![]() |
| देवरहा बाबा |
पुर्बी उत्तर प्रदेशमा एकजना सन्त बस्ने गर्दथे । वहाको नाम थियो देवरहा बाबा । देवरहा बाबा हरेक गर्मिमा हिमालयमा रहेको तिर्थस्थलहरुमा आउने गर्दथे । वहा परम दिर्घायु सन्त हुनुहुन्थ्यो । मलाइ निश्चित रुपले ज्ञान त छैन तर भारतको प्रथम राष्ट्रपती डा. राजेन्द्र प्रसाद ले आफ्नो परिक्षण अनुसार भन्नु भयो कि वहाको उमेर १५० बर्ष भन्दा बढी भैसकेको छ । वार्तालापको क्रममा डा. राजेन्द्र प्रसाद जी ले भन्नु भयो कि वहा बाल्यकालमा आफ्नो बुवा संग बाबालाइ भेट्न आउनुहुन्थ्यो । त्यो समयमा बाबा एकदम बृद्ध भैसक्नु भएको थियो । मेरो र राजेन्द्र जी को कुराकानी को समयमा राजेन्द्रजी को आयु ७० बर्ष भैसकेको थियो । वहा को कुरा सुनेर म भित्र देवरहा बाबालाइ भेट्ने तिब्र इच्छा जाग्यो ।
एकपटक हिमालय जादै गर्दा देवरहा बाबा ऋषिकेशमा बास बस्नु भयो । म पनि त्यही थिए । बाबा ऋषिकेश आउनुभएको भएको समाचार सुनेर म बाबा को दर्शनको लागी गएँ । त्यो समयमा देवरहा बाबा काठ बाट बनेको कुटिमा बस्नुहुन्थ्यो । यस्तो कुटि वहा जहाँ जानु हुन्थ्यो त्यहा मानिसहरुले बनाइदिने गर्दथे । बाबा हेर्दा यति स्वस्थ देखिनु हुन्थ्यो कि वहाको आयु ७० बर्षको आसपास होस । वहा एकदमै तपस्वी, सरल एवं उदार हुनुहुन्थ्यो तथा कोहि बिधार्थिलाइ पनि आफ्नो शरिर स्पर्श गर्ने आज्ञा दिनुहुदैनथ्यो । कहिले काही प्रेम र भक्तिमा संक्षेपमा प्रवचन पनि दिनुहुन्थ्यो । वहा उत्तर भारतमा निकै प्रसिद्ध हुनुहुन्थ्यो । वहा जहा जहा जानुहुन्थ्यो त्यहा वहाको दर्शनको लागी ठुलो भिड जम्मा हुन्थ्यो । पुलिस बिभाग तथा अन्य सरकारी बिभागका अधिकारी तथा कर्मचारीहरु आशिर्बाद को कामनाले वहा कहाँ आउने गर्दथे । इस्वि सम्वत १९७४ मा हरिद्वारको कुम्भमेलामा मेरो धेरै अमेरिकन बिधार्थीहरु बाबाको दर्शन गर्न गए ।
मैले वहाको दिर्घायुको रहस्य पत्ता लगाउने प्रयास गरेँ । तब मैले थाहा पाएँ कि वहा नियमित रुपले केहि योगको क्रीयाहरु गर्नुहुन्थ्यो। वहा फलफुल तथा सागमात्र खानुहुन्थ्यो । योगको क्षेत्रमा केहि बिशिष्ट प्रकारको साधना हरु छन । ब्यक्तीगत रुची तथा उपयोगिता अनुसार साधकहरु त्यसमध्ये कुनै एकको चयन गर्छन ।
कुराकानीको प्रशंगमा बाबाले भन्नुभयो कि प्रसन्नता नै सबै भन्दा ठुलो सम्पत्ती हो । साधनामा नियमित हुन अतिनै आवश्यक छ । योगको क्रीयामा प्राणायामको अत्यन्तै महत्वपुर्ण स्थान छ । बाबा ले भन्नु भयो की बिशिष्ट प्राणायामको साधना नै वहा को लामो आयुको रहस्य हो । देवरहा बाबा आफ्नो जिवनकालमा जुन साधना गर्नुभए पनि वहा आनन्द र प्रेमको साक्षात मुर्ती हुनुहुन्थ्यो ।
LIVING WITH THE HIMALAYAN MASTERS - SWAMI RAMA

No comments:
Post a Comment