हामी नेपाली गर्वका साथ भन्ने गर्छौ–हामी बुद्ध भूमीका हौँ । नेपाललाई विश्व सामु चिनाउन सुरुमै हामी भन्छौँ–हाम्रो देश नेपाल बुद्धको भूमि हो । वास्तवमा बुद्ध नेपाली भूमिमा जन्मिएका हुन् । नेपाल बुद्धको देश हो । बुद्धको जन्मस्थल लुम्विनी हो । हामीले बुद्धका सन्तती भनेर गर्व गरिरहँदा बुद्ध भूमी भारत भन्ने हल्लाले नेपालीको मनमा आघात पुगेको छ । भारतीय पक्षले दावी गर्दै अएको छ–बुद्ध भारतीय हुन् । बुद्धभूमि भारत हो । भारतीय केही सञ्चारमाध्यमबाट फैलाउन खोजिएको भ्रमप्रति नेपाल र नेपालीको ध्यान केन्द्रित भइरहेको छ । त्यसैले बेला बेलामा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्व सामुु चिनाउने प्रयत्नका साथ केही न केही कार्यक्रमहरु भइरहेका हुन्छन् । पछिल्लो समय बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्यलाई अझ प्रगाढ बनाउन टुँडिखेलमा हजारौंको संख्यामा उपस्थित भएका नेपालीहरुले ‘धम्मपद’ बाचन गरेर विश्व रेकर्ड राख्ने काम गरेका थिए । तर के यतीले मात्रै पुग्छ त ? बुद्ध नेपालमा जन्मिएका थिए भनेर प्रमाण दिनलाई ? कतै हामी चुकिरहेका त छैनौं बुद्धको दर्शन के हो भनेर ? मात्र धम्मपद पढ्दैमा र बुद्ध वाज बर्न इन नेपाल भन्दैमा बुद्धको योगदान र बुद्ध नेपाली हुन् भन्ने विषयले सार्थकता पाउला त ?
स्वामी आनन्द अरुण भन्छन्, ‘बुद्धको कोसिस सधै ध्यानमा थियो, जागरणमा थियो त्यसैले बुद्धलाई फैलाउँन, बुद्धलाई चिनाउन बुद्धको बाटो ध्यानलाई केन्द्र बनाउनुपर्छ ।’ ध्यानलाई नेपालीहरुको पहिचान बनाउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमानै ध्यानलाई नेपालीले फैलाएको दिवसका रुपमा मनाउनुपर्छ । अनि ध्यानको माध्यमबाटै बुद्ध नेपालमा जन्मिएका थिए भनेर विश्वभर फैलाउन सकिनेछ ।’ उनी थप्छन्, ‘जसरी अहिले अन्तर्राष्ट्रिय योग दिवस भारतको माध्यमबाट विश्वभर फैलिएको छ, वास्तवमा हिमालयबाट उत्पत्ति भएको योग हामी नेपालीले नै त्यसलाई फैलाउनुपथ्र्याे । तर त्यो हामीले गर्न सकेनौँ र आज भारतको नाम अन्तर्राष्ट्रिय योग दिवसको रुपमा आउँछ । अब ध्यानलाई पनि हामीले अन्तर्राष्ट्रिय स्तरमा दिवसका रुपमा नलैजाने हो भने यो मौका पनि हाम्रो हातबाट जाने छ ।’ संयुक्त राष्ट्रसंघमा नेपालले ध्यान दिवसको प्रस्ताव राख्नुपर्ने उनको सुझाव छ ।
स्वामी अरुणका अनुसार योग भनेको, शरीर स्वस्थ राख्नका लागि गरिने साधना हो, तर अहिले शरीर भन्दापनि मन धेरै रोगी भइसकेको छ । जबसम्म मनको रोगलाई निमूर्ल पार्न सकिन्न तबसम्म कुनैपनि किसिमको व्यायामले सहजता प्रदान हुन सक्दैन । योगले शरीरलाई आराम दिए जस्तै ध्यानले दिमाग र मनलाई आराम दिन्छ । त्यसैले ध्यानको आवश्यकता अपरिहार्य छ । मनलाई स्वस्थ राख्न अत्यावश्यक भइसकेको सन्दर्भमा विश्वभर नै ध्यानको जागरण हुनु आवश्यक छ ।
नागार्जुनस्थित ओशो तपोवनका संस्थापक स्वामी अरुण सत्गुरु ओशोका प्रिय शिष्य हन् । सत्गुरु ओशोबाट प्राप्त ज्ञान र साधनालाई उनले नेपाल लगायत विश्वभर फैलाउने काम गरिरहेका छन् ।
हिजो शनिवार लुम्विनीस्थित ओशो जेतवनमा आयोजना गरिएको ध्यान शिविरमा स्वामी अरुणले उद्ध्घोष गरे ‘अब नेपाल र नेपालीले बुद्धलाई नेपाली हुन् भनेर चिनाउन बुद्धको मार्ग, ध्यान मार्गलाई विश्वभर चिनाउन जरुरी भइसकेको छ ।’ बुद्ध जयन्तीका दिन सबैले ध्यान गरेर अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने प्रयासलाई सार्थक बनाउन सबै नेपालीको साथ आवश्यक रहेको स्वामी अरुणले औंल्याए ।
उनले पूर्वी नेपालबाट ध्यानको यात्रा आरम्भ गर्दै छन् । एक महिना अघि भारतबाट ध्यान शिविर सञ्चालनार्थ स्वामी अशोक भारती नेपाल आएका थिए । स्वामी भारतीले तीन दिनको ध्यान शिविरमा ध्यान के हो र ध्यानको शक्ति के हो भन्ने बारेमा प्रवचन दिएका थिए । काठमाडौंस्थित ओशो तपोवनले बुद्ध पूर्णिमाका दिन आयोजना गर्न लागेको ध्यानको प्रत्यक्ष प्रशारणामा नेपालभर रहेका १ सय १० वटा ध्यानकेन्द्र र विश्वभरमा छरिएर रहेका ८० वटा ध्यानकेन्द्रमा रहेका एक लाख ५० हजार भन्दा बढी ओशो सन्यासीहरुले उक्त प्रत्यक्षप्रसारणमार्फत ध्यान गर्नेछन् ।
त्यस्तै बुद्ध पूर्णिमाका दिन स्वामी अशोक भारती पनि बुद्ध भूमि नेपालमा ध्यान शिविर सञ्चालनार्थ आउने भएका छन् । ओशो तपोवनका बोधिसत्व स्वामी आनन्द अरुणको यो प्रयासलाई हामी सबैको साथ र सहयोगको खाँचो छ । साथै देशभक्ति र बुद्ध प्रेम दर्शाउने यो नै सही कदम हुने छ । ध्यान लाई जगाऔँ, बुद्धको देश नेपालाई विश्वभर चिनाऔँ ।
।’ उनी थप्छन्, ‘जसरी अहिले अन्तर्राष्ट्रिय योग दिवस भारतको माध्यमबाट विश्वभर फैलिएको छ, वास्तवमा हिमालयबाट उत्पत्ति भएको योग हामी नेपालीले नै त्यसलाई फैलाउनुपथ्र्याे । तर त्यो हामीले गर्न सकेनौँ र आज भारतको नाम अन्तर्राष्ट्रिय योग दिवसको रुपमा आउँछ । अब ध्यानलाई पनि हामीले अन्तर्राष्ट्रिय स्तरमा दिवसका रुपमा नलैजाने हो भने यो मौका पनि हाम्रो हातबाट जाने छ ।’ संयुक्त राष्ट्रसंघमा नेपालले ध्यान दिवसको प्रस्ताव राख्नुपर्ने उनको सुझाव छ ।
आइतवार, चैत्र ४, २०७४
- बविता ढकाल
www.nepalpati.com




This comment has been removed by the author.
ReplyDelete