्नमलई भन्ने स्थानमा पुग्नुभयो । त्यहा“ अवस्थित साक्षात् शिव मानिने पवित्र अरुणाचल पर्वतको शरणमा पर्नुभयो र आफ्नो एकनिष्ठ साधनाले समाधि प्राप्त गर्नुभयो । उहा“ मौन बस्नुहुन्थ्यो र शिक्षणको अधिकांश भाग पनि मौन थियो ।
उहाँको उपस्थिति यति प्रखर थियो कि जो व्यक्ति, जे प्रश्न लिएर आउँथे ती प्रश्न उहा“को उपस्थितिमा पुगेर या त बिलाउँथे या त त्यसको महत्व नै हराउँथ्यो । मन निश्चल हुन्थ्यो । उहा“ वैराग्य र तपस्याको प्रतिमूर्ति हुनुहुन्थ्यो । पवित्रता र शुद्धीको उहा“ गौरीशंकर हुनुहुन्थ्यो । यो युगमा त्यति इमानदार तपस्वी पाउन अति दुर्लभ छ । उहा“ ईश्वरमा पूर्ण निर्भर रहेर परम् वैराग्यमा जिउनुभयो । एउटा लङ्गोट र कमण्डलुबाहेक उहा“स“ग केही पनि हुन्थेन । उहा“को तेज र उपस्थिति यति गहन थियो कि जस्तोसुकै व्यक्ति पनि उहा“को सान्निध्यमा नतमस्तक हुन्थे र गहिरो शान्तिको अनुभव गर्थे । विश्वले उहा“लाई ‘मौन सन्त’ भनेर चिन्यो ।
रमण महर्षिको जनावरहरुस“ग विशेष सम्बन्ध थियो । उहा“को हृदयमा मानिसप्रति मात्रै होइन जनावरप्रति पनि उत्तिकै करुणा र प्रेम थियो । उहा“को आश्रम मात्रै एउटा यस्तो आश्रम हो जहा“ उहा“को सान्निध्यमा समाधिलाभ गरेका जनावरहरुको पनि समाधि निर्माण गरिएको छ । त्यसमा सबैभन्दा प्रख्यात कहानी लक्ष्मी नामक गाईको छ । लक्ष्मीलाई एक जना किसान भक्तले आश्रमका लागि भनेर दान दिएका थिए ।
सन् १९२६ मा अरुणाचल पिल्लाई नाम गरेका किसानले गाई र भर्खर जन्मेको बाछीलाई लिएर रमण महर्षि कहा“ आईपुगे । ‘बाछी जन्मिएपछि गाई र बाछी दुवै रमण महर्षिलाई दान दिनू’ भन्ने स्वप्न आदेश पाएछन् । गाई र बाछी लिई उनी रमण आश्रममा आईपुगे र दान लिने आग्रह गरे । आश्रम वरपर त्यसबेला चितुवाको बिगबिगी थियो र गाईको हेरचाह गर्ने व्यक्ति पनि कोही नभएकाले आश्रमले गाई लिन मानेन तर किसानले स्वप्नआज्ञालाई अवज्ञा नगर्ने अठोट देखाए । महर्षिले ‘तिमीले स्वप्न आदेशअनुसार गाई ल्यायौ ठीक छ, मैले लिए“ ।
स्वप्न आदेश पूरा भयो तर अब म तिमीलाई यो गाई फेरि आश्रमको तर्फबाट लिएर जान आग्रह गर्छु’ भन्दै किसानलाई नै फर्काउन खोजे । तर यसैबीच एक भक्त रामनाथले म गाईको जिम्मा लिन्छु भनेपछि गाई र बाछीलाई आश्रमबाट केही पर पाल्ने व्यवस्था भयो । शुव्रmबार बाछी आश्रम आइपुगेकाले बाछीको नाम लक्ष्मी राखियो । गाई र बाछी बिहान चर्न र पानी खान आश्रम नजिकको पोखरी र जंगलमा आउँथे । बाछी हुर्किएपछि आफैँ आश्रमसम्म आइपुग्ने भई ।
लक्ष्मीको बानी व्यहोरा अनौठो थियो । भोजनको समयमा रमण महर्षि बसेको सोफानजिकै आएर उहा“को पाउ नजिक बस्थी । रमण महर्षिले केही खानेकुरा दिएपछि खाएर फेरि बाहिरिन्थी । जनावर ठानेर कसैले हप्कायो भने फेरि लक्ष्मी कहिल्यै उसको नजिक जाँदैनथी । लक्ष्मी अरुले आफूप्रति गर्ने व्यवहारप्रति संवेदनशील थिई । लक्ष्मीको आत्मसम्मान दुर्लभ थियो । आश्रम अलि व्यवस्थित भइसकेपछि गौशाला निर्माण गर्ने निर्णय भयो । लक्ष्मीकी माता गाईको मृत्यु भइसकेको थियो । अब आश्रममै बस्ने व्यवस्था हुन लागेकोमा लक्ष्मी हर्ष र उत्साहले पुलकित देखिन्थी ।
आश्रममा अरु भक्तहरुले पनि गाई उपहारस्वरूप दान दिएका थिए । गौशालाको जग राख्ने दिन बिहानै लक्ष्मी महर्षिको नजिकै आएर बसिरही, नहल्लीकन । जब महर्षि गौशाला निर्माण स्थल जाने भनेर उठ्नुभयो लक्ष्मी पनि स“गै उठी र गौशाला निर्माण स्थलसम्म स“गै गएर भूमिपूजनमा महर्षिस“गै बसिरही । त्यो अनुष्ठान सकिएपछि लक्ष्मी आश्रमभरि खुसीले रोमाञ्चित भएर घुमी । पछिका दिनमा उसको व्यवहार देखेर आश्रमका आउने मानिसहरु पनि अच्चभित हुन्थे । प्रत्येक दिन भक्तहरु आएर रमण महर्षिलाई ढोगेजस्तै लक्ष्मी पनि महर्षिको पाउमा आएर ढोग्थी र महर्षिले थपथपाएपछि मात्र ऊ बाहिर जान्थी । भक्तहरुले पनि नपाउने रमणको थपथपाई लक्ष्मीले पाउँथी । रमण महर्षि पनि उसलाई एक उच्च कोटीको शिष्याजस्तै व्यवहार गर्नुहुन्थ्यो ।
कहिलेकाहीँ लक्ष्मी महर्षि बसेको कोठामा सबैलाई ठेल्दै प्रवेश गर्थी । ‘लक्ष्मीभित्र छिर्न खोजी भने चनाखो भएर सबैले उसका लागि ठाउ“ छोडिदिनू, बिना कुनै रोकटोक भित्र प्रवेश गर्न दिनू’ भन्ने महर्षिको आदेश थियो । आश्चर्य यो थियो कि उसले पाएका नौ वटा बाछाबाछीमा तीन वटा रमण महर्षिको जन्मजयन्तिको दिनमा व्रmमशः जन्मिएका थिए । बच्चा पाएपछि ऊ सिधै महर्षिको अघि आएर बच्चा जन्मियो भन्ने खबर सुनाउन आएजस्तो गरी चुपचाप उभिन्थी । महर्षि रमण र ऊबीच भित्रभित्रै सम्वाद भइरहेको प्रतीत हुन्थ्यो । महर्षि पनि बच्चा जन्मिएछ भनी हेर्न जानु हुन्थ्यो र लक्ष्मी पछिपछि लाग्थी ।
लक्ष्मीको प्रिय भोजन इड्ली थियो । एक दिनको कुरा हो । महर्षि हलमा बस्नुभएको थियो । लक्ष्मी खुरुखुरु आएर महर्षिको अघि उभिइरही । महर्षिले नजिकका सहयोगीलाई हेरेर सोध्नुभयो, ‘लक्ष्मीको गुनासो छ कि उसलाई आज बिहान खाजामा इडली दिइएन के समस्या भयो ?’ सहयोगीले भने, ‘भान्छामा बुझ्दा इडली सिद्धिएर पोंगल खाजा लक्ष्मीलाई दिइएको थियो तर त्यो उसलाई मन परेन । त्यसैले तपाईं कहा“ गुनासो गर्न आएकी ।’ महर्षिले ‘केही इडली बा“की छ ?’ भनी सोध्नुभयो । आश्रमको कुनै भक्त सरसामान खरिद गर्न सहर गएका छन् ।
उनको खाजाको लागि चार वटा इड्ली राखिएको रहेछ । महर्षिले प्लेटमा दुई वटा इडली ल्याउने आज्ञा दिनुभयो र लक्ष्मीलाई खुवाउनु भयो । त्यो इड्ली खाइसकेपछि लक्ष्मी फर्केर गई । यो घटनाले के देखाउ“छ भने लक्ष्मी महर्षिस“ग अन्तर वार्तालाप गर्थी । मनुष्यले बोलेर बताउनु पर्ने कुरा लक्ष्मीले महर्षिलाई अघि आएर उभिएर केही आवाज ननिकाली बताउँथी । महर्षि पनि बुझ्नुहुन्थ्यो र सोहीअनुसार प्रत्युत्तर दिनु हुन्थ्यो ।
तेस्रो बच्चा गर्भमा बसेपछि एक दिन बेलुका लक्ष्मी महर्षिका छेउमा आएर आखाभरि आ“सु झारेर बसिरही । महर्षिको हृदय पनि द्रवित भयो । प्रेमले हात उसको लक्ष्मीको टाउको मुसार्दै महर्षिले भन्नुभयो, ‘तिमीलाई सहर फर्किन मन छैन ? यहीँ बस्ने इच्छा छ ? मैले के गर्ने ?’ नजिकै बसेका भक्तहरुलाई लक्ष्मीतिर देखाउदै उहा“ले भन्नभयो, ‘बच्चा जन्मिने छ रे, त्यसैले अब फर्किन मन छैन भन्छे लक्ष्मी ।’ कसै गरेर महर्षिले लक्ष्मीलाई फकाएर फर्किन मनाउनु भयो । त्यही रात लक्ष्मीले बच्चा जन्माई । लक्ष्मीको हेरचार गर्ने भक्तको पारिवारिक समस्या आएको कारण अर्को दिन उनी घर फर्किनु प¥यो ।
लक्ष्मी र तीन वटै बाछाहरु उनले आश्रम परिसरमा सरे । लक्ष्मी महर्षिलाई भेट्न गई र टाउको महर्षिको गोडामा निउराएर नहल्लिकन बसी रही । ‘ए, तिमी अब आश्रममै बस्ने हो ?’ भनी महर्षिले सोध्नुभयो । लक्ष्मी केही नबोली ट्रान्समा डुबेजस्तो गरेर बसी रही । स“गै बसका भक्तहरुलाई हेरेर महर्षिले भन्नुभयो, ‘लक्ष्मी ढुक्क भए“ भन्छे । तीनै वटा बाछाहरु अब मेरो जिम्मा लगाएर उसका सबै चिन्ताहरु बिदा भए रे !’
महर्षिको लागि लक्ष्मी एक जनावर मात्र थिइन । अरु भक्त र साधकझैं महर्षिस“ग उसको जीवन्त सम्बन्ध थियो । यो सम्बन्ध लक्ष्मीको जीवनको अन्त्यकालसम्म रह्यो । १७ जून १९४८ लक्ष्मी बिरामी भई । अर्को दिन महर्षि उसलाई हेर्न जानुभयो । लक्ष्मी जमिनमा पल्टेकी थिई । महर्षिले नजिकै गएर एक हातले लक्ष्मीको टाउकोमा र अर्को हातले हृदयमा स्पर्श गरी दबाउनुभयो । रमण महर्षि लक्ष्मीस“ग कुरा गर्दै ‘सबै ठीक छ’ भन्दै केहीबेर स“गै बस्नुभयो । रमण महर्षि निश्चिन्त हुनुभयो कि लक्ष्मीको हृदय वासनारहित एवं शुद्ध चेतनाद्वारा आच्छादित थियो । उसका आ“खा स्थिर र शान्त थिए । यसरी लक्ष्मी पूर्ण चैतन्यस्वरुप भएर यो संसारबाट सदाका लागि मुक्त भई । सबै विधिविधानका साथ उसलाई आश्रम परिसरमै समाधिस्थ गरियो । आज त्यो आश्रमको एक पूजनीय स्थल भएको छ ।
रमण महर्षिले भन्नुभएको रहेछ, लक्ष्मीले पूर्वजन्ममा कति ठूलो तपस्या गरेकी होली कि यो अन्तिम जन्म लिएर यहा“ आई र मुक्त भएर गई । आश्रममा सबैलाई यो विश्वास थियो, सन् १८९० को दशकमा अरुणाचल डा“डामा बस्दा उहा“को अनन्य सेवामा समर्पित एक महिला किराइपत्तीले नै जन्म लिएर फेरि महर्षिको शरणमा आइकी हुन् । किराइपत्ती महर्षि आउनुभन्दा पहिलै त्यहा“ बस्न आएकी थिइन् । किराइपत्ती जंगलमा उम्रेको साग, कन्दमुल र भिक्षाटन गरेर जम्मा गरेका सरसमानबाट रमण महर्षिलाई भोजन अपर्ण गर्थिन् । सारा दिन डा“डाभरि घुमेर खान लायकका लता, कन्दमुल जम्मा गरेर ल्याउँथिन् ।
महर्षिलाई नखुवाई आफूले खान्न थिइन् । साग, कन्दमुल खोज्न सघाउन महर्षि पनि जानुहुन्थ्यो । रमण महर्षि पनि किराइपत्तीलाई खुब प्रेम गर्नुहुन्थ्यो । सन् १९२२ मा डा“डाबाट विरुपाक्ष गुफामा महर्षि बस्न आउनुभन्दा केही महिनाअघि समर्पण र प्रेमकै उच्च स्थितिमा किराइपत्तीले शरीर छोडिन् । उनको शरीर महर्षि कै निर्देशनमा तल ल्याइयो र दक्षिणमूर्ति मन्दिरको अघि भूमिदहन गरियो ।
त्यहीँ किराइपत्ति नै फेरि लक्ष्मी गाईको रुपमा जन्म लिई पुनः रमण महर्षिको सान्निध्यमा आइन् भन्ने तथ्य रमण महर्षिले पनि कहिल्यै नकार्नुभएन । एउटा आश्चर्यजनक संयोग यो छ कि किराइपत्ती आफ्नो जन्मथलो भेलोर जिल्लाको गुडियातम् सहरबाट तिरुवन्नामलई आएकी थिइन् । लक्ष्मीले फेरि जन्म त्यही सहरमा लिएकी थिई । गुडियातम् जिल्लाकै किसानको गोठमा लक्ष्मीले जन्म लिनुभन्दा केही दिनअघि सो किसानले सपनामा बाछी जन्मेपछि उसलाई रमण महर्षि आश्रममा पु¥याइदिने स्वप्नआज्ञा पाएका थिए ।
रमण महर्षिका सान्निध्यमा चार वटा जनावरले सिधै मनुष्य जुनीमा नजन्मिकनै मोक्ष प्राप्त गरे । रमण महर्षिको आश्रममा ज्याकी नाम गरेको कुकुरको, कागको, वल्ली नाम गरको मृगको समाधि अहिले पनि छ ।
एक पटक महर्षि घुम्न निस्किनु भएको थियो, एउटा कुकुर एक्कासि झाडीबाट महर्षिलाई चिनेझैँ गरेर अघि आएर पुच्छर हल्लाउन थाल्यो र महर्षि अघि बढेपछि ऊ पछिपछि लाग्यो र त्यस दिनदेखि उसले रमणको सान्निध्य छोडेन । उसको नाम करुप्पन थियो । झाडीको पछाडि लुकेर बस्ने एकान्तप्रिय उसको स्वभाव थियो । उसमा प्रवल वैराग्य थियो । हप्काउने, दुव्र्यवहार गर्ने व्यक्तिको नजिक आउँथेन ।
पछि ऊ आश्रममै आएर बस्न थाल्यो । उसमा ठूलो परिवर्तन आयो, पूर्व उदासिनता छोडेर ऊ सबैको प्रेम पात्र भयो । आश्रममा भोजन वितरणको बेलामा ऊ अन्य साधक र आगन्तुकजस्तै धैर्यपूर्वक लाइनमा लागेर भोजन गथ्र्यो । समझदारीपूर्ण उसको व्यवहारका कारण सबैले उसलाई माया गर्थे । एक पटक एक कट्टर ब्राह्मण त्यहा“नजिकै भएको बेलवृक्षमुनि मन्त्र साधना गर्न बसेछन् । उनी कुकुरलाई अपवित्र ठान्थे र उसलाई नजिक आउन दिँदैनथे । ती ब्राह्मण प्रतिको आदरभावको कारण एक आश्रमबासीले करुप्पनलाई डण्डाले कुटेछन् । करुप्पन व्रmन्दन गर्देै कतै लाग्यो, पुनः आश्रममा कहिल्यै फर्केन । उसको धेरै खोज गरियो तर कतै देखिएन । आत्मसम्मानको गहिरो बोध भएको करुप्पनलाई मनुष्यको दुव्र्यवहार सहन भएन । ऊ मानौँ कतै बिलायो कहीं भेटिएन ।
‘यहा“ आउने कुनै पनि जनावरलाई दुव्र्यवहार नगर्नू । हेर्दा जनावर देखिए पनि हामीलाई थाहा ह“ुदैन कि त्यो शरीरमा कस्तो आत्माले निवास गरिरहको छ,’ भनी महर्षि सबैलाई सम्झाउनुहुन्थ्यो । तर शिष्य त शिष्य नै हुन्छन् । एक पटक त्यही आश्रममा बस्ने एक कुकुरले अलिक चञ्चल व्यवहार गरेछ । एक भक्तले खुब हप्काएछन् । त्यो कुकुर नजिक रहेको शंखतीर्थम् सरोवरतिर दौडेछ । केही क्षणपछि त्यही सरोवरमा उसको मृत शरीर तैरिरहेको देखियो । सायद उसको आत्मसम्मानमा यति चोट लाग्यो कि बाँच्न स्विकार गरेन । जनावरहरुका लागि असम्भव हुने अनौठा व्यवहार जनावरले रमण आश्रममा गर्थे ।
त्यस्तै आश्रममा एक कुकुर कमला थिई । रमण महर्षिस“ग उसको विशेष सम्बन्ध थियो । कुनै नया“ आगन्तुक आयो भने महर्षि उसलाई आश्रम घुमाइदिन अ¥हाउनु हुन्थ्यो । पर्वत घुमाइदिन, गुफा देखाइदिन, जे जे देखाइदिन महर्षिले त्यो कमलालाई अ¥हाउनु हुन्थ्यो, पाएको निर्देशानुसार नै आगन्तुकलाई घुमाउँथी । उसको यो उच्च संवेदनशील व्यवहार अनुपम थियो ।
रमण मौन बस्नुहुन्थ्यो । त्यसैले जनावरहरुस“ग बिना शब्द प्रत्यक्ष उहा“को सम्वाद हुन्थ्यो । बा“दरहरूको ठूलो समूह त्यहा“ बस्थ्यो । उनीहरु बेलाबेलामा झगडिरहन्थे । रमण महर्षि भन्नुहुन्थ्यो, ‘यिनीहरुको झगडा पनि कहिलेकाही मैले मिलाइदिनुपर्छ ।’ हुन पनि बा“दरहरु झुण्डका झुण्ड महर्षि कहा“ आफ्नो समूहको गुनासो लिएर आउँथे । महर्षि दुवै पक्षको कुरा सुनेर कुन समूहको गल्ती हुन्थ्यो, त्यसलाई गाली गर्दै अब आइन्दा यसो नगर्ने चेतावनी दिनुहुन्थ्यो । जुन समूहले चेतावनी पाउँथ्यो ऊ झुकेर महर्षिका कुरा सुन्थ्यो र बिस्तारै फर्किन्थ्यो भने अर्को समूह न्याय पाएकामा हर्षोल्लास मनाएझैं हल्लीखल्ली गर्दै जंगलतिर लाग्थे । यसरी रमण महर्षि जनावरहरुको न्यायाधीश बनेर उनीहरुको समस्याको छिनोफानो गरिदिनुहुन्थ्यो । जनावरले पनि उहा“को निर्णय मान्थे ।
आश्रमको नजिकै एक एउटा सानो तलाउ थियो । त्यहा“ एक चितुवा पानी खान आउँथ्यो । यसबाट सबैजना त्रस्त थिए तर महर्षि भन्नुहुन्थ्यो– उसले आउनुभन्दा अघि दहाडेर मलाई खबर गर्छ कि ऊ पानी पिउन आउँदैछ । त्यो चितुवा पानी पिइसकेपछि फेरि एक दहाड मारेर जंगलमा लुप्त हुन्थ्यो । ‘म अब गए“ भनेर उसले आवाज दिन्छ । उसले कसैलाई बिगार गर्दैन नडराउनू’ भनी रमण महर्षि सबैलाई सम्झाउनु हुन्थ्यो ।
समाधि भएको कागको पनि अनौठो कहानी छ । एउटा काग रमण महर्षिको दर्शन गर्न बारम्बार आउँथ्यो । रमणको नजिक आएर बसिरहने उसको सत्संगनिष्ठा अनुपम थियो । ऊ रमण महर्षिको हातबाट मात्र खान्थ्यो । एक पटक धेरै लामो समयसम्म ऊ हलचल नगरी एक स्थानमा बसिरह्यो । उसले वरिपरिको वातावरणप्रति खासै उत्सुकता देखाएन । त्यो कागको अन्तिम समय आएको रहेछ र बिरामीले थला परेको रहेछ । त्यो थाहा पाएर रमण महर्षि हेर्न आउनुभयो र उसलाई हातमा लिएर बस्नुभयो । केही क्षणपछि उसले महर्षिकै हातमा प्राण त्याग्यो ।
रमण महर्षिले भन्नुभयो, ‘यो प्राणी कागको शरीरमा ठूलो ऋषि थियो । अब मुक्त भयो ।’ यसरी महर्षिको प्रेम र अनुरागको भागी मनुष्य मात्रै थिएनन्, अरुणाचलको विरान पर्वतमा बास गर्ने सबै खाले जनावर– बा“दर, कुकुर, लोखर्के, मयूर, सर्प, गाई, काग, बिरालो सबै थिए । जनावरहरु आफ्नो निसर्गमा निर्मल हुन्छन् र उनीहरुबाट मनुष्यले धेरै सिक्न सक्छन् भन्ने प्रेरणा महर्षिले आफ्नै व्यवहार र जीवनचर्याबाट दिनुहुन्थ्यो ।

शनिबार, ०४ मङि्सर २०७३, ०९ : ३९
www.nagariknews.com

एक कविको भविष्यवाणी


- स्वामी आनन्द अरुण

ओशो आफ्नो जीवनको विभिन्न कालखण्डमा भिन्नभिन्न नामले चिनिए। विद्यार्थीकालमा रजनीशचन्द्र मोहन, प्राध्यापक भइसकेपछि आचार्य श्री रजनीश, शिष्यहरूको लागि संन्यास दिक्षा सुरु गरिसकेपछि भगवान् श्री रजनीश र अन्तिम दिनमा उनी ओशोको नामले विश्वप्रसिद्ध हुन पुगे। शब्दातीत ओशोलाई शब्दमा पक्रन जति दुरुह भए पनि उनीबारे केही शब्दहरू लेख्न या बोल्नु मलाई अति सुखद लाग्छ। हाम्रो संस्कृतिमा प्रसिद्ध उखान छ– हरि अनन्त, हरिकथा अनन्ता। सन्त पुरुषहरूको बारेमा जति लेखे पनि, जति बोले पनि उहा“को व्यक्तित्वलाई शब्दमा अटाउन सकिँदैन। जबजब म समाधिस्त व्यक्तिहरूको जीवनलाई शब्दमा उतार्ने प्रयास गर्छु, उनीहरूको जीवन चरित्रले सत्पथमा हिँड्न मलाई ठूलो प्रेरणा दिन्छ। उनीहरूको सत्यप्रतिको निष्ठा, मुमुक्षा र सहजताले परम जागृति र मुक्तिको मार्गमा लाग्न झक्झकाइरहन्छ।
केही वर्षपछि मानिसलाई यो विश्वास गर्न कठिन हुनसक्छ कि ओशो जस्तो व्यक्ति यही मनुष्य शरीरमा थिए र एक्लै व्यक्तिले संसारको सबै प्रकारका पाखण्डका विरुद्ध विद्रोहको शंखनाद गरे! ओशो जति विद्रोही र क्रान्तिकारी थिए उति नै सृजनशील र कलात्मक पनि थिए। उनले संसारका सबै धर्म र बुद्धपुरुषहरूको वचनलाई पुनर्जागृत र पुनर्व्याख्या गरे। ७ सय पुस्तकको रचना गरे। ६ सयभन्दा बढी रूपान्तरणकारी सुन्दर ध्यानपद्धतिको विकास गरे। 
यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन। 
आफ्नो जीवनकालमा ओशो अबुझ र विवादास्पद नै रहे। धार्मिक व्यवसायीहरूले उनको विरोध गर्न कुनै कसर छोडेनन्। अन्ततः उनको हत्या पनि गरे। तर, सौन्दर्यका उपासक, कलाका पारखी ओशोलाई भारतवर्षका मुर्धन्य चिन्तक र कलाकारहरूले उनको जीवनकालमै मुक्तकण्ठले प्रशंसा गरे। त्यसमध्ये केही प्रसिद्ध व्यक्ति हुन्– अमृता प्रितम, खुशवंत सिंह, हरिप्रसाद चैरसिया, कल्याणजी–आनन्दजी, पण्डित जसराज, राजन–साजन मिश्र, एम. बी. कामथ, गुलजार, कन्हैयालाल नन्दन, महाकवि गोपालदास निरज, राम जेठमलानी आदि। आज पनि पूर्वाग्रहबाट मुक्त संसारभरिका स्वतन्त्र चिन्तक र सच्चा अध्यात्मिक अन्वेषकहरू उनको प्रज्ञा र साहसबाट आश्चर्यचकित छन्। नेपालको बौद्धिक वर्गको ठूलो संख्या ओशोका नियमित पाठक रहँदै आएका छन्। 
जीवनको अन्तिम कालमा भारतका एक जना सुप्रसिद्ध कवि हरिवंश राय वच्चनले आफ्नो एक मित्रलाई पठाएको पत्रमा लेखेका थिए– 'हिजो म ७३ वर्षमा प्रवेश गरेँ। स्वास्थ्य अवस्थाअनुसार छोटामोटा कैयौँ रोग लागेका छन् र त्यसको उपचार गरिरहेको छु। तर, निको नहुन सक्ने एक पुरानो रोगले मलाई पक्रेको छ। त्यो रोग हो– रजनीशाइटिस्। वर्षौँदेखि म रजनीशलाई पढिरहेको छु। तापनि म उनलाई नाप्न र पूरै बु‰न सकिरहेको छैन।'
बच्चन अगाडि लेख्छन्, 'ओशोको सम्भोग से समाधि की ओर कृति एक उच्चकोटिको पुस्तक हो। यसलाई सबैले पढ्नैपर्छ। खासगरेर नौजवानले। यो पुस्तकलाई कलेज, विश्वविद्यालयहरूमा एक मुख्य विषयको रूपमा पढाइनुपर्छ। यो यस्तो एक पुस्तक हो जसलाई आमाबुबाले आफ्ना छोराछोरीको विवाहमा उपहारको रूपमा अवश्य दिनुपर्छ। यो पुस्तक हरेक घरमा हुनुपर्छ। यो पुस्तकको बारेमा मैले जो भने पनि त्यो कम नै हुन्छ।'
सन् १९६९ मा कवि वच्चनले दिल्लीको एक साहित्यिक कार्यक्रममा ओशोलाई दोस्रो पटक भेटे। त्यतिबेला ओशो आचार्य रजनीशको नामले चिनिन्थे। ओशो पनि सो कार्यक्रममा वक्ताका रूपमा निम्त्याइएका थिए। बच्चनले ओशोलाई केही महिनाअघि भेटिसकेका रहेछन् र ओशोको गहन उपस्थिति र प्रज्ञाबाट अभिभूत भइसकेका रहेछन्। आफ्नो आत्मकथामा उनले त्यो प्रथम भेटलाई यसरी सम्झेका छन्, 'उनी ३५ को हाराहारीमा थिए। सुगठित सुन्दर शरीर, ठूला भेदनयुक्त आ“खाले उनको भित्री गरिमाको आभास दिन्थ्यो। उनी स्वतन्त्र र स्पष्ट वक्ता थिए।'
हरिवंश राय बच्चनको ख्याति एक लोककविका रूपमा भारतभरि फैलिसकेको थियो। उनको भावुक कवि हृदय ओशोका आग्नेय र विद्रोही अभिव्यक्तिबाट विस्मित भयो। जब उनको बोल्ने पालो आयो उनी ओशो बसेको नजिकै गए र भावुक भएर माइकबाट उनले उद्घोष गरे, 'रजनीश, म तिमीजस्तो रहस्यदर्शी होइन। म केवल कवि हु“। त्यसैले भविष्यवाणी गर्न सक्दिनँ। तर, यो म विश्वासपूर्वक भन्न सक्छु कि तिमी यति सुन्दर, साहसी र विद्रोही छौ कि यो दुनियाले तिमीलाई बु‰ने र पचाउने छैन। मलाई डर छ तिमी मारिने छौ।'
ओशोले पनि तुरुन्तै जवाफ दिए, 'बच्चनजी सामान्य व्यक्तिजस्तै अस्पतालको बेडमा मर्ने मेरो पनि इच्छा छैन। यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन। म आफ्नो जीवनलाई समाज रूपान्तरणको लागि उपयोग गरिरहेको छु र आवश्यक परे यसै लक्ष्यका लागि मेरो मुत्युको पनि उपयोग हुनेछ।'
आश्चर्य नै मान्नुपर्छ कि त्यो प्रसिद्ध कविले भावातीत निर्दोष अवस्थामा दिएको अभिव्यक्ति भविष्यवाणी नै सिद्ध भयो। संसारको सबैभन्दा ठूलो र संगठित धर्म र संसारको सबैभन्दा शक्तिशाली राष्ट्र पनि एक निशस्त्र व्यक्तिबाट डरायो। यो ढोँगी र आडम्बरी समाजले ओशोलाई मारेरै छोड्यो।
बिहिबार, २३ मङि्सर २०७३, ११ : ०३
www.nagariknews.com


प्रेमको बिजारोपण


- स्वामी आनन्द अरुण


२९ मार्च १९६९ को सौभाग्यशाली सन्ध्या मेरा मानसपटलमा सधैँ तरोताजा रहनेछ । त्यस दिन पहिलोपटक मैले आफ्नो गुरु आचार्य रजनीशको दर्शन पाए“ । त्यसबखत म पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिएँ । म त्यहा“को सिन्हा पुस्तकालयमा अध्ययनका लागि जाने गर्थें । पुस्तकालयमा अत्यन्त दुर्लभ पुस्तकको संकलन थियो ।  धर्म, दर्शनशास्त्र र ज्योतिषको अध्ययनका लागि म त्यहा“ नियमित जाने गर्थें । मध्याह्न पुस्तकालयबाट निस्केपछि सूचनापाटीमा एउटा पम्प्लेट टा“सिएको देखे“, जसमा सोही दिन बेलुका त्यही पुस्तकालयको लनमा आचार्य रजनीशले प्रवचन दिने जानकारी थियो । त्यसअघि मैले यो नाम कहिल्यै सुनेको थिइनँ ।
स्कुले जीवनदेखि नै ध्यान, योग, प्राकृतिक चिकित्साप्रति मेरो विशेष रुचि थियो । त्यसबखत कुनै सद्गुरु नभेटाए पनि मैले पुस्तककै सहायताले ध्यान र योगका अभ्यास गरिरहेको थिए“ । मैले त्यस बखतका उत्तर भारतका प्रायः सबै आश्रम चहारिसकेको थिए“ र नाम चलेका सबै गुरुलाई भेटिसकेको थिए“ । त्यसमध्ये दीक्षा दिने अनेक गुरुबाट दीक्षित पनि भइसकेको थिए“ । तीमध्ये केही गुरु हुन्, आनन्दमूर्तिजी, महर्षि महेश योगी, अनुकूल चन्द ठाकुर, ऋषिकेशका स्वामी शिवानन्दजी, राष्ट्रियसेवक संघका माधवराज गोलवर्कर, रामकृष्ण आश्रमका सन्न्यासीहरू इत्यादि । यिनीहरू सबैस“ग आफ्नै विशेषता थिए र मैले यिनीहरूबाट केही न केही सिक्ने मौका अवश्यै पाएको हुँ, तर कहीँ पनि मेरो आन्तरिक तारतम्य मिलिरहेको थिएन र मेरो अन्तर्मन आफ्नो मार्गदर्शक गुरुको प्रतीक्षामै थियो ।

विवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा यी चारै दर्शनबीच समन्वयको खोजमा थिए“ । यिनीहरूको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाइनँ भनेर म रुने गर्थें

त्यसबखत विद्यार्थीका दुई प्रमुख संगठन थिए । एक थियो, वामपन्थी विचारबाट प्रभावित स्टुडेन्ट फेडरेसन र अर्को दक्षिणपन्थी जनसंघको राष्ट्रिय विद्यार्थी परिषद् । माधवराज सदाशिव गोलवर्करको विद्वता र साधुताबाट म प्रभावित भए“ र केही वर्ष राष्ट्रियसेवक संघको शाखा सञ्चालक पनि बने“ । पछि विभिन्न आश्रममा तथाकथित साधुको दोहोरो चरित्र र पाखण्डी व्यक्तित्वले मभित्र धर्मप्रति वितृष्णा पनि पैदा भइरहेको थियो । समाजवादी र वामपन्थी  चिन्तनप्रति झुकाव बढिरहेको थियो । त्यसबखत भारतमा चलेका सामाजिक र सांस्कृतिक आन्दोलनबाट म ज्यादै प्रभावित हुन पुगे“ । यो आन्दोलन गान्धी, बिनोबाको दर्शनबाट प्रभावित ‘सर्वोदय आन्दोलन’ थियो । त्यसैबखत जयप्रकाश नारायण पनि समाजवादी पार्टीको सक्रिय राजनीति छोडेर सर्वोदयमा लागेका थिए । 
मैले जयप्रकाश नारायणलाई बिहारको मसहरीमा व्यक्तिगत रूपमा भेटेको थिएँ । उनमा मैले सत्यको गहन प्यास देखेँ । गरिब र निमुखाको जीवन उद्धारका लागि उनको हृदयमा मैले गहिरो दया र करुणा देखेँ । मैले उहा“भित्र एक राजनीतिज्ञ कम तर सन्त व्यक्तित्व बढी देखेँ । उहा“बाट प्रभावित भएर मैलैे आफ्नो जीवन सर्वोदय आन्दोलनमै समर्पित गर्ने इच्छा पोखेँ । उहा“ मेरो उत्साह देखेर खुसी हुनुभयो र मलाई हौसला दिँदै भन्नुभयो, ‘तिमी आफ्नो इन्जिनियरिङको पढाइ पूरा गरेर आऊ । भारतीय गाउ“को पिछडापनबाट मुक्ति र त्यसको उत्थानका लागि मस“ग धेरै योजना छन् र मलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको आश्वासन छ । तिम्रो इन्जिनियरिङ विद्या मलाई काम लाग्छ ।’ 
उहा“ भारतका प्रधानमन्त्री हुने व्यक्ति हुनुहुन्थ्यो । तर, बिहारको मसहरी भन्ने सानो गाउ“मा नक्सलाइटको हिंस्रक विद्रोहलाई शान्त पार्न गाउ“मै एक झुपडीमा बसी प्रयासरत हुनुहुन्थ्यो । उहा“को त्याग र सत्यनिष्ठाले मेरो आ“खामा आ“सु ल्यायो । मैले इन्जिनियरिङ पास गरेपछि जयप्रकाशकै सर्वोदयमै समर्पित हुने भाव जाग्यो।
ओशोलाई पहिलोचोटि भेटेको समय म बडो द्विविधा र विषादको स्थितिमा थिए“ । मैले आफ्नो मार्ग बुझिसकेको थिइनँ । कृष्णको भक्ति र उत्सव, बुद्धको शान्ति र ध्यान, विवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा यी चारै दर्शनबीच समन्वयको खोजमा थिए“ । यिनीहरूको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाइनँ भनेर म रुने गर्थें ।
बच्चादेखि नै साधु, सन्त र जोगीहरूप्रतिको आकर्षण ममा थियो । त्यसैले २९ मार्चको त्यो सौभाग्यशाली सन्ध्यामा म मेरा सहपाठीस“ग आचार्यको प्रवचन सुन्न पहिलो पंक्तिमा गएर बसेँ । ठीक ६ बजे सेतो लुङ्गी लगाएका र सेतो च्यादरले शरीर बेरेका एक तेजस्वी युवा साधु मञ्चमा उपस्थित भए । उमेरले तेस्रो दशकमा हि“डिरहेका लाग्ने, लामो, चम्किलो दारी र कपाल, उन्नत ललाट र सम्मोहक आ“खा भएका आचार्य रजनीश मञ्चमा ओछ्याइएको गद्दीमा बसे । उनको उपस्थिति सघन थियो र व्यक्तिŒवमा एक अद्भूत आकर्षण थियो । पहिलो कुरा, जसले मलाई अभिभूत ग¥यो, त्यो हो उनको शारीरिक सौन्दर्य र व्यक्तित्वको तेज । मलाई उनी कुनै ऋषिलोकबाट अवतरित भएका चिरपरिचित देवपुरुषजस्ता लागे।
आचार्यलाई मीरा र कबिरका भजन अति प्रिय भएकाले उनको प्रवचनपूर्व एक युवतीले कबिरका भजन गाइन् । वसन्तको त्यो साँझ, गंगा किनारको मन्दमन्द शीतल हावा, कबिरका ती मर्मस्पर्शी पद, युवतीको मधुर स्वर, त्यसमा पनि आचार्यको रहस्यमय, सम्मोहक उपस्थिति, यो सबैले मेरो हृदयको कोमल तन्तुलाई स्पर्श ग¥यो । मेरा आ“खाबाट आ“सु बर्सिन थाले । आँखा पुछ्दापुछ्दै पूरै रुमाल भिज्यो । मेरा सहपाठी अक्क न बक्क भए र सोधे, ‘तिमीलाई के भएको ? किन यसरी रोएको ?’ 
मस“ग शब्दमा भन्न सक्ने कुनै उत्तर थिएन । भजनपछि आचार्यको संगीतमय मधुर स्वर गुन्जियो, ‘मेरे प्रिय आत्मन् ।’
त्यो जादुमयी स्वरले आ“खाभित्र बा“धिएको आ“सुको बा“धलाई फेरि भत्काइदियो । म भक्कानो छाडेर रुन थालेँ । मेरा साथी आश्चर्यचकित हुनु त स्वाभाविक नै थियो, म आफैँ पनि आश्चर्यचकित थिए“ र सोच्दै थिए“, ‘किन यो सर्वथा अपरिचित व्यक्तिको उपस्थितिले मेरो हृदयलाई यसरी रुन बाध्य तुल्याइरहेको छ ?’
आचार्य आफ्नो प्रवचनमा ब्रह्मचर्य, गान्धीवाद र धर्मगुरुहरूको कठोर आलोचना गरिरहेका थिए, जुन मेरो आजसम्मको शिक्षण, अध्ययन र संस्कारको पूर्ण विरुद्धमा थियो । मेरो मस्तिष्क उनको विचारस“ग असहमति प्रकट गरिरहेको थियो, तर गहिराइमा मेरो हृदय उनको तर्कस“ग पूर्ण सहमति जनाइरहेको थियो । एक श्रोताले प्रश्न गरे, ‘गान्धी सन्त हुनुहुन्थ्यो, सधै“ रेलमा तृतीय श्रेणीमा यात्रा गर्नुहुन्थ्यो तर तपाईं साधु भएर किन प्रथम क्लासमा यात्रा गर्नुहुन्छ ?’ आचार्यले जवाफ दिए, ‘तृतीय श्रेणीमा म यात्रा गर्छु, किनभने भारतीय रेलमा चौथो श्रेणी छैन भनी गान्धी भन्थे तर म भन्छु म प्रथम श्रेणीमा यात्रा गर्छु, किनभने भारतीय रेलमा अहिलेसम्म एसी कोच आइसकेको छैन । जुन दिन भारतीय रेलमा एसी कोच हुन्छ, म त्यस दिनदेखि प्रथम श्रेणीमा यात्रा गर्न छोड्छु । गान्धीजस्तो म गरिबलाई दरिद्रनारायण भन्न सक्दिनँ, गरिबीलाई म बेवकुफी र अवैज्ञानिक चिन्तनबाट जन्मेको महारोग ठान्छु । आज विज्ञान र प्रविधिको सहायताले सम्पूर्ण युरोप र अमेरिका एयर कन्डिसनमा हि“डिरहेको छ भने हामीले मात्र कुन चाहिँ त्यस्तो घनघोर पाप गरेका छौँ र सधैँ थर्डक्लासमा मात्र हिँडिराखौँ ?’
आचार्य यस्तै अकाट्य तर्क दिएर आफ्ना विचारलाई राख्दै हुनुहुन्थ्यो । उहा“का विचारस“ग असहमत हुनेहरू पनि उहा“का तार्किक विश्लेषणबाट विस्मित र अभिभूत थिए । उहा“को बौद्धिक विश्लेषण र तर्कलाई खण्डन गर्ने मस“ग कुनै आधार थिएन । मेरा सारा सिद्धान्त र विचार ओशोको एक घन्टाको तार्किक प्रहारबाट क्षतविक्षत भइरहेको थियो । उहा“का विचारप्रति मेरो मस्तिष्कले निरन्तर विरोध जनाइरहे पनि अत्यन्त गहिरोअन्तर्मन उहा“प्रति पूर्ण समर्पित भइसकेको थियो । मेरो अन्तर्मनले अनुभव गरिरहेको थियो, जुन प्रज्ञापुरुष र गुरुको खोजमा म एकान्तमा रुन्थे, ती व्यक्ति आचार्य रजनीश नै हुनुहुन्छ र त्यो खोजले आफ्नो गन्तव्य भेटायो । मेरो चित्त समय र स्थानको सीमाबाट पार कहीँ थियो । 
आचार्यले यी शब्दबाट आफ्नो प्रवचनको अन्त्य गर्नुभयो, ‘आपने इतनी धैर्य और प्रेम से मेरी बातों को सुना । मै अनुग्रहित हुँ । इन बातों पर विश्वास करने कि जरुरत नही है । इन बातों पर सन्देह करे, चिन्तन, मनन करे । इस चिन्तन के धरातल में जो अच्छा लगे उसको ही स्वीकार करे । अन्त में आप सबके अन्दर बैठे परमात्माको प्रणाम करता हुँ। मेरे प्रणाम स्वीकार करे ।’
आचार्यको प्रवचन सकिनेबित्तिकै उहा“को चरण स्पर्श गर्ने र अँगालो हाल्नेको भीडले उहाँलाई घेर्‍यो । त्यो भीडमा छिर्न मैले हिम्मत जुटाउन सकिनँ । नजिकै स्टलमा आचार्यको विचारमा आधारित हिन्दी पत्रिका उक्रान्तको वार्षिक ग्राहक बन्नेहरू थिए । वार्षिक सदस्यता शुल्क १२ रुपैया“ थियो । अर्धवार्षिक ६ रुपैया“ । मेरो खल्तीमा जम्मा तीन रुपैया“ मात्रै थियो । मैले ती स्वयंसेवकलाई मलाई त्रैमासिक ग्राहक बनाइदिनुस् भनी आग्रह गरेँ । तर, त्रैमासिक ग्राहकको कुनै प्रावधान नभएको उनले बताए । मैले आग्रह गरेँ, ‘यी तीन रुपैया“ लिई तपाईं मलाई वार्षिक ग्राहकै बनाइदिनुस् । म तपाईंलाई मनी अर्डरद्वारा बा“की नौ रुपैया“ जवलपुर पठाइदिनेछु ।’ उनले मलाई विश्वास गरे र नौ रुपैया“ बा“की लेखिएको वार्षिक सदस्य बनेको बिलसहित युक्रान्तको पहिलो अंक मेरो हातमा थमाए । त्यो मेरो जीवनको अत्यन्त बुद्धिमतापूर्ण र सर्वोत्तम लगानी ठहरियो । जसले मेरो सम्पूर्ण जीवन त बदलियो नै, अन्य हजारौँ साधकको जीवनको रूपान्तरणको कारण बन्न गयो।  
केही समयपछि मञ्चबाट सूचित गरियो कि रविन्द्र भवनमा जैन समाजले आयोजित गरेको सभामा आचार्यले भगवान् महावीरका बारेमा प्रवचन दिनुहुनेछ । त्यसपछि सोझै रात्रिको तुफान मेलबाट जवलपुर फर्कनु हुनेछ।  
यो सुनी उहाँको सम्मोहनले मैले रविन्द्र भवन जाने निधो गरेँ । आचार्य आफ्नो एम्बेसडर कारमा रविन्द्र भवनतिर लाग्नुभयो । मस“ग पैसा नभएकाले लगभग चार किलोमिटर दूरी मैले दौडेरै पूरा गरेँ । त्यसबेलाका आचार्यका प्रवचन बडो आग्नेय हुन्थे र अन्धभक्ति तथा अन्धविश्वासप्रति उहा“ कठोर प्रहार गर्नुहुन्थ्यो । सोहीअनुरूप उहा“ले जैनीहरूले महावीरलाई नबुझी खाली अन्धभक्ति गरेकामा गहिरो आलोचना गरिरहनुभएको थियो । आयोजकहरू सबै जैनी थिए । उनीहरू अक्क न बक्क भई आचार्यलाई प्रवचनका लागि बोलाएकामा पछुताइरहेका थिए। 
आचार्य जतिजति आलोचना गर्नुहुन्थ्यो, उनीहरूको व्यग्रता झन् बढ्थ्यो तर सुन्नेहरू सबै मन्त्रमुग्ध थिए । मलाई भय लाग्यो, कहीँ आचार्यप्रति कुनै अनिष्ट त हुँदैन ? तर, जैनीहरू अहिंस्रक र सहिष्णु हुन्छन् । आचार्यको प्रवचन सकियो । उहा“ फर्किन रेल स्टेसनतर्फ लाग्नुभयो । उहा“लाई बिदा गर्न स्टेसनसम्म जाने चाहना हुँदाहुँदै पनि न मसँग पैसा थियो, न त कारको पछाडि दौडने शक्ति नै । मैले छात्रवाससम्मको सात किलोमिटर दूरी हिँडेर तय गरेँ, पहिलो नजरकै प्रेमको उल्लास र आनन्दका साथ। 
त्यही सन्ध्यामा एक आन्तरिक समर्पण घट्यो । अन्तर्बोध भयो । ‘यसै गुरुको प्रतीक्षामा म आकुलव्याकुल भएर भौँतारिरहेको थिए“, अब यिनको साथ म कहिल्यै छाड्दिनँ, अब म पछाडि फर्कनेछैन’ भन्ने अन्तर्बोधपछि आज ४८ वसन्त बितिसके, त्यो दिनमा रोपिएका यी संकल्पका सुन्दर बीज आजसम्म मौलाइरहेका छन्।

शनिबार, १८ कार्तिक २०७४, ११ : ३१
www.nagariknews.com

ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...