Wednesday, April 25, 2018

ओशोमाथि फेरि हमला !


विश्वचर्चित अध्यात्म गुरु ओशो रजनिशमाथि उनले देहत्याग गरेको करिब तीन दशकपछि पुनः ‘आक्रमण’ शुरु भएको छ । संयुक्त राज्य अमेरिकाको ओरेगनमा रजनिशले सञ्चालनमा ल्याएको कम्युन सन् १९८५ मा बन्द गराउँदै तात्कालिक अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सरकारले रजनिशलाई प्रहरी नियन्त्रणमा लिई यातना दिएको र उनीमाथि अनेकौँ मुद्दा लगाइएको थियो ।
यस घटनापछि अमेरिका परित्याग गरेका ओशो रजनिश त्यसको केही समयपछि दिवङ्गत भएका थिए । ओशोलाई हिरासतमा नै मन्द विष दिइएको र भारतको पुना आश्रममा फर्किएपछि समेत उनलाई विष थपेर मृत्युसम्म पुऱ्याइएको विश्वास रजनिशका शिष्यहरूको छ । त्यसबेला विश्वमा रहेका पाँच सयभन्दा बढी कम्युन पनि बन्द गराइएको थियो र, यसरी रजनिशसँगै उनको अगुवाइमा खुलेका सबैजसो कम्युनलाई सिध्याइएपछि सम्बद्ध पक्षले सम्भवतः ओशोमार्गीहरू विश्वबाट नै ‘लोप’ हुने विश्वास गरेको हुँदो हो । तर, ‘भ्याटिकन’ले विश्वास या अनुमान गरेजस्तो स्थिति भएन, ओशोको निधनपश्चात् संसारमा ओशोमार्गीहरू द्रुतगतिमा फैलिए ।
नेपालस्थित ओशो तपोवनका संस्थापक एवम् ओशो सन्त स्वामी आनन्द अरुणले मात्र करिब एक लाख १५ हजारलाई दीक्षा दिइसक्नुभएको बताइन्छ । ओशो तपोवनमा विश्वका असी मुलुकका ओशो सन्न्यासीहरू एवम् ओशोप्रेमीहरूले निरन्तर सहभागिता जनाउने गरेका छन् । अमेरिका, जर्मनी र मलेसियालगायत विश्वको दर्जनौँ मुलुकमा ओशो गतिविधि बढ्न थालेपछि इसाईहरूको मूल धाम मानिने भ्याटिकन सिटीको विशेष सक्रियतामा हालै ६ शृङ्खला (एपिसोड) को सिनेमा निर्माण गरी ओशोको बदनाम गर्ने प्रयास भएको छ ।
‘वाइल्ड वाइल्ड कन्ट्री’ नाममा एक–एक घन्टाको ६ वटा शृङ्खलाको सिनेमा बनाएर सार्वजनिक गरिएपछि यतिबेला त्यसले विश्वमा तहल्का मच्चाएको छ । ओशोलाई बदनाम गर्ने मुख्य उद्देश्यबाट बनाइएको उक्त ‘डकुमेन्ट्री’ गत मार्चमा मात्र सार्वजनिक गरिएको भए पनि अहिलेसम्म सोह्र करोडभन्दा बढी मानिसले हेरिसकेको बताइन्छ । यसरी सिनेमामार्फत दिवङ्गत ओशो रजनिशमाथि आक्रमण गर्दै ओशोमार्गीहरूको तेजोबध गर्ने प्रयास भएपछि स्वामी आनन्द अरुणले त्यसको निन्दा गर्नुभएको छ ।
घटना र विचारसँग कुरा गर्दै उहाँले भन्नुभएको छ, ‘क्रिश्चियानिटीको संरक्षण गर्न भ्याटिकन जेसुकै गर्न तयार हुँदोरहेछ भन्ने यस घटनाले देखाएको छ ।’ उहाँले पुना आश्रमको क्रियाकलाप ओशो र ओशोमार्गीविरुद्ध केन्द्रित रहेको बताउँदै भन्नुभयो, ‘पुनास्थित भगवान्कै आश्रमलाई समेत कब्जामा लिएर ओशोमार्गीहरूलाई निरुत्साहित र अपमान गर्ने काम भइरहेको छ । सिनेमामार्फत भगवान्विरुद्ध यति ठूलो हमला हुँदा पनि पुनाको मौनताले उसलाई थप एक्स्पोज गरेको महसुस हामीले गरेका छौँ ।’
घटना र विचारसँगको करिब पचास मिनेट लामो भिडियो वार्ताका क्रममा स्वामी आनन्द अरुणले केही आश्चर्यजनक तथ्यहरूको खुलासा गर्नुभएको छ । आफ्नो पूर्वजन्मबारे स्पष्ट जानकारी पाएको बताउँदै देहत्यागपछि पनि ओशो रजनिशसँग संवाद हुने गरेको खुलासा उहाँले गर्नुभएको छ ।

हेर्नुहोस्- आश्चर्यजनक खुलासा गरिएको उक्त भिडियो संवाद…
ओशोमाथि फेरि हमला !


Monday, April 23, 2018

Osho Meditation Retreat in Washington D.C. with Bodhisattva Swami Anand Arun


Osho Meditation Retreat in Toronto, Canada with Bodhisattva Swami Anand Arun


बुद्ध नेपालमा जन्मेको भनेरमात्र पुग्छ र ?

- बिजय कुमार 

१) वैशाखको पूणिर्मा एक महासंयोग हो । राजकुमार सिद्धार्थ वैशाख पूणिर्माका दिन लुम्बिनीमा जन्मे । वैशाख पूणिर्माकै दिन उनले बोधगयामा बुद्धत्व प्राप्त गरे । र, जुन दिन बुद्धले कुशीनगरमा शरीर त्याग गरे, त्यो दिन पनि वैशाख पूणिर्मा नै थियो ! गौतमको जीवनसित अभिभाज्य रूपले गाँसिएको छ, वैशाखको पूर्णचन्द्र । नेपालमा यो दिनलाई बुद्ध जयन्ती भनेर मनाइन्छ । सगरमाथाझैं बुद्ध पनि नेपाली चिनारीका प्रतीक हुन् । संसारका कतिपय यस्ता स्थानमा म पुगें, जहाँ मानिसले नेपाल सुनेका थिएनन् तर 'बुद्ध' र 'एभरेस्ट' को देश भन्नेबित्तिकै तिनको मुहारमा मुस्कान आयो ।
नेपालमा सदाझैं यस वर्ष पनि बुद्ध जयन्ती मनाइयो । औपचारिक समारोह भए, नेताहरूले भाषण दिए, पत्रपत्रिकामा बुद्धका विषयमा एक-दुई लेख
आए । त्यसपछि यो वर्षका लागि बुद्धको औपचारिक स्मरण सकियो । के यत्तिकैले पुग्छ ? साँच्चै भन्ने हो भने म यो विषयमा लेख्नै चाहन्नथेँ । गौतम बुद्धका विषयमा सतही कुरा लेख्न म चाहन्न, गहिरो लेख्ने मेरो ल्याकत छैन । कान्तिपुरकै एक सहकर्मीले कर-मिश्रीत सल्लाह नदिएको भए म यो विषयमा प्रवेश गर्ने थिइनँ । बुद्ध जयन्तीकै दिन, बौद्धनाथमा एक जना मित्र सुमन बज्राचार्य नभेटिएका भए पनि म यो सन्दर्भमा अक्षर कोरकार गर्ने थिइनँ ।
सुमनले मलाई शब्द नचपाई भने, 'बुद्धले हामीलाई सारा संसारमा चिनाए । हामीले बुद्धलाई आफ्नै देशमा के गर्‍यौं र ? हो, बुद्धमार्गी समुदायले परापूर्वकालदेखि यथाशक्य गर्दै आएका छन् । तर पछिल्ला दशकहरूमा बनेका सरकारहरूले बुद्धको नाममा के गरे ? यिनले कुनै चैत्य बनाए कि ? बगैंचा बनाए कि ? बुद्ध अध्ययन केन्द्रहरू खोले कि ? बुद्ध शिक्षाको प्रचारप्रसारमा सहयोग गरे कि ?
यस्ता ठूला कुरा त छाडिदेऔं, एक जना तिब्बती गुरुले केही वर्षअघि सुनको जलप लगाएर सहयोग नगरेको भए स्वयम्भूको चैत्य पनि आज खुइलिएकै देखिन्थ्यो । देशका कैयौं पुराना गुम्बा र चैत्यहरूको संरक्षणमा राज्यको योगदान आजसम्म के रह्यो ? मनकारी स्वदेशी र विदेशीहरूले दान नदिएको भए नेपालका गुम्बाहरूमा बस्ने हजारौं लामाको भरणपोषण कसरी हुन्थ्यो होला ? महेन्द्र राजाको पालामा सुरु भएको लुम्बिनी विकास योजनामा यतिका वर्षपछि नेपालले कति योगदान गर्‍यो ? मायादेवीको बगैंचा वरिपरि जे-जति विकास भएको छ, त्यसमा पनि स्वदेशी योगदानको प्रतिशत कति छ ?
नेपालको कुनै पनि सरकारी अधिकारी, ठूला साहु-महाजन वा गैरसरकारी बिकास पसलेहरू विदेश जाँदा गौतम बुद्धको फूर्ति लगाउन छुटाउँदैनन् । तर साँचो अर्थमा यिनको योगदानलाई जोड्यो भने अन्डा सिवाय केही बन्दैन । यी केही यस्ता तिखा यथार्थ हुन्, जसलाई कार्पेटमुनि लुकाएर, वैशाख पूणिर्माका दिन उही पुरानो भाषण गर्नुको कुनै तुक छैन । बुद्ध नेपालमा जन्मेका हुन् भनेरमात्र पुग्छ र ।
लुम्बिनी जाने बाटोको दुर्गति देख्नुभएको छ ? भैरहवा विमानस्थलको ट्वाइलेटको अवस्थाबारे भुक्तभोगी पर्यटक जुन शब्दमा बयान गर्छन्, त्यो सुनेर लाजले टाउको निहुर्‍याउनुपर्ने अवस्था छ । कपिलवस्तुमा तीर्थयात्री र पर्यटकलाई प्राप्त सुविधा अवस्था त्यतिकै कहालिलाग्दो छ । अनि 'आधा दिनमै लुम्बिनीबाट पर्यटक भारत फर्के' भनेर रोई-कराई गर्नुको के अर्थ भो र !
राजकुमार सिद्धार्थ जन्मेका लुम्बिनीमा हुन्, तर उनको जीवनबाट सारनाथ, बोधगया र कुशीनगरलाई हटाएर हेर्ने चेष्टा कसैले गर्‍यो भने कुनै पनि बौद्धमार्गी मुस्कुराउन सिवाय केही गर्न सक्दैन । भावनात्मक नाराबाजीका आफ्नै सीमा हुन्छन् । सत्यको कुनै सिमाना हुँदैन । सूर्य नेपालमा पूर्वबाट उदाउँछ । चीन, अमेरिका र भारतमा पनि सूर्योदय त्यही पूर्व दिशाबाटै उदय हुन्छ । भारतमा पर्ने सारनाथ, बोधगया र कुशीनगर पुगेको कसैले पनि देख्न सक्छ राज्य, निजी क्षेत्र र बौद्ध गुरुहरूको सहकार्यमा कुन स्तरको काम त्यहाँ भएको छ । श्रीलंका, जापान, थाइल्यान्ड, म्यानमार आदि देशका बौद्ध तीर्थमा भएको कामको त कुरै नगरौं । हामी पनि कमसेकम भारतकै बौद्ध तीर्थस्थलकै स्तरको बाटो बनाऔं, तीर्थयात्रीहरूलाई पर्यटकीय र अध्यात्मिक सुविधा उपलब्ध गराऔं । लुम्बिनीमा नेपालले त्यति मजासित गर्न सक्छ । त्यसो गरे 'आधा दिनमा पर्यटक लुम्बिनीबाट फर्के' भनेर कोरा रुवावासी गर्नुपर्ने छैन ।
२) गौतम बुद्धको जन्मस्थलका विषयमा भारत र अन्य देशमा जानेर वा नजानेर भ्रम थियो । कसैले अज्ञानतावश, कसैले हेलचेक्र्याइँका कारण र कसैले कुटिल नियतवश त्यो भ्रम फैलाएका थिए । आजको दिनमा शाक्यमुनिको जन्मस्थल लुम्बिनी नै हो भन्ने विश्वव्यापी स्विकारोक्ति प्राप्त भइसक्यो । 'बुद्ध वाज बर्न इन नेपाल' भन्ने सचेतना फैलाउन सहयोग गर्ने सबै जना स्तुत्य छन् । तर यति भनेरमात्र हाम्रो कर्तव्य सिद्धिँदैन, सुरु हुन्छ । कुनै पनि एउटै कुरालाई सधैंभरि समातेर बस्नु जडवत हुनु हो । २५ शताब्दीअघि नै शाक्यमुनिले बताए, 'जीवन र जगत हरेक क्षण परिवर्तनशील छ । अनित्यबोध यसको आधार हो ।'
यही कुरा आजभोलि भौतिक विज्ञानले पनि भन्न थाल्यो, 'पदार्थ हरेक क्षण गतिशील र परिवर्तनशील छ ।' हामी पनि गौतम बुद्ध नेपालमै जन्मिएका थिए भन्ने चेतना फैलाउँदै गरौं, तर त्यसैमा सीमित नबसौं । काम गर्ने बेलाचाहिँ साना-साना काम पनि नगर्ने अनि नाराबाजीचाहिँ ठूल्ठूला गर्ने बानीले हामीलाई कतै पुर्‍याउने छैन । त्यसो गरे विश्व समुदाय हाम्रो कुरा सुनेर गम्भीर हुने होइन, अपितु हाँस्नेमात्र छ । मानव इतिहासले गौतम बुद्ध र लुम्बिनीको जुन गौरवशाली धरोहर हामीलाई सुम्पेको छ, त्यसलाई समयानुकूल सुन्दर बनाउँदै लैजानु सबैको जिम्मेवारी हो ।
३) 'बुद्ध' शब्दका विषयमा धेरैलाई भ्रम छ । उनीहरू ठान्छन्, 'बुद्ध' कुनै मानिसको नाम हो ! बुद्ध कुनै मानिसको 'नाम' होइन, 'अवस्था' मात्र हो । महाराज शुद्धोधनका र महारानी मायादेवीका छोरा राजकुमार सिद्धार्थ गौतमले पूर्ण जाग्रत अवस्था प्राप्त गरेपछि उनलाई 'बुद्ध' भनियो । बुद्धत्व प्राप्त गरेपछि उनी 'बुद्ध' भए । बौद्ध धर्ममा बुद्ध शब्द, गौतम बुद्धका निम्तिमात्र आरक्षित छैन । जो कोही पनि साधनाद्वारा त्यो अवस्था प्राप्त गर्न सक्छ । यो अवस्थामा पुग्ने ढोका हरेक कोहीका निम्ति खुला छ । यो नै बौद्ध धर्मको महानता हो ।
४) बुद्ध शान्तिका प्रतीक हुन् तर गौतम बुद्ध शान्तिका 'मात्र' प्रतीक होइनन् । बुद्धको शान्ति कुनै खोक्रो, लाचार र मुर्दा शान्तिको प्रतीक होइन । मेरो बुझाइमा बुद्ध करुणाका पनि प्रतीक हुन् । युद्धमा हारेर बुद्ध शान्त भएका होइनन् । लड्न नसकेर बुद्ध शान्त भएका होइनन् । लडाइँको व्यर्थ र करुणाको महानता बोध गरेर बुद्ध शान्त भएका हुन् । करुणा बुद्धको 'बीउ' हो । शान्ति त्यसमा फुलेको 'फूल' हो । बीउ नभएको पनि बोट हुन्छ र ? प्लास्टिकको फूलको मात्र बीउ हुँदैन । नेपालका अनेक राजनीतिक, सामाजिक, आर्थिक अथवा प्राज्ञिक क्षेत्रमा भाषणबाजी अथवा गीतकविताका भाकामा जब 'शान्ति' शब्द प्रयोग गरिन्छ, मलाई हाँसो उठ्छ । बुद्धको शान्ति एक जीवन्त र स्वःस्फूर्त शान्ति हो । करुणाबाट निःसृत शान्ति हो । यो कुनै कागजी, शाब्दिक वा अलङ्कारिक शान्ति होइन ।
५) बुद्धका सम्बन्धमा ओशोको अमूल्य टिप्पणी छ, 'इतिहासमा जति-जति समय बित्दै जान्छ, पुराना पुराण र देवीदेवताका वचनको सार्थकता कम हुँदै जान्छ । तर २५ सय वर्षअघि बुद्धले जे भने, आज पनि त्यो त्यतिकै सार्थक छ । भोलि पनि रहनेछ । बुद्धले जीवनको जति सूक्ष्म विश्लेषण गरे, त्यो कसैले गर्न सकेन । उनले जीवनका समस्याको पौराणिक किताबबाट उत्तर नदिएर मौलिक विश्लेषणको आधारबाट समाधान दिए । बुद्धले कसैबाट आफूप्रति श्रद्धा र आस्थाको 'अगि्रम माग' पनि गरेनन् । 'मलाई मान अनिमात्र ज्ञान दिन्छु' भनेनन् । 'श्रद्धा गर्दिन' भन्दाभन्दै पनि अनगिन्ती मानिसहरू उनलाई श्रद्धा गर्न बाध्य भए । कसैका अगाडि शिर झुकाउँदिन भन्ने अनेक सम्राट बुद्धका चरणमा नतमस्तक भए । गौतम बुद्धको बगैंचामा जति फूल आजसम्म फुले, कुनै अर्को गुरुको बारीमा फुलेनन् ।'
६) लुम्बिनीमा बुद्ध जन्मेका थिए भन्ने सबैभन्दा सशक्त प्रमाणका रूपमा उभिएको छ, त्यहाँ रहेको 'अशोक स्तम्भ ।' भारतका चक्रवर्ती सम्राट अशोकद्वारा स्थापित स्तम्भमा पाली भाषामा त्यो कुरा लेखिएको छ । बुद्ध धर्म अंगीकार गर्नुअघि सम्राट अशोक एक क्रूर विजेता थिए । उनलाई 'चण्डाल अशोक' भनिन्थ्यो । कलिङ्गाको लडाइँ जित्न उनका सेनाले बगाएको रगतले नदी नै रातो भएपछि उनले जित्न बाँकी केही रहेन । त्यतिकैमा सम्राट अशोकलाई चुनौती दिँदै एक भिक्षुले भने, 'तिमी साँच्चै बहादुर हौ भने आफ्नो मनलाई जितेर देखाऊ । जबसम्म तिमी आफ्नो मन जित्न सक्दैनौ, तबसम्म तिम्रो हरेक जीत व्यर्थ हो ।' त्यसपछि सम्राट अशोकले बुद्ध धर्म अपनाए । बुद्ध वचनको प्रचारप्रसारमा बाँकी जीवन अर्पण गरे ।
बुद्धत्व प्राप्त गरेपछि सारनाथमा गौतम बुद्धले चार सूत्रीय उपदेश दिएका थिए । एक, जीवनमा दुःख छ । दुई, दुःख हुनाको कारण छ । तीन, दुःखबाट छुटकाराको उपाय छ । चार, दुःखबाट छुटकारा पाउन सकिन्छ ।
जब-जब म लुम्बिनी पुग्छु, सोच्छु गौतमका बुद्धका विषयमा । जसले आजसम्म असंख्य मानिसलाई नयाँ जीवन दियो, के हामी त्यो मानिसको जन्मस्थल, उसका उपदेश, उसका मूल्य र मान्यता, उसको आफ्नै जन्मभूमिलाई अलि बढी आदर दिन
सक्छौं कि ? हामीले बुद्धमाथि त्यति धेरै हक मागेपछि, अलिकति हक त उसको हामीमाथि पनि लाग्दो हो नि ! कि कसो ?

कान्तिपुर
शनिबार, २०७१ जेष्ठ ३

सतोरीको पहिलो अनुभव

- स्वामी आनन्द अरुण

गुरु र शिष्यबीचको सम्बन्ध सबैभन्दा उच्चतम हो । गुरु एक शीतल छहारी हुन्, जसको सामीप्यमा शिष्यका जन्मजन्मान्तरका पीडा शान्त भएर जान्छन्, सबै सन्ताप क्षीण हुन्छन् र चेतना रूपान्तरित भई व्यक्तिमा शान्ति र निश्चलताको पदार्पण हुन्छ । हिन्दूहरू सन्न्यासीलाई ‘द्विज’ भन्छन् । हामीले आमाबुवाबाट पाएको जन्म प्रकृतिको एक अचेतन प्रक्रिया मात्र हो । तर, वास्तविक आध्यात्मिक जन्म एक सचेतन प्रयास हो । यसका लागि व्यक्तिको चेतनाले शिष्यको रूपमा पुनर्जन्म लिनुपर्छ । खोजको यो अपरिचित मार्गमा एक गुरु एक गर्भ हुन् । गुरु गर्भभित्र शिष्यको नया“ जन्मको तयारी हुन्छ । गुरुले आफ्नो गर्भमा शिष्यलाई राखेर उसको रूपान्तरणका लागि चाहिने सबै आवश्यकता पूर्ति गर्छ । अज्ञातको यात्रामा भरोसा र हिम्मत दिन्छ, शिष्यमाथि प्रेम र करुणाको असीम वर्षा गर्छ ।
त्यसैले गुरुको प्रथम दर्शनमा शिष्यको हृदयमा आह्लाद र प्रेमको विशाल बाढी आउ“छ । मैले पनि ओशोको प्रथम दर्शनमा यस्तै ऊर्जा अतिरेकको महसुस गरेको थिए“ । ओशोको पटनाको प्रथम दर्शनपछि म उहा“लाई निरन्तर पत्र लेखिरहन्थे । ओशोले एक पत्रको जवाफमा ‘द्वारिकामा शिविर छ, भाग लिन आउनू’ भनेर बोलाउनुभएकाले १९६९ अक्टोबरको एक मध्याह्न काठमाडौंबाट म कृष्ण लीलाभूमि द्वारिका पुगे“ । मभित्र ओशोस“ग प्रथम भेटको मधुर स्मृति अझै जीवन्त थियो । त्यहाँ गुजरात र महाराष्ट्रभन्दा बाहिरबाट आएको म एक मात्र शिविरार्थी थिए“ ।
पवित्र तीर्थ द्वारिकाको सुन्दर समुद्र तटमा अवस्थित त्यो शिविरस्थल निकै मनमोहक थियो । विशाल क्षितिजमा फैलिएको असीम सागरले गहन रहस्यमय शान्तिका लहर प्रतिध्वनि गरिरहेको थियो । शिविरको शीर्षक थियो, ‘मैं मृत्यु सिखाता हुं’ । मृत्युजस्तो रहस्यमय विषयवस्तु भएको त्यो शिविर धेरै लाभप्रद रह्यो । ओशोले भन्नुभयो, ‘आत्मबोधका लागि स्वयंभित्र डुब्नु नै मार्ग हो, बाहिर भड्कन मात्र छ । बाहिरको संसार स्वप्नवत हो । अन्तर्बोध शाश्वत हुन्छ ।’
यो ध्यान शिविरको माहोल अन्तर्यात्राका लागि अति सहयोगी थियो । शिविरार्थीमा खोजको गहन प्यास थियो भने ओशोको ऊर्जा र उपस्थिति पनि त्यत्तिकै अति शक्तिशाली थियो । त्यो शिविरमा मभित्रको दुःख, हताशा र विशाद बिस्तारै तिरोहित हु“दै गए । चेतनाको अन्तर गहिराइमा रूपान्तरणको कुनै बीज अंकुरित भई पल्लवित भइरहेको थियो । गहन रूपान्तरण ल्याएको यो शिविर मेरा लागि एक महान् तीर्थयात्रा साबित भयो ।
शिविरमा एक शिविरार्थीले ओशोलाई सोधे, ‘हामी यति टाढाबाट जीवन जिउने कला सिक्न आएका हौँ तर तपाईं त हामीलाई मर्ने कला सिकाउ“दै हुनुहुन्छ, किन ?’ उहा“ले जवाफ दिनुभयो, ‘हामी जीवित छौँ तर हामीलाई थाहा छैन कि जीवन के हो । यही अज्ञानले नै मृत्यको भय हुन्छ । तर हाम्रो मृत्यु हुनै सक्दैन किनभने हामी शाश्वत छौँ । मृत्युको भयको एक मात्र अर्थ हुन्छ– जीवनस“ग अपरिचय । जीवन प्रतिपल प्रवाहित भइरहेको छ– श्वास–श्वासमा, कण–कणमा, चारैतर्फ, भित्र–बाहिर सबैतिर जीवन छ । तर, हामी योस“ग परिचित छैनौँ । यसको एक मात्र अर्थ यो हुन सक्छ कि मानिस कुनै गहिरो मूच्र्छामा छ । उसको प्राणको पूरा शक्ति सचेतन छैन, अचेतन छ, बेहोस छ, कुनै सम्मोहनको तन्द्राले मनुष्यलाई घेरेको छ । यही सम्मोहनलाई टुटाउन म यहा“ मृत्युको चर्चा गर्न चाहन्छु ।’
उहा“ले शिविरको शीर्षक ‘मै मृत्यु सिखाता हुं’ हुनुको कारण सम्झाउँदै भन्नुभयो, ‘मृत्यु हाम्रो नै छाया हो । त्यसबाट हामी कहिल्यै भाग्न सक्दैनौँ । हामी त्यसबाट भागिरह्यौँ भने उसको सामुन्ने खडा भएर उसलाई हामी चिन्न सक्दैनौँ । जबसम्म जीवन चलिरहन्छ, त्यसको पछिपछि त्यो छाया पनि चलिरहन्छ । मृत्यु अघि आउँदा त्यो छायाले हामीलाई पूरै घेर्छ र हामी भयका कारण बेहोस हुन्छौँ । एकपटक हामीले मृत्युलाई साक्षात्कार ग¥यौँ र देख्यौँ कि मर्दा के हुन्छ, ताकि वास्तवमै मृत्यु आउ“दा त्यो भय नरहोस्, यो अनुभवजन्य बोधमै मृत्यु तिरोहित हुन्छ ।
‘यसको प्रयोग छ । हामी स्वेच्छाले मृत्युमा प्रवेश गर्न सक्छौँ । म भन्न चाहन्छु कि ध्यान, समाधि अरु केही होइन, यो स्वेच्छाले मृत्युको अनुभवमा प्रवेश गर्ने कला हो । जुन शरीर मृत्युको घडीमा ढल्नेछ, हामी जीवनकालमै आफ्नै स्वेच्छाले शरीरलाई भित्रैबाट छोड्दै हटेर हेर्न सक्छौँ । जो व्यक्तिले आफ्नै इच्छाले मृत्युमा प्रवेश गर्छ, उसले मृत्युको साक्षात्कार गर्छ, उसले मृत्युलाई पनि देख्छ र अमर चेतनालाई पनि देख्छ, सुकेको नरिवल खोलबाट छुट्टिएझैँ । काँचो नरिवल बोक्रास“गै जोडिएर बसेको हुन्छ, बोक्रालाई तोड्यो भने नरिवल पनि तोडिन्छ । तर, त्यही नरिवल पाकेपछि खोलबाट छुट्टिन्छ । खोल छुटे पनि सिंगै फल बाँकी रहन्छ । किनभने, अब खोल र नरिवलबीच दूरी छ । त्यसैले यो खोल र फललाई अर्थात् शरीर र अमर चेतनालाई स्वेच्छाले पृथक्–पृथक् बोध गर्ने कला सिकाउन सबैलाई मैले निमन्त्रणा दिएको हु“ ।’
मैले उत्तर भारतका धेरै आश्रम चहारिसकेको थिए“ । धेरै भारतीय गुरुलाई भेटिसकेको थिए“ । आचार्यश्रीको सान्निध्यमा एक नया“ अनुभूति भइरहेको थियो । अपराह्न सत्रमा आचार्यश्रीले मौन ध्यान गराउनुहुन्थ्यो र हामी सबै ध्यान कक्षमा उहा“स“गै एक घन्टा पूर्ण मौनमा बस्थ्यौँ । वर्षौंको साधनापछि प्राप्त हुने अनुभूतिहरू उहा“को शक्तिशाली सान्निध्यमा केही दिनमै भइरहेको थियो । आचार्यश्री बिहानको प्रवचन एक स्कुलको मैदानमा र सन्ध्या प्रवचन अरब सागरको तटमा दिनुहुन्थ्यो । अपराह्नको आचार्यश्रीस“गको मौन सत्र मेरा लागि सबैभन्दा आह्लादकारी हुन्थे ।
मौन सत्रमा हामी बेलुका ४ बजेदेखि ५ बजेसम्म भेला हुन्थ्यौँ । आचार्यश्री ठीक ४ बजे आइपुग्नुहुन्थ्यो । हामीलाई स्नान गरेर स्वच्छ वस्त्रमा केही मिनेटअघि नै आएर बस्ने निर्देश थियो । आचार्यश्री कुर्सीमा आएर निश्चल मौन बस्नुहुन्थ्यो । यस्तो लाग्थ्यो, उहा“ समाधिमा डुब्नुभयो । उहा“को ध्यानले हामी सबैलाई छुन्थ्यो र हामीभित्र पनि एक गहन मौन घट्थ्यो र सूक्ष्म अनुभूतिहरू हुन थाल्थे । उहा“को प्रबल उपस्थितिमा सबैले ऊर्जाको अतिरेक महसुस गर्थे । यी ध्यान सत्रहरू यति प्रबल थिए कि आंँखाबाट थामिनै नसक्ने गरी अनायस आ“सु बग्थे र म भावातिरेकमा डुब्थें ।
ध्यान शिविरको पहिलो दिनकै सन्ध्या ध्यानमा म भावसमाधिमा डुबेँछु । जब म होसमा फर्किएंँ, रात धेरै बितिसकेको रहेछ । अँध्यारोको बढ्दो साम्राज्यसंगै चिसो पनि बढेको थियो । समय र स्थानको बोध पनि थिएन । म मौनको आनन्दसागरमा डुबेको थिए“ । म आफ्नो कोठा फर्किएंँ । भोक पटक्कै थिएन । म सुत्न पल्टिए“ तर शरीर एक रहस्यमय ऊर्जामा उडिरहेको थियो । धेरैपछि मलाई थाहा भयो, त्यो सतोरीको अनुभव रहेछ । मेरो चेतना स्वयंकै केन्द्रमा निमग्न थियो, एक गहिरो सन्तुष्टि, परम आनन्दको सरोवरमा डुबेको थियो ।
(स्वामी आनन्द अरुणको प्रकाशोन्मुख पुस्तक ‘एक अच्चम मैले देखेँ’बाट)

नागरिक दैनिक
शनिबार , २५ कार्तिक २०७४

परम दिर्घायु योगी


देवरहा बाबा
पुर्बी उत्तर प्रदेशमा एकजना सन्त बस्ने गर्दथे । वहाको नाम थियो देवरहा बाबा । देवरहा बाबा हरेक गर्मिमा हिमालयमा रहेको तिर्थस्थलहरुमा आउने गर्दथे । वहा परम दिर्घायु सन्त हुनुहुन्थ्यो । मलाइ निश्चित रुपले ज्ञान त छैन तर भारतको प्रथम राष्ट्रपती डा. राजेन्द्र प्रसाद ले आफ्नो परिक्षण अनुसार भन्नु भयो कि वहाको उमेर १५० बर्ष भन्दा बढी भैसकेको छ । वार्तालापको क्रममा डा. राजेन्द्र प्रसाद जी ले भन्नु भयो कि वहा बाल्यकालमा आफ्नो बुवा संग बाबालाइ भेट्न आउनुहुन्थ्यो । त्यो समयमा बाबा एकदम बृद्ध भैसक्नु भएको थियो । मेरो र राजेन्द्र जी को कुराकानी को समयमा राजेन्द्रजी को आयु ७० बर्ष भैसकेको थियो । वहा को कुरा सुनेर म भित्र देवरहा बाबालाइ भेट्ने तिब्र इच्छा जाग्यो ।
एकपटक हिमालय जादै गर्दा देवरहा बाबा ऋषिकेशमा बास बस्नु भयो । म पनि त्यही थिए । बाबा ऋषिकेश आउनुभएको भएको समाचार सुनेर म बाबा को दर्शनको लागी गएँ । त्यो समयमा देवरहा बाबा काठ बाट बनेको कुटिमा बस्नुहुन्थ्यो । यस्तो कुटि वहा जहाँ जानु हुन्थ्यो त्यहा मानिसहरुले बनाइदिने गर्दथे । बाबा हेर्दा यति स्वस्थ देखिनु हुन्थ्यो कि वहाको आयु ७० बर्षको आसपास होस । वहा एकदमै तपस्वी, सरल एवं उदार हुनुहुन्थ्यो तथा कोहि बिधार्थिलाइ पनि आफ्नो शरिर स्पर्श गर्ने आज्ञा दिनुहुदैनथ्यो । कहिले काही प्रेम र भक्तिमा संक्षेपमा प्रवचन पनि दिनुहुन्थ्यो । वहा उत्तर भारतमा निकै प्रसिद्ध हुनुहुन्थ्यो । वहा जहा जहा जानुहुन्थ्यो त्यहा वहाको दर्शनको लागी ठुलो भिड जम्मा हुन्थ्यो । पुलिस बिभाग तथा अन्य सरकारी बिभागका अधिकारी तथा कर्मचारीहरु आशिर्बाद को कामनाले वहा कहाँ आउने गर्दथे । इस्वि सम्वत १९७४ मा हरिद्वारको कुम्भमेलामा मेरो धेरै अमेरिकन बिधार्थीहरु बाबाको दर्शन गर्न गए ।
मैले वहाको दिर्घायुको रहस्य पत्ता लगाउने प्रयास गरेँ । तब मैले थाहा पाएँ कि वहा नियमित रुपले केहि योगको क्रीयाहरु गर्नुहुन्थ्यो। वहा फलफुल तथा सागमात्र खानुहुन्थ्यो । योगको क्षेत्रमा केहि बिशिष्ट प्रकारको साधना हरु छन । ब्यक्तीगत रुची तथा उपयोगिता अनुसार साधकहरु त्यसमध्ये कुनै एकको चयन गर्छन ।
कुराकानीको प्रशंगमा बाबाले भन्नुभयो कि प्रसन्नता नै सबै भन्दा ठुलो सम्पत्ती हो । साधनामा नियमित हुन अतिनै आवश्यक छ । योगको क्रीयामा प्राणायामको अत्यन्तै महत्वपुर्ण स्थान छ । बाबा ले भन्नु भयो की बिशिष्ट प्राणायामको साधना नै वहा को लामो आयुको रहस्य हो । देवरहा बाबा आफ्नो जिवनकालमा जुन साधना गर्नुभए पनि वहा आनन्द र प्रेमको साक्षात मुर्ती हुनुहुन्थ्यो ।
LIVING WITH THE HIMALAYAN MASTERS - SWAMI RAMA

Sunday, April 22, 2018

MY MINI LIBRARY

1. IN WONDER WITH OSHO - BODHISATTVA SWAMI ANAND ARUN

2. दस हजार बुद्धों के लिए एक सौ गाथाएं - मा धर्म ज्योती 


3. स्वधर्म - शिबपुरीबाबा 

4. THE DALAI LAMA: THE WAY TO FREEDOM


5. THE SHIVAPURIBABA : His Teachings from different angles


6. CONFUCIUS : The Greatest Wise Man


7. VEDANTA : VOICE OF FREEDOM


8. मेरी रजनिशपुरम यात्रा : स्वामी अगेह भारती


9. पंचशील : आत्म रुपांतरण के पांच आधार - सुत्र - स्वामी आनन्द अरुण 


10. लुम्बिनी चिनारी : विश्वशान्तिको शहर लुम्बिनी - देबेन्द्रराज शाक्य 


11. Coming Back : The Science of Reincarnation - A.C. Bhaktivedanta Swami Prabhupada


12. The Luminous Life of Tulsidas


13. Creativity : Quotations from OSHO


14. Sexuality is Ugly Not Sex - OSHO


15. FLIGHT OF THE ALONE TO THE ALONE - OSHO


16.  Satsang : Communion with the Master - Swami Anand Arun


17.  Lone Seeker Many Masters - Swami Anand Arun


18.  Don't Polish Your Ignorance .... It May Shine - Sadhguru


19.  Inner Engineering - Sadhguru


20.  Who Killed OSHO - Abhay Vaidya


21.  Panchasheel - Swami Anand Arun


22.  Autobiography of a Yogi - Paramahansa Yogananda


23.  Walking with a Himalayan Master Swami Rama - Justin O'Brien


24. Swarnim Bachpan : Ek Buddhapurush kaa Bidrohi Bachpan - Osho


25. Yugan Yugan Yogi - Arundhati Subramanyam


26. Hira Payo Gath Gathiyayo - Ma Prem Shunyo


27. Kachuli - Roshan Dahal


28. Living Fully - Shyalpa Tenzin Rinpoche


29. Buddha Darshan - Roshan Dahal


30. Ramakrishna Paramhansha : The Rational Mystic - Prof. F. Max Muller


31. Mere Priya Aatman - Satya Niranjan


32. Himalayan Lust - Sadhguru


33. ADIYOGI - SADHGURU


34. Mystic's Musings - Sadhguru 


35. Shristi Se Shrasta Tak - Sadhguru


36. The Mystic Eye - Sadhguru


37. Jesus Lived In India - Holger Kersten


38. Jaha Jaha Charan Pare Gautam Ke - Thich Nhat Hanh


39. Right Living - Y B Shrestha Malla 


40. I AM THE GATE - OSHO


41. Who is OSHO ? WHY HE VISITED THIS PLANET ? - OSHO


42. BOOKS I have loved - OSHO


43. पंडित, पुरोहित और राजनेता मानव आत्माका शोषक - ओशो


44.  Priest & Politicians MAFIA OF THE SOUL - OSHO


45. The Phychology of the Esoteric - OSHO


46. EK ANOKHA GURU


47. THE SILENT EXPLOSION - OSHO 


48. Mysteries Behind Sannyas & Mala - OSHO


49. SUKARAAT - ARUN TIWARI


50. THE BANISHMENT OF SITA - ARAVIND KUMAR


51. MAIN KYON AAYA THA - SHASHIKANT 'SADAIV'


52. DON'T KILL HIM ! - MA ANAND SHEELA


53. OSHO KI AAWAZ
54. BODY MIND BALANCING - OSHO

55. EK ADHYATMIK GURU KA ALAUKIK GYAN - SADHGURU
56. बिचार बिज्ञान - खप्तड बाबा 


57. UNKNOWN LIFE OF OSHO & JESUS


58. Revolution in Education - OSHO


59. Failure of SUCCESS - OSHO


60. सन्त कबिर - रोशन दाहाल 


61. निर्वाण - घनश्याम खड्का


62. बैशाली कि नगरबधु - आचार्य चतुरसेन


63. ओशो के आस - पास - स्वामी अगेह भारती 


64. जो घर बारे आपना - ओशो 


65. थेरवाद बुद्धधर्म - देबेन्द्रराज शाक्य


66. आत्मज्ञान - खप्तडबाबा


67.  मोहन दास - उदय प्रकाश


68.  स्वामी विवेकानन्द : जीवनी र उपदेश


69.  How Meditation Really Works - OSHO


70.  प्रगतिशील कौन - ओशो


71.  Love & Meditation - OSHO


72.  VENDANTA : AN ART OF DYING - OSHO


73.  पंचशील - स्वामी आनन्द अरुण


74.  VEGETARIANISM : OSHO


75. On The Way To KRSNA - A.C. Bhaktivedanta Swami Prabhupada


76. The Luminous Life of Guru Nanak


77. HOW TO GET HELP FROM ADVANCED SOUL - OSHO


78. योगीराज लाहिडी महाशय


79. महात्मा तैलङ्ग स्वामीको जीवनचरीत्र - उमाचरण मुखोपाध्याय


80.  खप्तडबाबा : स्मृतिपुञ्ज


81.  Secrets of SEVEN CHAKRAS & KUNDALINI ENERGY - OSHO


82. So much to Do So litte Time - OSHO


83. Siddhartha - Hermann Hesse


84. Grahan - Sanu Ghimire


85. The Monk Who Sold His Ferrari ( Hindi ) - Paulo Coelho


86. Alchemist ( Hindi ) - Paulo Coelho


87. Mystery Behind The Sannyas & The Mala - OSHO


88. JOY 24 X 7 - SADHGURU


89. MIDNIGHTS WITH THE MYSTIC - SADHGURU


90. Sansarlai sadhe Panch Fanko - PUSHKAR SHAH


91. Sarsarti Sansar - JIWA LAMICHHANE


92. LIFE AND DEATH IN ONE BREATH - SADHGURU


93. Of Mystics & Mistakes - SADHGURU


94.  SEX A Quantum Leap From Sin to Fun - OSHO


95. Orgasm is Always Non-sexual - OSHO


96. I Teach Religiousness Not Religion - OSHO


97. ARRESTING GOD IN KATHMANDU - SAMRAT UPADHYAY


98. योगीको आत्मकथा - परमहंस योगानन्द 


99. PATHSHALA - TIRTHA GURUNG


100. LAXMI KABITA SANGRAHA - LAXMI PRASAD DEVKOTA


101. GAUTAM BUDDHA - ROSHAN DAHAL


102. SALLIPIR - NAYAN RAJ PANDEY


103. BHAGAVAD GITA AS IT IS - A.C. BHAKTIVEDANTA SWAMI PRABHUPADA


104. EK HI DUSANGA MAN KA SANG - OSHO 


105. HANSNA EK MAHA AUSADHI - OSHO 


106. MYSTERIES OF MEDITATION - OSHO



107. ध्यान एक बैज्ञानिक दृष्टि - ओशो




108. THE DIAMOND SUTRA - OSHO




109. शतावतार - मुक्कामला नागभुषणम 



110. बुद्धका आँखामा अम्रपाली - नेत्र आचार्य




111. BODY THE GREATEST GADGET - SADHGURU


112. MIND IS YOUR BUSINESS - SADHGURU


113. स्वास्थ्य बिज्ञान - खप्तड बाबा 

114. सन्त दर्शन - स्वामी आनन्द अरुण


115. सन्त गाथा - स्वामी आनन्द अरुण
116. प्रथम और अंतिम मुक्ती - जे. कृष्णमूर्ती

117. SILENCE : THE MAGICAL DOOR TO ETERNITY - OSHO
118. A New Vision of Women´s Liberation - OSHO
119. DEATH The Great Fiction - OSHO
120. THE ALCHEMY OF GRATITUDE - OSHO

121. अन्तर्यात्रा - स्वामी आनन्द अरुण

122. THE GITA AND RIGHT LIFE AS I UNDERSTAND IT - SHIVAPURI BABA
123. US PATH KE PATHIK - OSHO
124. SING, DANCE, REJOICE - OSHO 
125. रसीदी टिकट - अमृता प्रीतम
126. LOVE & FREEDOM - OSHO
127. रमण महर्षि - गोविन्दप्रसाद पन्त
128. अपने मालिक आप - ओशो
129. जीने के दो ढंग - ओशो 
130. अष्टावक्र महागीता - ओशो 
 131. अस्विकृती में उठा हाथ - ओशो
 132. गीता दर्शन ( अध्याय - ६ ) - ओशो
133. SADHANA -SWAMI RAMA
134. REINCARNATION, KARMA & DESTINY -OSHO
135. एक एक कदम - ओशो
136. EMOTION - SADHGURU
137. RELATIONSHIPS - SADHGURU

138. YAYABAR - KHALIL JIBRAN
139. THUS SPOKE ZARATHUSTRA - FRIEDRICH NIETZSCHE
140. LOVE, RELATIONSHIP & MARRIAGE - OSHO
141. TRUTH SIMPLY IS...-OSHO
 142. PREM KI JHIL ME ANUGRAHA KE FUL - OSHO
 143. GEETA DARSHAN - ADHYAYA 1-2
144. GEETA DARSHAN - ADHYAYA - 3 
145. GEETA DARSHAN - ADHYAYA - 4 

146. अन्तर्यात्रा - ओशो
 147. चित्त खुलोस हृदयसंगै - छोक्न्यी रिन्पोचे

148. जातक कथाहरु 
149. सिड्नी सपना - सानु घिमिरे ज्योत्स्ना


150. ओशो अचम्म जो मैले देखें - बोधिसत्व स्वामी आनन्द अरुण 
151. जीवन के अदभुत रहस्य-गौर गोपाल दास

152. नीति दर्पण (बिदुर, चाणक्य र भर्तृहरी )
153. राह के फूल – सदगुरु 
154. चाहो और पा लो – सदगुरु 
155. दुख हमारा आयोजन आनन्द हमारी नियति – ओशो 
 
156. गिता दर्शन अध्याय–  अध्याय–17 ओशो 
157. गिता दर्शन अध्याय–  अध्याय–18 ओशो 




ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...